वायु प्रदूषणबारे विश्व बैंकको एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्नका लागि काठमाडौंमा हालै एउटा बैठक गरिएको थियो । सो बैठकमा धारणा राख्ने क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले त्यो कोठामा रहेकामध्ये कतिले काठमाडौंको राजधानी उत्रिने क्रममा सगरमाथाको शिखर देख्नुभयो भनी सोधे । उनले देख्नेजतिले हात उठाउन भने । दुःखको कुरा त्यहाँ कसैले हात उठाएन, जुन कुरा आकलन गर्न सकिन्थ्यो । वास्तवमा ग्याम्त्शोले घुमाउरो पारामा नेपालको वायु प्रदूषणको प्रसंग कोट्याएका थिए । संसारकै सबैभन्दा प्रदूषितमध्ये पर्ने नेपालको राजधानीको वायुले विश्वको सर्वोच्च शिखरलाई प्रायः ढाकिरहेको हुन्छ ।
दक्षिण एसिया विश्वकै वायु प्रदूषणको जोखिमयुक्त क्षेत्रमा पर्छ । विश्वका सबैभन्दा बढी प्रदूषित ४० मध्ये ३७