Home » विचार » Page 4
Category:

विचार

नेपाल देखि भारत लगायत संसारका विभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्रताको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ। राष्ट्र र राष्ट्रियताका लागि दशकौँदेखि हुँदै आएको यो आन्दोलन किन हुन्छ, यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको विषय पनि हो।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बत लगायत आफ्नो सरण लिएका विभिन्न मुलुकहरूमा आन्दोलन गर्दै आएको छन्। आन्दोलनको  स्वरूप जस्तो भए पनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचानको लागि  नै हो। मुख्य रूपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरूको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ। आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४

पाण्डवहरू किन खाण्डवप्रस्थ (खाण्डव वन) जानु परेको थियो ?अनि कसरी खाण्डवप्रस्थ इन्द्रप्रस्थ हुन पुगेको थियो ? अनि युधिष्ठिरलाई कसरी युवराजको पदवी दिएर हस्तिनापुरबाट सम्मानसाथ हटाइएको थियो ? किनभने युवराज भनेको राजाको उत्तराधिकारी हुनुपर्ने तर युवराजलाई किन राजाबाट टाढा टाढा पठाइयो ? अनि दृष्टिविहीन महाराज धृतराष्ट्रको उत्तराधिकारी को थियो ? या स्वयं धृतराष्ट्र आफूलाई कार्यवाहक महाराजका रूपमा मान्थे र पाण्डुको असली उत्तराधिकारीसँग तर्सन्थे र उसलाई आफू र आफ्ना भावी उत्तराधिकारीको आँखा सामुन्नेबाट सदाका लागि हटाउन चाहन्थे ?

महाभारतमा द्रौपदी स्वयंवरपछि बल्ल वसुदेव पुत्र वासुदेव कृष्णको प्रादुर्भाव हुन्छ। यसअघि धेरै घटना भएका हुन्छन् तर कृष्णको कतै प्रसङ्ग …

0 comment
0 FacebookTwitterEmail

एमाले, काँग्रेस वा माओवादी,  सत्तामा जोसुकै आए पनि सत्ताको “स्वाद” आफू पनि चाख्ने नेताहरूलाई पनि चखाउनमा माहिर नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन्। यिनीहरू नेता तथा कर्मचारीको घुस विदेशमा नै पुर्‍याउन माहिर मान्छे मानिन्छन्। सन्तान जति विदेशमा पठाएका नेता कर्मचारीको सहजताका लागि  सुनिल पौडेल र विकल पौडेलले घुस विदेशमा नै पुर्‍याइदिने उपाय निकालेर सफल भए।

सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने …

सामन्तवादका विरोधीहरू नै नवसामन्तवादी भएपछि
0 comment
0 FacebookTwitterEmail

द्रौपदी, कृष्णा, याज्ञसेनी, पाञ्चाली अनेक नाम थिए द्रुपद राजाका यज्ञबाट जन्मेकी एक अयोनिजा कन्या। अनि पछि भनियो उनलाई नाथहरूकी अनाथ पत्न अर्थात् पाँच नाथकी अनाथिनी। पाँच नाथ अर्थात् पञ्च पाण्डव—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवकी साझा पत्नी, पाँच राजकुमारकी पटरानी। महाभारतका सर्जकले हामीलाई बताए अनुसार उनको बडो नाटकीय तरिकाले पाँचजना कुरुवंशी पाण्डवका पुत्रहरू कौरबसँग विवाह भएको देखिन्छ।

कौरब किन भनेको भने वास्तवमा कार्यवाहक महाराजा धृतराष्ट्र र वैधानिक महाराज पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरूलाई कुरुका सन्तान अथवा कौरव भनिएको र पाण्डुका सन्तान पाँचओटा छोराहरूलाई पाण्डव भनिएको हो। पाञ्चाल नरेश द्रुपद महाराजले …

0 comment
0 FacebookTwitterEmail

गाजापट्टीमा स्थिति क्रमशः बिग्रिँदै गएको छ। युद्धमा जित हार जसको भए पनि मानवता इतिहासको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको छ। हमासको समाप्ति र बन्धकको मुक्तिका वाचा साथ अगाडि बढेको इजरायलले गाजामा करिब १५ हजार भन्दा बढी मान्छे मारिसकेको छ। लाखौँ घरबारविहीन भएका छन्।

“स्थिति प्रत्येक दिन भन्दा घण्टाले बिग्रिँदै गइरहेको छ, चारतिरको तीव्र बमवारिको वर्षामा सर्वसाधारणलाई ओत लाग्न गाह्रो छ। हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ।” डब्लुएचओका एक पदाधिकारीको भनाइ हो यो। युक्रेनको अवस्था पनि त्यस्तै छ। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन दिएको आदेशको पालना भएको छ।

यो सबै परिवेशलाई हेर्ने हो भने,सन …

0 comment
0 FacebookTwitterEmail

हुन त विश्वमा नागरिकलाई पूर्ण सन्तुष्ट पार्ने कुनै प्रणाली विकास भएको छैन। हरेक लोकतान्त्रिक वा तानासाही प्रणाली भित्र असन्तुष्ट अथवा फरक मत राख्ने नागरिक हुन्छन् नै। यसलाई लोकतन्त्रको सुन्दरता अथवा मानवीय स्वभावका रूपमा लिइन्छ। तर यसको सिमाना र मात्राका आधारमा प्रणालीको लोकप्रियतामा  नागरिकको असन्तुष्टि जोख्नुपर्छ। जुन धेरै हिसाबले नेतृत्वका सन्दर्भमा अनि केही हदसम्म प्रणालीको गुण र दोषमा आधारित रहन्छ।

सन्दर्भ: नेपालको लोकतान्त्रिक पद्धति भित्र राज्य सत्ता सञ्चालन गरिरहेको नेतृत्व माथि बढ्दो असन्तुष्टिको हो। जसको पछिल्लो उदाहरण रवि लामिछाने भएका छन्। अहिलेको प्रतिनिधि सभामा चौथो ठुलो दल भएर पनि प्रभावकारी भूमिका देखाउन नसकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने माथि पोखराको एउटा …

0 comment
0 FacebookTwitterEmail

राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहेता पनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्दछ। कसै–कसैले भ्रष्टाचार नै कुशासन हो भन्ने ठान्दछन्, तर यो सोचाई त्यति युक्तिसंगत होइन। अधिनायकवादी सत्तामा राजनेता त्यागी र गुणी भएमा राज्यव्यवस्था सोही अनुरूप भएका दृष्टान्त निकै छन्। तर, शक्तिको दुरुपयोग भएमा वा स्वयं शासक नै भ्रष्ट भएमा त्यसको प्रतिकार गर्ने उपाय सजिलो कदापि हुँदैनन्। मनुस्मृतिमा भ्रष्ट शासकलाई जनताले बल प्रयोग गरेर पनि हटाउनु पर्दछ भनी लेखिएको छ। मत प्रयोग गरेर वा सजिलो

0 comment
0 FacebookTwitterEmail

तेस्रो पटक प्रधानमन्त्री बन्नैका लागि राजनीतिक निष्ठा र इमानदारिता लाई दाउमा राखेर प्रतिनिधि सभाको दोस्रो ठुलो दल नेकपा एमालेको समर्थन जुटाएका पुष्पकमल दाहालले गठबन्धन सरकारको नेतृत्व गरेको वर्ष दिन पुगेको छ।

दाहाल गएको पुस १० गते २७५ सांसद रहेको प्रतिनिधि सभाबाट प्रधानमन्त्री निर्वाचित हुँदा ७ दल र स्वतन्त्र सहित १७९ सांसदले समर्थन गरेका थिए। तर अहिले दाहालले नेकपा एमाले, रास्वपा, राप्रपा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साहको समर्थन गुमाई सकेका छन्। सत्ता गठबन्धनमा काँग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर तेस्रो पटक प्रधानमन्त्री बन्दा दाहालसँग क्रुद्ध नेपाली काँग्रेस र नेकपा …

0 comment
0 FacebookTwitterEmail

महाभारतको प्रसङ्गले एउटा कुरामा ध्यान जान्छ —पुराणहरूभन्दा पहिले महाभारतको रचना भयो होला कि पुराणहरूको? पुराणहरूमा जब जय नामको इतिहासको कुरा आउँछ, जुन जयलाई पछि महाभारतको कथाको रुपमा लिइएको छ। अहिलेसम्म प्राप्त, मननीय, संग्रहणीय र पठनीय सामग्रीको श्रेणीमा श्रीकृष्ण द्वैपायन व्यासले रचना गरेका महाभारत(१८ पर्व), पुराण( १८ महापुराण र १८ उपपुराण) र चारओटा वेदहरू( ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद)को आधुनिक तरिकाले व्यवस्थापन गरेको पाइन्छ। महर्षि व्यासले आफ्ना छोरा शुकदेवबाहेकका चारओटा शिष्यहरू ऋषि पैललाई ऋग्वेदको, ऋषि जैमिनिलाई सामवेदको, ऋषि वैशम्पायनलाई यजुर्वेदको र ऋषि सुमन्तुलाई अथर्ववेदको प्रचार, प्रसार र गूढार्थहरूको व्याख्या गर्ने जिम्मा दिएका थिए। अनि रचना गरिएका महापुराणहरूको क्रममा श्रीमद्भागवतसहित अठार पुराणहरू …

0 comment
0 FacebookTwitterEmail

राजा पृथ्वीनारायण शाह हुँदै थालिएको एकीकरण अभियान र बेलायतसँग भएको ४ मार्च सन् १८१६ को सुगौली सन्धि हुँदै आधुनिक सन्दर्भमा नेपालले १४ डिसेम्बर सन् १९५५ मा राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो। यसरी नेपाल दुनियाँका देशहरूको पङ्क्तिमा देखा परेको हो।

भौगोलिक र पर्यावरणीय क्षेत्रको दृष्टिबाट हेर्दा हिमाल, पहाड र तराईका तीन वटा मूल क्षेत्रहरू, हिम चुचुरा, उच्च पहाड, मध्य पहाड, उपत्यका, बेँसी, दुन र भित्री मधेस एवं खोँच, मधेसका जङ्गल र फाँटहरू तथा पहाडका भिर पाखाहरू, जङ्गल र खोला किनारहरूको विविधता बोकेको यो भूखण्ड हो।  

तर प्रागैतिहासिक कालमा विश्वका विभिन्न क्षेत्रमा देखा परेका अस्ट्रेलोपिथेकस, होमोह्याविलिस, होमोइरेक्टस, नेन्डरथल, होमोसेपिन, डेनिसोभन, होमोनालेदी, लगायतका

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved