Home » ताजा खबर » Page 21
Category:

ताजा खबर

वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्रदान गरेको हो।

हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तगृत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई आइक्यानले राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२२) प्रदान गर्दै आएको छ। विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष ०७९/८० का लागि बैँकले सो अवार्ड पाएको हो।

सोही पुरस्कार आव ०७५/०७६, ०७६/०७७, ०७७/०७८ मा पनि प्राप्त गरेको थियो। ०७८/०७९ समेत गरी बैँकले लगातार चौथोपटक यो अवार्ड पाएको हो।

मुक्तिनाथ विकास बैँकलाई आइक्यान अवार्डमुक्तिनाथ विकास बैँकलाई आइक्यान अवार्ड
0 comment
0 FacebookTwitterEmail

नबिल सामाजिक उद्यमशिलता (नबिल एसएसई) अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सञ्चालनसँगै तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने विश्वास बैंकले राखेको छ।

कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकले आवेदन दिन सक्ने बैँकले जनाएको छ।

नबिल एसएसईको फेसबुक पेजमा रहेको लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ। अथवा नबिल बैंकको वेवसाइटमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ। आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ।…

नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला
0 comment
0 FacebookTwitterEmail

भन्सार विभागले बिनाजाँच करिब एक सय केजी सुन बाहिरिएपछि छानबिन समिति गठन गरेको छ ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो । ‘विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो,’ सूचना अधिकारी खड्काले भन्नुभयो ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब …

0 comment
0 FacebookTwitterEmail

भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने कार्यक्र छ।

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने बताइएको छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो। तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ।

सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको …

जनकपुर–जयनगर रेल सेवा आजदेखि
0 comment
0 FacebookTwitterEmail

पर्वतको कुसमा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुस्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ। दुर्घटनामा …

पर्वतमा भएको जीप दुर्घटनामा परी एक बालिकाको मृत्यु, ११ जना घाइते
0 comment
0 FacebookTwitterEmail

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो।

बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ। सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उहाँले बताउनुभयो।

अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो। पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो। …

पुल भाँचिएपछि बेँसीसहर–चामे सडक अवरुद्ध
0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा बुधबाबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राडा. युवराज शर्माले आज बिहान ८ः३३ मा दाहालको निधन भएको जानकारी दिनुभयो ।

दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) की रोगी उहाँको यसअघि भारतमा पनि उपचार भएको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार बिहान आठ बजेतिर नर्भिक लगिएको थियो । आकस्मिक कक्षमा सीपीआरलगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी …

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन
0 comment
0 FacebookTwitterEmail

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगुको संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेंगु सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेंगु संक्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेंगु नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।’

डा. मरासिनीका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको संख्या धेरै छ । ‘हाम्रो रेकर्डमा धेरै …

बर्खा लागेसँगै भयावह बन्दै डेंगु
0 comment
0 FacebookTwitterEmail

निजामती कर्मचारी सेवा ऐन ल्याउने लुम्बिनी सरकारको निर्णय प्रदेश सरकार स्थापना भएको ६ वर्षपछि लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले कर्मचारीको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।

बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभासमक्ष पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिनुभयो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीको वृद्धि विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र …

0 comment
0 FacebookTwitterEmail

आर्थिक वर्ष २०७८-७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम पाँच हजार रूपैयाँ जरिवाना समेतका लागि आयोगलाई पत्र लेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजामती कर्मचारीका तीन हजार …

नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved