Home » नीति/राजनीति » Page 39
Category:

नीति/राजनीति

नेपाल चिकित्सक संघको आन्दोलन पछि सरकार ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’  फेर्न तयार भएको छ। यही कार्यविधिका कारण नै नेपालका कथित “भिभिआईपी” हरूको आवागमनलाई राजतन्त्र कै शैली “सवारी” चलाउने गरिएकाले आमजनतालाई असहज हुँदै आएको छ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवा बन्द हुन। चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधिबीच वार्ता भएको हो।

वार्तामा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र …

0 comment
0 FacebookTwitterEmail

आजकाल हरेक बिहान ठिक ९बजेर ५५ मिनेटमा पर्साको जिल्ला प्रशासन कार्यालयको आँगनमा राष्ट्रिय झन्डा नजिकै साउन्डबक्समा म्यूजिक बज्न थाल्छ। सरकारी कार्यालयको परिसरमा धुन बजेको  देखे पछि कामका लागि आउन थालेका सेवाग्राही पनि त्यतै लाग्छन्। विस्तारै त्यहाँ रहेको कार्यलय प्रमुखको कार्यकक्ष भवन मुनि सबै कर्मचारी पनि लाइनमा उभिन थाले।

कार्यालय परिसरमा पस्नै लागेका कर्मचारी पनि ठिक १० बजे पङ्तिमा उभिन हतारिदै आएको दृश्यले पनि नव आगन्तुक सेवाग्राहीको ध्यान गजबले केन्द्रित गरिरहेको हुन्छ। १० बजे राष्ट्रिय गान बज्छ अनि सबै कर्मचारी तथा कार्यालय परिसरमा उपस्थित सेवाग्रही समेत राष्ट्रिय गानमा सहभागी हुन्छन्।राष्ट्रिय गान सकेपछि सबै कर्मचारीहरु आ–आफनो फाटमा लाग्छन्।यसरी प्रत्येक दिन जिल्ला प्रशासन …

0 comment
0 FacebookTwitterEmail

संघियताको प्रभावकारी कार्यान्वयनको लागि संघीय निजामती ऐन तत्काल कार्यान्वयनमा ल्याउन पूर्वसचिवहरूले सुझाव दिनुभएको छ। ऐनलाई समयसापेक्ष बनाएर अघि बढाउन वताउँदै पूर्व सचिवहरूले  संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गरी पारित गर्नुपर्ने सुझाव दिनुभएको हो। सङ्घीय मामिला  तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग यो साताको अन्त्यमा भएको छलफलमा पूर्व सचिवहरूले संघीयता कार्यान्व्यनका लागि निर्णायक मानिएको निजामती सेवा ऐन कार्यन्वयन ढिला भएको उल्लेख गर्दै समयसापेक्ष बनाएर अघि बढाउन सुझाव दिनुभएको थियो।

छलफलमा पूर्वसचिवहरू मधुरमण आचार्य, डा. मानबहादुर विके, विमल वाग्ले, बालकृष्ण प्रसाई, कृष्णहरि बास्कोटा र शङ्कर अधिकारी सहभागी भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ। पूर्वसचिवहरूले नेपालमा संघीयता लागू भए पनि …

संघीय निजामती ऐन तत्काल संसदमा पेश गर्न पूर्वसचिवहरूको सुझाव
0 comment
0 FacebookTwitterEmail

भारतको महाराष्ट्रमा  पत्रकार शशिकान्त वारिसेको हत्या भएको छ।  फेब्रुअरी ६  सोमबार दिउँसो १ बजे वारिसेले समाचार लेख्दै आएका जग्गा दलाल पन्ढरीनाथ अम्बेरकरले   महाराष्ट्र राज्यको रत्नागिरी जिल्लाको राजमार्गमा वारिसेको मोटरसाइकलमा ठक्कर दिएका   थिए।

समाचार  रिपोर्टहरू  र   मिडिया वाचडग फ्री स्पीच कलेक्टिभको रिपोर्ट अनुसार उनी कार मुनि किचिए भने  आक्रामक  घटनास्थलबाट भागे। मराठी भाषाको अखबार महानगरी टाइम्सका रिपोर्टर वारिसेलाई तत्काल स्थानीय अस्पतालमा लगियो र त्यसपछि बेहोस अवस्थामा कोल्हापुर सहरको अस्पताल लगियो। मङ्गलबार बिहान गहिरो चोटका कारण उनको मृत्यु भयो।

रिपोर्टहरूका अनुसार,  प्रहरीले अम्बरकरलाई गिरफ्तार गरी  हत्याको दोषमा  अनुसन्धान गरिरहेको छ। “भारतीय अधिकारीहरूले पत्रकार शशिकान्त वारिसेको हत्यामा संलग्न सबैलाई राम्ररी अनुसन्धान गर्नुपर्दछ, र …

0 comment
0 FacebookTwitterEmail

निजामती सेवामा महिलाको उपस्थिती पछिल्लो समय राज्यको बाक्लिदै गएको छ।  नेतृत्व गर्ने स्थानमा पुगेका महिलाहरुले अब्बल कार्यसम्पादन गरेर देखाएका पनि छन्। राज्यले महिलालाई विश्वास गरेर निर्णयक तहबाट हुने कार्यको जिम्मेवारी दिएमा उनीहरूले पनि उत्कृष्ट कार्यसम्पादन गरी राज्यको हितको लागि योगदान दिन सक्छन भन्ने उदाहरण बनेका छन् भर्खरै सिडिओ बनेका ९ जना महिला।

गृह मन्त्रालयले माघको पहिलो हप्ता विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेसँगै नौ जना महिलाले जिल्ला हाँक्ने मौका पाएका हुन्।  एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएसँगै  नौ जिल्लाको  प्रशासनिक नेत्तृत्व महिलाको काँधमा आएको हो। मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि अनुरुप …

नौ जिल्ला महिला सिडिओ:क्षमता भएका महिलालाई जिम्मेवारी दिएमा अब्बल दर्जाको काम गर्न सक्छन्
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ। राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो ‘‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने एउटा एजेण्डा हो। प्रभावकारी नै छ पनि। सबै अनुभवी माननीयज्यू हुनुहुन्छ। एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा।’’

उहाँले भन्नुभयो, ‘‘त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला। तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ। मैले ०६२/०६३ सालको …

0 comment
0 FacebookTwitterEmail

कुनै बुढी आमैकहाँ राती बास बस्न एउटा पाहुना आउँछ। भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ।अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौ। सत्रुको बीचमा गएर लड्न थाल्ने। त्यसबाट हल्ला त धेरै होला तर जित्न त छेउबाट शुरु गर्न पर्छ।

चाणक्य, शिवाजी, पृथ्वीनारायण शाहजस्ता दक्षिण एसियामा नायक भनिएका राजा वा राजगुरु सबैका पछाडि जोडिएको यस्तै बुढी आमाको कथा तपाईँले पनि सुन्नु भएको होला।

उमेर र अनुभवका हिसाबले भर्खरै सत्ता छोडेका रवि लामेछानेलाई “भाई” भन्दै त्यही दन्त्यकथा सम्झाउन चाहन्छ, यो पंक्तिकार। तात्‌तातो दाल भात छेउबाट खान थालौ रविभाई, बीचबाट खान शुरु गर्दा …

0 comment
0 FacebookTwitterEmail

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू तथा सातै प्रदेशका प्रदेश सभाका सदस्यहरू मतदाता रहन्छन्। तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार भने फरक फरक हुन्छ।

निर्वाचन नजिककिंदै गएपछि सम्भावित उम्मेदवारहरूको बारेमा पनि चर्चा परिचर्चा सुरु भएका छन्। सत्तारुढ दलहरूको गठबन्धन यस चुनावमा एकताबद्ध भएर प्रस्तुत हुने संभावना पनि क्षिण हुँदै गएको छ भने नेपाली कांग्रेसले यही चुनाव मार्फत राष्ट्रिय राजनीतिको अहिलेको समिकरणलाई बदल्ने रणनीति लिएको छ। स्वतन्त्र …

0 comment
0 FacebookTwitterEmail

नेपालमा सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहारको अवस्था भयावह छ। बेलाबेलामा महिला प्रहरी आफै बस वा टेम्पो वा माइक्रो चढेर आफै यौन दुर्व्यवहारको सिकार बनेर पीडकहरूलाई समाउनु पर्ने अवस्था छ। यौन दुर्व्यवहार भोग्ने अथाह पीडामा हुन्छन् बाँकी यात्रुचाहिँ तै चुप मै चुपको स्थीतिमा।

बेलायतको राजधानी लण्डनको सार्वजनिक यातायात सेवाले आमयात्रीलाई आह्वान गरेका कुराबाट हामीले केही सिकेर यौन दुर्व्यवहारलाई बन्द गराउन सक्छौ की?

सार्वजनिक यातायातमा यौन उत्पीडनको अनुभव जस्तोसुकै भए पनि, हामी तपाईंलाई यो ठीक छैन र यसलाई सहनु हुँदैन भनेर अगाडि आउनु पर्छ भन्ने आह्वान लण्डनको सार्वजनिक यातायात सेवाले आमयात्रीलाई गरेको  छ।

यी परिस्थितिहरूमा निरीह भएर शक्तिहीन महसुस गर्न सजिलो छ। …

0 comment
0 FacebookTwitterEmail

अधिवक्ता राजु चापागाँई र साथीहरू

हामी संविधानको धारा ४८ बमोजिम राष्ट्रप्रति निष्ठावान नेपाली नागरिक हौं भने नागरिकको हैसियतले आफूपनि संविधान र कानुनको पालना गर्नेेर अरुलाई पनि पालना गर्र्ने, गराउन सकारात्मक भूमिका खेल्ने नागरिक जिम्मेवारी पुरा गर्नुपर्दछ। त्यतिमात्रै नभएर हामी संविधानवाद, कानुनी शासन, मानिवअधिकार, सुशासन र सामाजिक न्यायप्रति समर्पित सचेत नागरिकको कर्तव्य पुरा गर्न अग्रसर हुनुपर्दछ।
ऐतिहासिक संविधानसभाबाट २०७२ असोज ३ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामा नै समाजवाद, सामासिक न्याय, समतामूलक संवृद्धि प्राप्तीको अभिष्ट् मुखरित छ। विभन्न स्वरुपमा सदियौदेखि विद्यमान भेदभाव, वहिष्करण एवं आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित नै विगतमा भएको सशस्त्र संघर्ष, राजनीतिक, सामाजिक, जातीय तथा क्षेत्रीय आन्दोलनहरूका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved