Home » ताजा खबर » Page 27
Category:

ताजा खबर

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार बागमती प्रदेश सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले प्रदेश सरकार विरुद्ध दर्ता भएको रिट निवेदनको सुनवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानविन गर्न बैशाख १३ गते समिति गठन गर्नुभएसँगै प्रा.डा. जोशी निलम्बित हुनुभएको थियो। सर्वोच्चको आदेशपछि प्रा. डा. जोशी काममा फर्कने बाटो खुलेको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै प्रा.डा. जोशीले प्रतिष्ठानको कामकारबाहीबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताउनुभएको

प्रा. डा. जोशीलाई निलम्बन नगर्न अन्तरिम आदेश
0 comment
0 FacebookTwitterEmail

आइएनएसका प्रधान सम्पादक तारानाथ दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले  आज  शनिबार एक समारोह बीच वरिष्ठ पत्रकार सम्मान दिनुभएको छ।

फ्रिडम फोरमका प्रमुख कार्यकारीसमेत रहनु भएका दाहालसँगै पत्रकार किशोर नेपाललाई दुई लाख रुपैयाँ नगद राशिसहित यो वर्षको सम्मान दिइएको हो।

शनिबार राष्ट्रपति निवासमा भएको औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूसहित २०७६ र ०७७ सालका सम्मान शार्दूल भट्टराई, रघु मैनाली, हर्ष सुब्बा, स्वर्गीय अग्निशिखालाई समेत उक्त सम्मान प्रदान गर्नुभएको छ।

सम्मानित पत्रकार हर्ष सुब्बा पनि आइएनएस परिवारसँग सम्बन्धित हुनुहुन्छ। आइएनएसका उहाँ धरानमा बसेर पूर्वी नेपालको समाचार विश्लेषण गर्नुहुन्छ।

गोरखापत्र प्रकाशनको १२२औँ वार्षिकोत्सव र राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले उहाँहरूलाई सम्मान गरेको हो।

यसैगरी …

आइएनएसका प्रधान सम्पादक तारानाथ दाहाललाई वरिष्ठ पत्रकार सम्मान
0 comment
0 FacebookTwitterEmail

रिपोर्टर्स विदआउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ७६ औँ स्थानमा पुगेको छ। सन् २०२२ संस्करणले १८० देश र क्षेत्रहरूमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दा नेपालले उक्त स्थान पाएको हो। यसअघि नेपालको स्थान १०६ नम्बरमा थियो।

रिपोर्टर्स विदआउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारतको स्थान भने खस्कदैँ गएको छ। १८० देशमध्ये भारत १५० औं स्थानमा पुगेको छ। यसअघि भारतको स्थान १४२ नम्बरमा थियो। पाकिस्तान भारतभन्दा ७ नम्बर पछाडि अर्थात १५७ औं स्थानमा छ । सबैभन्दा राम्रो स्थितिमा चाहिँ नर्वे, डेनमार्क र स्विडेन छन्, पहिलो, दोस्रो र तेस्रो स्थानमा। यसैगरी इस्टोनिया, फिनल्याण्ड, आयरल्याण्ड, पोर्चुगल र

प्रेस स्वतन्त्रताः नेपालमा सुध्रिँदै, भारतमा खस्कदैँ
0 comment
0 FacebookTwitterEmail

चार चरणको खेल अगावै रियल म्याड्रिड स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ।गए राति घरेलू मैदानमा भएको खेलमा इस्पान्योललाई ४–० को गोलअन्तरले पराजित गर्दै रियलले किर्तिमानी ३५औँ पटक लिग उपाधिमाथि कब्जा जमाएको थियो।

रियललाई ला लिगाको उपाधि जित्न शनिवार एक अंकमात्र पनि पर्याप्त थियो।३३ चरणको खेलको समाप्तिमा २४ जित, ६ बराबरी र ३ हार सहित रियल ७८ अंक बोकेर लिगको शिर्ष स्थानमा थियो।दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाटै ६३ अंक र तेस्रो स्थानको सेभियाको ३३ खेलबाटै ६१ अंक रहेको थियो।

शनिवार इस्पान्योलमाथि ४–० को सहज जित हासिल गर्दै रियलले ८० हजार भन्दा बढी घरेलू समर्थकसामू लिग उपाधिको खुशी मनायो।रियलको जितमा …

रियल म्याड्रिडलाई ला लिगाको उपाधि
0 comment
0 FacebookTwitterEmail

प्रितम आचार्यको स्वरमा रहेको आमा गीत आगामी वैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ। रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

‘आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायःजसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको,’ आमा गीतका संगीतकार किरण कडेलले बताउनुभयो । गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो ।

सन्तोष बस्नेतको निर्देशनमा तयार …

‘आमा’ आउँदै
0 comment
0 FacebookTwitterEmail

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश पछि गर्भनर महाप्रसाद अधिकारी बुधबार देखि नेपाल राष्ट्र बैंक फर्कनु भएको छ। यसक्रममा गर्भनर अधिकारीले अदालतको आदेश आफनो पक्षमा भन्दा पनि प्रणालीको पक्षमा आएको बताउनु भयो ।

म एउटा माध्यम मात्र हुँ । यो प्रणालीको लागि आएको आदेश हो,” उहाँले भन्नुभयो, “यहाँहरुले मेरो लागि भन्दा पनि प्रणाली व्यवस्थापनको लागि बोलिदिनु भएको छ । त्यसको लागि कृतज्ञ छु। अब आफनो जिम्मेवारीमा फर्किएको छु।

आफू आग्रह/पूर्वाग्रह भई काम नगर्ने बताँउदै गर्भनर अधिकारीले भन्नुभयो, “आफू व्यावसायिक ढंगले काम गर्ने छु । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो । सोहि अनुरुप …

राष्ट्र बैंक फर्केर गर्भनर अधिकारीले भन्नुभयो– आग्रह/पूर्वाग्रह राखेर काम गर्दिन
0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तन न्युनीकरणको नारा बोकेर नयाँ वर्ष २०७९ को दिन इलेक्ट्रिक साइकलबाट विश्वभ्रमणमा निस्किएका यात्री शुभप्रसाद शर्मालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय युवा मोर्चाले सम्मानसहित विदाई गरेको छ ।
राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजङ्ग गुरुङले टिका र खादा ओढाएर यात्री शर्मालाई शुभकामना दिनुभयो । उपाध्यक्ष गुरुङले साइकलयात्री शर्माको अभियानको सफलताको कामना गर्दै स–सम्मान विदाई गर्नुभयो ।
विश्व साइकलयात्री शर्मालाई राष्ट्रिय युवा मोर्चाका संयोजक सूरज कुमार पाण्डेले पार्टीका तर्फबाट १५ हजार नगद र मायाको चिनो समेत हस्तान्तरण गर्नुभयो ।
आगामी पाँच वर्षभित्र विद्युतीय साइकलबाटै संसारका १ सय ५० देशको भ्रमण …

साइकल यात्रीलाई राष्ट्रिय युवा मोर्चाको स–सम्मान विदाई
0 comment
0 FacebookTwitterEmail

युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२ को सेमिफाइनलमा इंग्लिश क्लब म्यानचेष्टर सिटीले स्पेनी महारथी रियल म्याड्रिडको सामना गर्नुपर्ने भएको छ।त्यस्तै अर्को अंग्रेज टोली लिभरपुलले स्पेनकै भिल्लारियलसँग प्रतिश्पर्धा गर्नेछ।गएराति सम्पन्न क्वार्टरफाइनलका अन्तिम दुई खेलपछि निकालिएको ड्र अनुसार यो समीकरण तयार भएको हो।

गत रात सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग तनावपूर्ण रूपमा गोलरहित बराबरीमा समाप्त भएपछि म्यानचेष्टर सिटी पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध हात पारेको १–० जितको आधारमा सेमिफाइनल प्रवेश गरेको हो।

त्यस्तै लिभरपुल र पोर्चुगलको बेनफिकाबिचको दोस्रो लेगको खेल ३–३ को बराबरीमा समाप्त भयो।पहिलो लेगमा हात पारेको ३–१ को जीतका आधारमा बेनफिकालाई ६–४ ले पछि पार्दै लिभरपुल पछिल्ला पाँच वर्षमा  तेस्रोपटक प्रतियोगिताको अन्तिम चारमा …

च्याम्पियन्स लिग २०२२ : सेमिफाइनल समीकरण पूरा
0 comment
0 FacebookTwitterEmail

प्रमुख अतिथि सभामुख अग्नी प्रसाद सापकोटाले सही सूचना प्रवाह हुन सक्यो भने मात्र लोकतन्त्र बलियो हुने, निर्वाचन स्वच्छ र निश्पक्ष हुने, लागु भएको आचार संहिता कार्यान्वयन गर्नुपर्ने लोकतन्त्रको आत्मा नै निर्वाचन रहेको,, देश र जनताको हितमा काम गर्नका लागि सही सूचनाको आवश्यकता पर्ने, जति धेरै पारदर्शी हुन सक्यो त्यती उत्तरदायी बनाउन सकिने, सूचनाको हक कार्यान्वयनमा आयोग गंभिरतापूर्वक लाग्नेमा आफू विश्वस्त भएको बताउनुभयो।

कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले मतदाताले सही सूचना प्राप्त गरे मात्र निर्वाचनको निष्पक्षता रहने कुरालाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको। सूचनाको तोडमोड अन्य बेलाभन्दा निर्वाचनको बेला बढी हुने सम्भावना रहन्छ। सामाजिक सञ्जालको सही प्रयोगबाट मात्र सही सूचना …

निर्वाचन प्रक्रियामा सही सूचना प्रवाह हुनु पर्ने जोड
0 comment
0 FacebookTwitterEmail

मानव अधिकार तथा शान्ति समाज (केकास) रूसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।समाजले विश्व शान्तिका कामना चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरेको हो।कार्यक्रममा युद्धलाई निषेध र शान्ति प्रवर्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउन समेत आह्वान गरिएको समाजका सभापति गोविन्द खनालले बताउनुभयो।समाजले चैत्र २१ गते पाल्पाको तानसेनमा पनि यस्तै कार्यक्रम सम्पन्न गरेको थियो।

समाजले एक विज्ञप्ती जारी गर्दै चैत १७ गते गोरखाबाट शुरू गरिएको ‘हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध : शान्ति विशेष र लागू औषध÷मदिरा दुर्व्यसन विरुद्धको अभियानको पहिलो चरण …

युद्ध रोक्न आग्रह गर्दै लुम्बिनीमा द्वीप प्रज्ज्वलन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved