Home » नीति/राजनीति » Page 22
Category:

नीति/राजनीति

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हाल रिपब्लिकन प्रेसिडेन्सियल प्राइमरीमा सबभन्दा अगाडि हुनुहन्छ। उहाँलाई रोक्न केही उदारवादी समूह र कानुनविद्ले संविधानको राजद्रोहको धाराअन्तर्गत मुद्दा दर्ता गर्नेबारे छलफल चलाएका छन्। यदि ट्रम्पविरुद्ध राजद्रोहको मुद्दा दर्ता भयो पनि आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी प्रभावित हुन सक्छ। यसलाई लिएर कैयौँ प्रश्नसमेत उठ्न थालेका छन्।

यी सबै प्रयास ६ जनवरी, २०२१ मा क्यापिटल हिलमा भएको हमलामा ट्रम्पको भूमिकालाई लिएर भएका हुन्। खासमा अमेरिकामा १४ औं संविधान संशोधनले एकपटक संविधानअनुसार चल्ने शपथ लिएको तर पछि राजद्रोह या विद्रोहजन्य गतिविधिमा सहभागी हुने कुनै पनि व्यक्तिलाई संवैधानिक पद हासिल गर्न प्रतिबन्ध गरेको छ।

केही कानुनविद्हरूले गृहयुद्धपछिको समयमा ल्याइएको …

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध राजद्रोहको धारा लाग्न सक्छ, संकटमा उम्मेदवारी
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशका दुई पूर्वमन्त्रीहरूले नियमितविपरीत निजी सुरक्षाकर्मी (पिएसओ) लिनुभएको छ। माओवादीका दुई पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो र जीवन आचार्यले पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) लिनुभएको हो।

नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका आङ्बोले केही दिनअघि प्रदेशसभा सचिवालयले बाँडेको विद्युतीय (इन्डक्सन) चुलो पनि लिनुभएको थियो। पछि अन्य केही सांसदले चुलो केही सांसदले फिर्ता गरे पनि आङ्बोले भने फिर्ता नगर्ने यसअघि नै स्पष्ट पारिसक्नुभएको छ।

नियमानुसार पूर्वमन्त्री आङबो र आचार्यले पूर्वमन्त्रीको हैसियतमा पिएसओ राख्न पाउनुहुन्न। यद्यपि प्रदेश प्रहरी कार्यालयले उहाँहरूलाई निजी सुरक्षा गार्ड उपलब्ध गराएर ‘गुन’ लगाएको छ। प्रदेशमा पूर्वमुख्यमन्त्रीले मात्र निजी सुरक्षागार्ड पाउने व्यवस्था छ। पूर्वमुख्यमन्त्रीलाई असई र हवल्दार दर्जाका …

नियमविपरीत पूर्वप्रदेशमन्त्रीलाई पिएसओ, सुविधा लिनेमा आङ्बो र आचार्य
0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकम तत्काल खर्च नगर्न अन्तरिम आदेश दिएको छ।

जेठ १५ गते चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र विकास कार्यक्रमका लागि भन्दै ८ अर्ब २५ करोड अर्थात् हरेक निर्वाचन क्षेत्रका लागि पाँच करोड बजेट विनियोजन गर्नुभएको थियो। यो कदमको सर्वत्र आलोचनासमेत भएको थियो। आलोचनाकै क्रममा अधिवक्ता त्रिलोकबहादुर चन्दले संघीय संसद सचिवालय समेतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो।

बुधबार प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले रकम खर्च नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा व्यवस्थापिकाको प्रकृतिले कार्यकारिणी प्रकृतिको कार्य …

निर्वाचन क्षेत्रको रकम खर्च नगर्न अन्तरिम आदेश
0 comment
0 FacebookTwitterEmail

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको ‘प्रचण्ड’ को अमेरिका (न्युयोर्क) भ्रमण स्वीकृत गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० मा त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

0 comment
0 FacebookTwitterEmail

सरकारले विश्वासको मत लिने दिनसम्म प्रदेशसभा बैठकको अध्यक्षता आफ्ना सांसदले गर्नु नपर्ने निश्चितता खोजिरहेको कोशीको सत्ता गठबन्धनले आफ्ना ज्येष्ठ सदस्यलाई मन्त्रीमण्डलमा सामेल गरेको छ।

त्यही अवस्था छल्ने उद्देश्यकै लागि प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मुख्यमन्त्री उद्धव थापाले बुधवार कृषि राज्यमन्त्रीमा नियुक्त गर्नुभयो। सत्ता गठबन्धनको यो कदमले मुख्य विपक्षी एमालेलाई दबाबमा पारिदिएको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन चाहिने बहुमत संख्या ४७ पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ। दनुवार नेकपा एमालेकी सांसद हुनुहुन्छ।

दनुवारलाई एमालेले राजीनामा गराएमा प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्छ।

0 comment
0 FacebookTwitterEmail

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारका कुनै पनि विषयको सूचना माग्ने र मागेको सूचना पाउने हकको संरक्षण गरिएको छ। त्यस्तै सूचनाको हक सम्वन्धी ऐन २०६४ मा सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचनामा नागरिकको पहुँच स्थापित गरिएको छ। संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्यको सूचकांकमध्ये १६.१०.२ मा समेत सूचनाको हकसम्बन्धी सूचकांक समेटिएको छ।

नागरिकको महत्वपूर्ण अधिकारका रूपमा सूचना अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६ वर्ष पूरा भई १७ औं वर्ष प्रवेश भएको छ। मलाई अहिले पनि सम्झना छ, २०६४ सालमा तत्कालिन संसदमा सरकारले दर्ता गराएको सूचनाको हकसम्बन्धी विद्येयकप्रति …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगमा आयोगको मात्रै प्रयास पर्याप्त नभएको जनाएको छ। १७औं राष्ट्रिय सूचना दिवसको शुभकामना दिँदै आयोगले यस्तो हक प्रयोग गर्न–गराउन सर्वसाधारण नागरिकसम्म पु¥याउनुपर्ने आवश्यकता महसुस भएको जनाएको हो।

नेपालमा संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यन्वयनमा आएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आइएको छ। लोकतान्त्रिक पद्धतिमा नागरिकलाई प्राप्त अधिकारहरुमध्ये सबैभन्दा महत्वपूर्ण अधिकारका रुपमा रहेको सूचनाको हकको प्रयोग दिनानुदिन बढिरहेको अवस्था छ। सुशासन कायम गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सार्वजनिक निकायबाट सम्पादन हुने सबै क्रियाकलापमा सर्वसाधारण नागरिकको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हक अत्यन्त उपयोगी माध्यमका रुपमा रहेको हुँदा …

0 comment
0 FacebookTwitterEmail

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुँदे वसन्तपुर घोषणापत्र जारी गरेको छ। लुम्बिनी प्रदेशभित्रका झन्डै दुई सय मिडिया सञ्चालकहरूको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र २०८० सार्वजनिक गरेको हो।

घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सबलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापन …

मिडिया सबलीकरण र पत्रकारको रोजगारी सुरक्षा गर्न १३ बुँदे ‘वसन्तपुर घोषणापत्र’
0 comment
0 FacebookTwitterEmail

नेपालको सिमाना नजिकै भारतको बिहारमा  एक युवा पत्रकारको हत्या गरिएको छ । अपराधीहरूले शुक्रबार दैनिक जागरणका स्थानीय संवाददाताको हत्या गरेका हुन । बिहारको अररिया रानीगञ्ज बस्ने पत्रकार विमल मण्डललाई बिहान घरमै पुगेर अपराधहरूले  गोली हानेका हुन। मण्डल घरमै सुतिरहेको अवस्थामा ‘ विमल भैया, विमल भैया’ भन्दै डाकेर घरबाट बाहिर निस्कने क्रममा अपराधीहरूले छातीमा गोली हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागे पछि मण्डललाई छरछिमेकी सहयोगमा विमलकी पत्नीले अस्पताल पुर्‍याउनु भएको थियो। तर अस्पताल पुग्नु अघिनै विमलको मृत्यु भएको छ ।

पाँच वर्ष अगाडि विमल मण्डलको सरपञ्च दाजुको पनि हत्या भएको थियो र विमल त्यसको एक मात्र साक्षी भएको

सीमा नजिक अररियामा पत्रकार विमलको गोली हानी हत्या
0 comment
0 FacebookTwitterEmail

शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्वेवारी दिनुभएको हो। उहाँले वडाध्यक्ष प्रसाईंलाई लिखित रुपमा कार्यवाहक भई काम गर्न भन्दै सात दिनसम्मका लागि नगरप्रमुखको जिम्मेवारी सुम्पिनुभएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाअध्यक्ष प्रसाईंलाई कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर उपप्रमुख नरमाया कार्कीसमेत चकित बन्नुभएको छ। ‘ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै …

ऐनविपरीत उपप्रमुखलाई पाखा लगाउँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved