Home » ताजा खबर » Page 11
Category:

ताजा खबर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एक दिने नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू-महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू नि:शुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको उनको भनाइ छ ।

‘विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी बिक्री सुरु भएको छ’, उनले भने, ‘यस वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’

केही वर्ष अघिसम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत …

0 comment
0 FacebookTwitterEmail

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन …

0 comment
0 FacebookTwitterEmail

राजधानीको सिनामङ्गल स्थित ब्रिजवाटर एजुकेसन फाउन्डेसनले  गत शुक्रवार राष्ट्रिय नाचघरमा सम्पन्न एक भव्य समारोहका बिच नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गरेको छ। वार्षिक रूपमा गरिने सो अभिनन्दन समारोहको मुख्य अतिथि माननीय स्वास्थ्य एवं जनसङ्ख्या मन्त्री प्रदीप पौडेल हुनुहुन्थ्यो। माननीय मन्त्रीले आफ्नो मन्तव्यमा ब्रिजवाटर एजुकेसन फाउन्डेसनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेकोमा ब्रिजवाटर एजुकेसन फाउन्डेसनका लागि प्रशंसा र शुभेच्छा प्रकट गर्नु भएको थियो।

अभिनन्दित व्यक्तितवहरूमा शिक्षातर्फ: शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले, पत्रकारिता तर्फ वरिष्ठ टेलिभिजन पत्रकार एवं अन्तर्वार्ताकार श्री दीलभुषण पाठक एवं बैङ्किङ एवं वित्त तर्फ राष्ट्रिय वाणिज्य बैङ्कका मुख्य कार्यकारी अधिकृत …

0 comment
0 FacebookTwitterEmail

२०२४ को निम्ति अर्थाशास्त्र्को विधामा तीन जना अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कारबाट सम्मानीत गरियो। ति अर्थशास्त्रीहरु हुन- डेरोन एसिमोग्लु, साईमोन जोन्सोन र जेम्स रोबिन्सोन।

यी अर्थशास्त्रीहरू मध्येका एक साईमोन जोन्सोन सुमित शर्मा समीरद्वारा संचालित पडकास्ट ‘इन्क एयाँण्ड इन्साइट्स विथ सुमित शर्मा समीर’ मा अतिथीका  रूपमा आएका छन्।

 ‘संस्थाहरू कसरी बिकसित हुन्छन र बलियो संस्थाले कसरी सम्पन्नता अथवा आर्थिक प्रगतीलाई प्रभाव पार्छ भन्ने बिषयमा यी अर्थशास्त्रीहरूको अध्यनलाई यो वर्षको नोवल प्रदान गरिएको हो।

 नोवेल पुरस्कार प्राप्ती पश्चात युरोप र अमेरिकन प्रेसमा मात्र देखिएका जोन्सोनलाई नेपालबाट सन्चालित सुमितको पडकास्टको टक शो मा  ल्याउन उनी सफल भएका छन्।

सुमितको कार्यक्रम नेपालबाट संचालित हुने एक मात्र …

0 comment
0 FacebookTwitterEmail

चार वर्षअघि विश्वव्यापी महामारीले नेपालको मिडिया क्षेत्रलाई तहसनहस बनाएर यहाँको प्रिन्ट मिडिया, रेडियो र टेलिभिजनका दुई तिहाइभन्दा बढी रोजगारी खोसेपछि अहिले पत्रकारहरूका लागि कामको अवसर थोरै छ। कटौती गरिएको धेरैको तलब पुनर्स्थापित गरिएको छैन — केही पत्रकार त आफ्नो तलब पाउनका लागि अदालतमा लडिरहेका छन्। महामारीको समयमा बढेको सरकारी दबाब अहिले झन् बढ्दै गएको छ।

“संकट व्यावस्थापनका लागि मिडिया तयार नै थिएन,” प्रेसका मुद्दामा केन्द्रित लोकप्रिय ब्लग ‘मिडिया कुराकानी’का संस्थापक रबिराज बराल भन्छन्। नेपालमा मिडिया सङ्कटमा त थियो नै, तर महामारीले समस्याहरू झर्लङ्गै हुने गरी उजागर गरिदियो, उनले थप प्रस्ट पारे।

प्रेस स्वतन्त्रताको अनुगमन गर्ने नेपाली संस्था फ्रीडम फोरमले यसलाई …

0 comment
0 FacebookTwitterEmail

मुकुन्द शर्मा राजोपाध्याय (वि.सं. १९९९–२०५१), नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका एक यस्ता गुमनाम पात्रको नाम हो जसले यो देश र प्रजातन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन खुसी–खुसी समर्पण गरेका थिए, त्याग गरेका थिए ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बलको सहयोगमा देशमा एकतन्त्रीय पञ्चायती शासन व्यवस्था शुरू गरेपछि नेपाली कांग्रेस पार्टीले त्यसविरुद्ध आह्वान गरेको सशस्त्र क्रान्तिमा कलिलो उमेरका मुकुन्द शर्मा स्वस्फूर्त रूपमा सहभागी भएका थिए ।

कांग्रेसले सञ्चालन गरेको त्यस सशस्त्र क्रान्तिमा सहभागी हुँदै मुकुन्द शर्मा, श्यामलाल श्रेष्ठ, ओमकार श्रेष्ठ र रुपचन्द्र नहाटाको समूहले भारतबाट ठूलो मात्रामा विष्फोटक पदार्थ काठमाडौंभित्रै पुर्याउन सफल भएका थिए । २०१९ सालको यस घटनामा …

0 comment
0 FacebookTwitterEmail

अग्रज पत्रकार एन पी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को २०८१ भदौ २३ गते अमेरिकाको क्यालिफोर्नियामा त्यहाँको  समय अनुसार ३:३८ बजे निधन भएको  छ।

अङ्ग्रेजी भाषाको साप्ताहिक द टेलिग्राफका उहाँ लामो समय प्रधान सम्पादक रहेर नेपाली पत्रकारितामा स्थापित हुनु भएको थियो।

उपाध्यायको जन्म सन् १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा भएको थियो। विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौँ आएर शिक्षण सेवा पत्रकारितामा जीवन समर्पण गर्नु भएको थियो। उपाध्यायले ज्योति  साप्ताहिकबाट पत्रकारिताको यात्रा सन् १९६९ मा  गर्नु भएको थियो

तर पछि आफ्नै सम्पादनमा *टेलिग्राफ साप्ताहिक* को प्रकाशन प्रारम्भ गर्नु भयो।

अङ्ग्रेजी भाषाको सो साप्ताहिकलाई तीन …

0 comment
0 FacebookTwitterEmail

सूचनाको हक सम्बन्धि अभियानकर्ताका लागि २ दिने तालिम रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सूचनाको हक सम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुचि राख्ने २४ जना अभियानकर्मीहरूको सहभागितामा सम्पन्न सो तालिम सामुदायिक सारथीको आयोजना तथा युएसएड र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन भएको हो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो। आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै आयुक्त मैनालीले राष्ट्रिय सूचना आयोगलाई अन्य संस्थासँगको तुलनामा बढी शक्तिशाली बताउनु भयो। प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, यसको सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान, र सूचना …

0 comment
0 FacebookTwitterEmail

स्विजरल्याण्डका संसदका सदस्य र स्विस-भारत संसदीय समूहका अध्यक्ष निक गुग्गरले भारतसँग युरोपको मुख्य आपूर्तिकर्ता बन्ने “ठुलो अवसर” रहेको दाबी गरेका छन् । उनको दाबी युरोपेली देशहरू आफ्नो बजार सस्तो चिनियाँ उत्पादनहरूले भरिएर चिन्तित भएको समयमा आएको हो ।

स्विस संसद् गुग्गर भन्छन् – “यो भारतको लागि ठुलो मौका हो।

यसमा थप जोड दिँदै संसद् गुग्गर भन्छन् – “हामीलाई अन्य देशहरूबाट सस्तो उत्पादनहरू चाहिँदैन र हामीसँग स्वतन्त्र व्यापार सम्झौता छ भन्ने विश्वलाई देखाउने मौका छ । हामी उच्च गुणस्तर सँगै काम गर्न चाहन्छौँ यो भारतका लागि मौका हो” ।

विद्युतीय सवारी, सौर्य प्यानल र विन्ड टर्बाइन लगायत सस्तो चिनियाँ उत्पादनले आफ्नो …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved