Home » ताजा खबर » Page 23
Category:

ताजा खबर

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आज बिहान हैदराबाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हाे। प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले …

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी माेदीबीच भेटवार्ता
0 comment
0 FacebookTwitterEmail

प्राकृतिक इतिहास संग्रहालय नेपालको प्राकृतिक इतिहास संग्रहालय हो। विसं २०३२ मा स्थापित यो संग्रहालय काठमाडाैंको स्वयम्भूमा अवस्थित छ। नेपालको प्राकृतिक इतिहाससम्बन्धी सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। संग्रहालयले नेपालका ५० देखि ५५ हजारभन्दा बढी वनस्पति र वन्यजन्तुकोे नमुना संकलन गरी प्रदर्शनमा राखेको छ। यो संग्रहालयले नेपालमा ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ साइटेससम्बन्धी तालिम तथा कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ।

संग्रहालयमा ५५ हजारभन्दा बढी वनस्पति तथा जनावर भएता पनि प्रदर्शनमा १० प्रतिशत मात्र राखिएको छ। बाँकी नमुना भने स्टोर रुममा थन्काएर राखिएको प्राविधिक व्यक्ति देवेन्द्र मर्हजनले बताउनुभयो। उहाँका अनुसार करिब एक सयभन्दा बढी रैथाने प्रजातिका …

प्राकृतिक इतिहास संग्रहालय अर्थात् सिंगो जंगल
0 comment
0 FacebookTwitterEmail

आजको मन्त्रिपरिषद् बैठक  दिउँसो २ बजे बस्ने भएको छ।

आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस हुनेछ।

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दैबजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दै
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail

रुपन्देही रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि हिडेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उहाँको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई …

रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

गुल्मीका तीन पालिका प्रमुखले बेलायतका मेयरलाई नेपाल (गुल्मी) भ्रमणको निम्तो दिएका छन्। बेलायतकाे रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन र नेपालका पालिका प्रमुखबीच भएको भेटघाटमा पालिका प्रमुखले निम्ताे दिएका हुन्।

प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल तथा काउन्सिल मेयर  ग्रेटन तथा निवर्तमान मेयर जोन मार्ससँग भेटघाट गरी आपसी सम्बन्धका विषयमा समेत छलफल भएको हो।

काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा शपथ ग्रहण र निर्वमान मेयर मार्सको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो। भेटघाटमा नेपाली पालिका प्रमुखहरुले समग्र नेपालको स्थानीय तहको …

गुल्मीका तीन पालिका प्रमुखले दिए बेलायतका मेयरलाई नेपाल भ्रमणको निम्तो
0 comment
0 FacebookTwitterEmail

श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको सूचना आयोजकले जनाएको छ ।

टोलीले नेपालको राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, टोली राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, फ्रिडम फोरम, युएनडिपी, नेपाल बार, सूचनाको हक महासंघ, गैरसरकारी संस्थासँग भेट गरी सूचनाको हकबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टोलीले धुलिखेल नगरपालिकामा पनि सूचनाको हकको कार्यान्वयनबारे अवलोकन गर्नेछ । राष्ट्रिय सूचना आयोग नेपालले श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोगसँग आपसी समझदारीपत्र प्रस्ताव …

नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयन अवस्थाबारे बुझ्न श्रीलंकाको प्रतिनिधिमण्डल नेपालमा
0 comment
0 FacebookTwitterEmail

जनता नमूना माध्यमिक विद्यालय, शंकरपुर, विराटनगरमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीले आफूलाई विद्यालयमा पढाउने शिक्षकहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन्।

आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजकले बताएका छन। उक्त सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव तथा मन्तव्य राख्ने कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायणप्रसाद भगत, प्रकाशकुमार चापागाईं, …

0 comment
0 FacebookTwitterEmail

गत बुधबारदेखि उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअघि धर्ना बसेर विज्ञापन संघआबद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्वार विज्ञापन नीतिविरुद्ध आन्दोलनमा ओर्लिएका हुन्। डिजिटल विज्ञापनलाई सरकारले प्रोत्सान नगरेको र बाह्य विज्ञापनलाई मनलाग्दी रकम लिँदा स्वदेशी विज्ञापनमा मर्का परेको  उनीहरूको दाबी छ।

सरकारले विज्ञापनसम्बधी ल्याएको नीति व्यवसायीको हितमा नरहेकाले आन्दोलनमा होमिनुपरेको नेपाल विज्ञापन समितिका अध्यक्ष सोम धितालले बताउनुभयो। सरकारी कार्यकताको मात्र संलग्नता गराई मनलाग्दी नीति निर्माण गरेकामा आफूहरूको असन्तुष्टि रहेको धितालले बताउनुभयो।
‘उद्योगी/व्यवसायीलाई मर्का पर्ने नीति तर्जुमा गर्दा व्यवसायी मात्र नभई देशलाई समेत घाटा हुन्छ,’ अध्यक्ष धितालले भन्नुभयो, ‘यसलाई पुनर्नीतिगत बनाउन सरकारलाई हाम्रो आग्रह …

एकद्वार विज्ञापन नीतिविरुद्ध व्यवसायीको धर्ना
0 comment
0 FacebookTwitterEmail

अहिले काठमाडौँ उपत्यकामा रेबिजको आतंक फैलिएको छ। प्रत्येक दिन ४०० देखि ५०० जना मानिसहरु रेबिजविरुद्धको भ्याक्सिन लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग पुग्छन्। तीमध्ये ९० प्रतिशत मानिस काठमाडौँ उपत्यकामै बसोवास गर्ने रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका शाखा अधिकृत भक्तबहादुर खड्काले बताउनुभयो।

यस्तै भ्याक्सिन लगाउन आउनेमध्ये ९० प्रतिशत भुस्याहा कुकुरको टोकाइ र ५ प्रतिशत घरेलु जनावरको टोकाइका कारणले हुने अस्पतालका बहिरंग विभागका चिकित्सक डा.शङकर पाण्डेको भनाइ छ। ‘अन्य ५ प्रतिशत बिरामी जंगली जनावर स्याल, ब्वाँसा, बाँदर, चितुवालगायतकोे टोकाइका कारण भ्याक्सिन लगाउन आउने गर्छन्,’ डा. पाण्डेले बताउनुभयो।

डा. पाण्डेका अनुुुसार समयमै उपचार नपाएर कैयाैँ व्यक्तिले अकालमै ज्यान गुमाएका छन्। यसरी …

उपत्यकामा दैनिक ५ सय जना रेबिजका बिरामी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved