सार्वभौमसत्ता सम्पन जनताले चुनेको संसदको प्रमुख काम देशको विधान बनाउनु हो। त्यसै कारण सांसदहरूलाई विधायक भनिन्छ। संसदको अर्को काम हो प्रधानमन्त्री बनाउने र हटाउने।
संविधानले यी दुइवटै काम गर्न संसदको कर्तव्य मानेको र अधिकार दिएकोछ। संसदबाट विधान अर्थात कानुन बनाउने र प्रधानमन्त्री नियुक्त गर्ने काममा संसदमा निहित रहेको सार्वभौमसत्ता यतिबेला संसदसँग छैन। पहिले यी कामका लागि संसद आफैमा स्वतन्त्र थियो तर केही पहिले राष्ट्रपतिबाट संसदको यो अधिकार अर्थात यसको सार्वभौमसत्ता अपहरणमा पर्यो। त्यस्तो अवस्था यथावत छ।
एक: संसदका दुइवटा सदनले विधिवत रुपमा दोस्रो पटक पारित गरेर राष्ट्रपति समक्ष पठाइएको विधेयक त्यहाँबाट फिर्ता नभएको समय पाँचौं महिना भयो। यो १५ दिनभित्र …
