गुल्मीका तीन पालिका प्रमुखले बेलायतका मेयरलाई नेपाल (गुल्मी) भ्रमणको निम्तो दिएका छन्। बेलायतकाे रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन र नेपालका पालिका प्रमुखबीच भएको भेटघाटमा पालिका प्रमुखले निम्ताे दिएका हुन्।
प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल तथा काउन्सिल मेयर ग्रेटन तथा निवर्तमान मेयर जोन मार्ससँग भेटघाट गरी आपसी सम्बन्धका विषयमा समेत छलफल भएको हो।
काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा शपथ ग्रहण र निर्वमान मेयर मार्सको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो। भेटघाटमा नेपाली पालिका प्रमुखहरुले समग्र नेपालको स्थानीय तहको अवस्था र विकासका बारेमा जानकारी गराउनुभएको थियो।
ऐतिहासिक सम्बन्धले दुवै पक्षबीच सांस्कृतिक, पर्यटन, शिक्षा तथा व्यापारका क्षेत्रमा थप सहयोग पुग्ने आशा व्यक्त गर्दै गुल्मी भ्रमणका लागि आग्रह गरेको धुर्काेट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो।
डेपुटी मेयर मारा माकुनुरा र काउन्सिलका लिडर डेभिड क्लिफर्डसमेत सम्मिलित भेटघाटमा स्थानीय तह र सेवाप्रवाहका साथै नेपाली भाषी तथा ब्रिटिश गोर्खा अवस्थाबारे परामर्श र जानकारी आदानप्रदानसमेत भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार बुद्धि जीसीले बताउनु भयो। कार्यक्रमको संयोजन नेपाली मूलका काउन्सिलर जीव बेलबासे, नेम थापा र धन सार्कीले गर्नुभएको थियो।
उक्त समारोहमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा लन्डन, नेपाल न्युजका सम्पादक शिव भन्डारीलगायतको उपस्थिति रहेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति जरुरी : प्रधानमन्त्री दाहाल
- २० प्रतिशतसम्म बजेट कटौती गर्दै लुम्बिनी प्रदेश
- आर्थिक संकटमा लुम्बिनी प्रादेशिक अस्पताल, करोडौंको उपकरण प्रयोगविहीन
- गाईभैँसीमा ‘लम्पी स्किन’ रोग देखिएपछि पशुपालनबाट पलायन हुँदै किसान, उत्पादन पनि घट्यो
- वसन्तपुरको कामाख्या मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु, भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन
- लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग, जिडिपीमा १४ प्रतिशत योगदान
- बुटवल उपमहानरपालिकाद्वारा १ वर्षे उपलब्धि सार्वजनिक, के–के भए काम?
- दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्न रोजगार मेला
- लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुँदै
- रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १९ बुँदे प्रतिबद्धता