झापाको बुद्धशान्ति गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा ८/८ आधारभूत तथा माध्यमिक विद्यालय छन्। ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ हजार ५ सय ४४ रहेको गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले जानकारी दिनुभयो।
शिक्षा क्षेत्रलाई नयाँ संरचनामा लगिएसँगै आधारभूत तह १–८ लाई मानिँदै आएको छ। तर, शिक्षाको पुरानो संरचनालाई आधार मान्दा कक्षा १ देखि कक्षा ५, कक्षा १ देखि कक्षा ८, कक्षा १ देखि कक्षा १० र कक्षा १ देखि कक्षा १२ सम्म यो गाउँपालिकाका ४/४ वटा विद्यालय सञ्चालनमा रहेको प्राविधिक सहायक भट्टराईको भनाइ छ। जहाँ निम्न आय भएका अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेको बताइएको छ।…
