पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको विरोधमा आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रण गर्न लाठी चलाउँदा ६ जना विद्यार्थी घाइते भएका छन् । राजनीतिक पूर्वाग्रहले शिक्षक सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएको छ। गाउँपालिका कार्यालयले शिक्षक सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरू आइतबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकसहित एकै पटक आधा दर्जन भन्दा बढी शिक्षकहरूलाई गरिएको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरू गाउँपालिका घेराउ गरेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरू घाइते भएको जनाइएको छ ।
गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबिच झडप भएको …
