कर्मचारी सरुवा बढुवाको विषयलाई लिएर मन्त्री र कर्मचारी संगठनका नेताहरूबीच भनाभन भएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा वेथिति भएमा वा घुस खाएको पाएमा कारवाही गर्ने वताएपछि रन्थनिएका कर्मचारीका नेताहरू मन्त्रीलाई सहयोग गर्नुको सट्टा आरोपप्रत्यारोपमा उत्रिएका छन्।
मंगलवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा कर्मचारी संगठनका नेताले सामान्य प्रशासन मन्त्रालयको हरेक कोठामा कर्मचारी सरुवाको दलाली हुने गरेको आरोप लगाएपछि मन्त्री मोदीले सरुवामा दलाली हुने गरेको सूचना दिएमा अन दि स्पट कारबाही गर्ने वताउनुभयो। मन्त्री मोदीले मन्त्रालयमा ५ वटा कर्मचारी सङ्गठनहरूसँग निजामती सेवा ऐन ,कर्मचारीहरूको बढुवा प्रणाली, प्रमुख प्रशासकीय अधिकृत, नायब सुब्बाको माग र ट्रेड युनियनहरूको विषयमा छलफल …
