आजकाल हरेक बिहान ठिक ९बजेर ५५ मिनेटमा पर्साको जिल्ला प्रशासन कार्यालयको आँगनमा राष्ट्रिय झन्डा नजिकै साउन्डबक्समा म्यूजिक बज्न थाल्छ। सरकारी कार्यालयको परिसरमा धुन बजेको देखे पछि कामका लागि आउन थालेका सेवाग्राही पनि त्यतै लाग्छन्। विस्तारै त्यहाँ रहेको कार्यलय प्रमुखको कार्यकक्ष भवन मुनि सबै कर्मचारी पनि लाइनमा उभिन थाले।
कार्यालय परिसरमा पस्नै लागेका कर्मचारी पनि ठिक १० बजे पङ्तिमा उभिन हतारिदै आएको दृश्यले पनि नव आगन्तुक सेवाग्राहीको ध्यान गजबले केन्द्रित गरिरहेको हुन्छ। १० बजे राष्ट्रिय गान बज्छ अनि सबै कर्मचारी तथा कार्यालय परिसरमा उपस्थित सेवाग्रही समेत राष्ट्रिय गानमा सहभागी हुन्छन्।राष्ट्रिय गान सकेपछि सबै कर्मचारीहरु आ–आफनो फाटमा लाग्छन्।यसरी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय सुरु हुने गरेको छ।
पर्साको जिल्ला प्रशासन कार्यलय केहि दिन देखि यसै प्रकारले प्रारम्भ हुने गरेकोले सरकारी कार्यालयबाट सहजै सेवा पाउने आशा पलाएको छ। ‘घुम्दै–डुल्दै’ अफिस आउने, चिसोमा कार्यालय अगाडि घाम ताप्दै साथी कर्मचारीसँगको गफगाफ पछि ११बजे देखि काम गर्ने प्रचलन फेरिएको छ। यसबाट जिल्ला प्रशासन कार्यालय पर्सामा आउने जिल्लावासीलाई सुविधा भएको छ। प्रशासन कार्यालय पर्साको “सरकारी” पाराको कार्यशैलीलाई पूरै फेरिएर सेवाग्राहीमूखी भएको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी कार्यालय प्रमुखको रुपमा आएपछि कार्यालयको कार्यशैलिमा परिवर्तन भएको हो। उहाँ आएको दोश्रो दिन देखि नै राष्ट्रिय गान सुरु भएको एक कर्मचारीले बताए। बिलम्ब गरी आउने कर्मचारीलाई दुई पटकसम्म सचेत गराउने र त्यसपछि पनि कार्यालय समयमा नआउने कर्मचारीलाई स्पष्टिकरण समेत सोध्ने गरिएको छ। कार्यालय संचालनको प्रक्रिया अझ चुस्त दुस्त बनाइएको जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी एवम प्रवक्ता भिमकान्त पौडेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘रेग्मीसर आएपछि धेरै कुराहरु सुधार भएका छन, समयमै राष्ट्रिय गान र समयमै कार्यालय सुरु गरिहाल्ने गरिएको छ।’
सेवाग्राहीलाई सहज र छिटो नागरिकता लगायत सबै सेवा प्रदान गर्ने कामको थालनी गरिएको सहायक जिल्ला अधिकारी पौडेलको भनाइ थियो। उहाँले भन्नुभयो, ‘आफ्नै कार्यलयमा रहेका गुनासालाई समाधान गर्नुका साथै सरकारी कार्यलयहरूमा पनि छड्के र अनुगमन बढाउछौ।’
नयाँ नागरिकता लगायत प्रतिलिपि समेत पाउन हप्तौ लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयको सधैको गुनासा हो।पर्साको बर्बाबाट आउनुभएका रामकिशोर चौरसियाले भन्नुभयो, ‘पहिले भन्दा अहिले धेरै सुधार छ।’ सबै सरकारी कार्यालयमा राष्ट्रिय गान सहित ठिक समयमा कर्मचारीहरू पुग्ने भए राम्रो हुने चौरसियाको भनाइ थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता