चार चरणको खेल अगावै रियल म्याड्रिड स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ।गए राति घरेलू मैदानमा भएको खेलमा इस्पान्योललाई ४–० को गोलअन्तरले पराजित गर्दै रियलले किर्तिमानी ३५औँ पटक लिग उपाधिमाथि कब्जा जमाएको थियो।
रियललाई ला लिगाको उपाधि जित्न शनिवार एक अंकमात्र पनि पर्याप्त थियो।३३ चरणको खेलको समाप्तिमा २४ जित, ६ बराबरी र ३ हार सहित रियल ७८ अंक बोकेर लिगको शिर्ष स्थानमा थियो।दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाटै ६३ अंक र तेस्रो स्थानको सेभियाको ३३ खेलबाटै ६१ अंक रहेको थियो।
शनिवार इस्पान्योलमाथि ४–० को सहज जित हासिल गर्दै रियलले ८० हजार भन्दा बढी घरेलू समर्थकसामू लिग उपाधिको खुशी मनायो।रियलको जितमा …
