असार ६ गते चीन सरकारको ऋण लगानीमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एअरको एयरबस ए–३१९ विमानले चार्टर उडान अवतरण गर्दा पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चीनका राजदूत छन सोङसँगै मञ्चमा उभिएका थिए। सोही चिनियाँ विमानबाट केही चिनियाँ खेलाडी र पर्यटकका साथ चीनबाट सोझै पोखरा उत्रिएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि पोखरा विमानस्थलमा भएको औपचारिक कार्यक्रममा सोही मञ्चमा सँगै बसेका थिए।
चीनको छेन्दु–तियान्फु इन्टरनेसनल एअरपोर्टबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा मन्त्री किराँतीले नै यात्रुलाई स्वागत गरेका थिए। यो चीनबाट सुरु भएको नियमित व्यावसायिक उडान नभई असार ८ गते पोखरा फेवातालमा सुरु हुने दुई दिने …