Home » विचार » Page 5
Category:

विचार

पल  फ्रेओली

सन् २०२४ जुलाईमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणले धेरै पश्चिमी  देशहरूमा, विशेष गरी नयाँ दिल्लीसँग गहिरो सम्बन्ध बनाउने प्रयास गरिरहेकाहरू माझ चासोको विषय बन्यो । शीतयुद्धको समयमा बनेको मस्कोसँगको भारतको ऐतिहासिक सम्बन्ध सबलाई थाहा नै छ, तर रुसले युक्रेनको बाल अस्पतालमा बम विस्फोट गराएको खबर आए लगत्तै मोदीको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको मित्रताको खुला प्रदर्शनले धेरैलाई आश्चर्यचकित तुल्यायो । यसअघि भारतले युक्रेनमा रुसी आक्रमणको न विरोध गरेको थियो न त समर्थन गरेको थियो । रसिया र युक्रेन युद्धको खुला रूपमा कुरा गर्न हिचकिचाएको भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को सदस्यको रूपमा यस मुद्दामा मतदान गर्नबाट समेत टाढा …

0 comment
0 FacebookTwitterEmail

विशेष टिप्पणी

संसद्का दुई ठुला दल नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाए पछिको पहिलो फाइदा संसद्को तेस्रो ठुलो दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई भएको छ । सङ्क्रमणकालीन न्यायको जेलिएको विषयलाई फुकाउन नयाँ सत्ता गठबन्धनको समीकरणले सहयोगी वातावरण सिर्जना गरिदिएको छ । यो माओवादीका लागि निकै पीडादायी र टाउको दुखाइको विषय बन्दै आएको थियो । तर माओवादी आफै सत्तामा हुँदा–रहँदा उसले सर्वोच्च अदालतको आदेशहरू र अन्तर्राष्ट्रिय समुदायको चासो अनुरूप समस्या सुल्झाउन आवश्यक कानुन बनाउन सकिरहेको थिएन । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन संशोधन विधेयकको जटिलता अब सहजतामा बदलिएको छ । यो उपलब्धिलाई काँग्रेस एमाले गठबन्धनले आफ्नो खातामा राख्न …

0 comment
0 FacebookTwitterEmail

 

बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँका पिता कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्भ्रान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्था राम्रो थियो । उहाँलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत थियो । तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेर पछि कुपित भए । चन्द्रशमशेरको कोपभाजनमा परेपछि पिताजी सपरिवार भारत निर्वासित हुनुभयो । बीपी कोइरालाका संस्मरणमा निर्वासनका वर्षहरूको मार्मिक वर्णन पाइन्छ । ती वर्षहरूले नै बीपी कोइरालालाई संस्कार र व्यक्तित्व प्रदान गर्यो, त्यस्तैमा युवक कोइराला शिक्षित एवं दीक्षित हुनुभयो । तिनताका गान्धीजी भारतीय राजनीतिमा प्रभावशाली हुँदै जानुभएको …

0 comment
0 FacebookTwitterEmail

नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको निर्वाचन भएको दुई वर्षमा तेस्रो पटक नेपालमा सरकार परिवर्तन भएको छ । २०७२ सालमा नयाँ संविधान आएपछि राजनीतिक स्थायित्वको अपेक्षा गरिएको थियो । लगभग हरेक दलहरू क्रम परिवर्तन गर्दै र एक आपसमा मिलेर सरकार गठन भइसकेको छ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी पहिलो पटक, नेपाली काँग्रेस र माओवादी दोस्रो पटक, अहिले नेपाली काँग्रेस र नेकपा (एमाले) ।

३२ सिट मात्रै पाएको तीन दलमध्ये सबैभन्दा सानो दलका रूपमा पुष्पकमल दाहालको नेतृत्वमा रहेको माओवादीले सत्ता सन्तुलनमा राखेको थियो। उनले दुई ठुला दलहरूमध्ये एक वा अर्कोसँग गठबन्धन गर्दै आफू प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै यसबाट फाइदा …

0 comment
0 FacebookTwitterEmail

सन् १९९० को दशकमा सुरु भएको अफगानी कट्टरपन्थी तालिबानसँगको चीनको सम्बन्ध अहिले नयाँ रूपमा अगाडि बढेको छ। प्रारम्भमा यो सम्बन्ध हिचकिचाहटमा आधारित देखिन्थ्यो तर अहिले तालिबानसँग चीनको संलग्नता निरन्तर बढ्दै गएको छ । सन् २०२१ जुनमा अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएपछि यो सम्बन्ध व्यावहारिकता र अवसरको रूपमा परिणत भएको छ। काबुल भ्रमणमा रहेका चिनियाँ कूटनीतिज्ञहरूले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिबानको शासनलाई “स्वतन्त्र विकासको नयाँ युग र अराजकताबाट व्यवस्थाको नयाँ सुरुवात”का रूपमा व्याख्या गरेका छन् ।

तालिबान नियन्त्रित अफगानिस्तानमा चीनको प्राथमिकता

तालिबान सत्तामा फर्किए पछि अफगानिस्तानमा चीनको आकाङ्क्षा बढेको छ । चीनको यी आकाङ्क्षाहरूलाई तीन भागमा वर्गीकृत गर्न सकिन्छ:  यातायात,  सुरक्षा

0 comment
0 FacebookTwitterEmail
१. नेपाली भाषामा वीरेन्द्र केशरी अर्ज्याल ( विसं. १९६० तिर) ले व्याकरण लेखे ।  त्यसपछि  जयपृथ्वी बहादुर सिंह ( विसं. १९६९ ) ले व्याकरण लेखे । यी दुई व्याकरण तत्कालीन लेखनमा जे जस्तो प्रचलन थियो त्यसैमा आधारित भई लेखिएका थिए । यिनलाई प्राकृत व्याकरण नाम दिइएको देखिन्छ।
२. त्यसपछि व्याकरणको धार नै परिवर्तन गरेर  गोरखा व्याकरण बोध लेखियो । यो भानुभक्त, मोतीराम आदि पूर्ववर्ती लेखक तथा  साहित्यकारहरुले प्रयोग गरेको हलन्त लेखनलाई  बहिष्कार गर्ने राममणि आदी (विसं. १९६५) को अवधारणालाई आधार बनाएर लेखिएको थियो ।
३. यही दशकमा मध्यमार्गी धार भनी हलन्त बहिष्कारमा केही संशोधन सहित गोरखा भाषा चन्द्रिका व्याकरण (
0 comment
0 FacebookTwitterEmail

विश्वभरका सरकारहरूले सार्वजनिक कोषहरू पारदर्शी र प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेको समयमा एआईमा भएको विकास र प्रगतिको कारण वित्त व्यवस्थापनमा आउने दिनहरूमा यो शक्तिशाली सहकर्मीको रूपमा प्रयोग हुन सक्छ । यसले बजेटको पारदर्शिता बढाउन र वित्तीय गतिविधिहरूलाई नीतिगत प्राथमिकताहरूसँग मेल गराउन मद्दत गर्न सक्छ । फलस्वरूप यसले सार्वजनिक वित्तमा जबाफदेहितालाई अझ बढी सहज बनाउन सक्छ ।

एआई: सार्वजनिक वित्तमा एक परिवर्तक?

सार्वजनिक वित्तीय व्यवस्थापनमा एआईको सम्भाव्यताको मूल्याङ्कन गर्न यसको मुख्य कार्यक्षमताहरू बुझ्नु महत्त्वपूर्ण छ । उत्पादनशील (Generative) एआईले मानवीय बुझाइको नक्कल गरेर लेख, चित्रहरूका साथै सफ्टवेयर कोडहरू उत्पादन गरेर सामग्री सिर्जना गर्दछ । जबकि पूर्वानुमान (Predictive) गर्ने एआईले पूर्वानुमानको लागि …

0 comment
0 FacebookTwitterEmail

विश्वभर विभिन्न देशहरूमा भइरहेको अशान्ति र अनिश्चितताका साथै बहु आयामिक चुनौती र अन्य समस्याहरूका बिच नवौँ खुला बजेट सर्वेक्षण २०२३ सार्वजनिक भएको छ। यी देशहरू अहिले सबै समस्याहरूबाट समाधान खोजी सहज हुन केही समय लाग्ने देखिन्छ।अशान्ति र अनिश्चितताबिच धेरैले विश्व अर्थतन्त्र बिग्रिसकेको महसुस गरिरहेका छन्।

विश्वभर महामारी, मुद्रास्फीति, अस्थिरता,  बढ्दो द्वन्द्व, विश्वव्यापी ऋण र जलवायु परिवर्तनको बढ्दो प्रभावले अनेक समस्याहरू निम्ताएको छ। यसमा प्राय सीमान्तकृत वर्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्। धेरै देशहरूमा सरकारप्रति जनताको विश्वास घट्दो क्रममा छ। किनकि विश्वभरका लाखौँ मानिसहरूले सामना गरिरहेको समस्या र चुनौतीहरूबाट सरकारले पार लगाउँछ भन्ने कुरामा जनताको विश्वास घटेर गएको छ।

सरकारले कसरी …

0 comment
0 FacebookTwitterEmail

                                                द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१८

कृष्णा र शिखण्डी । द्रुपद राजाको पहिलो सन्तानको रूपमा जन्मिएकी शिखण्डिनी वा शिखण्डी । छोराको रूपमा ग्रहण गरे शिखण्डी, छोरीको रूपमा ग्रहण गरे शिखण्डिनी । पहिलो दाजु र बहिनी या जेठी दिदी र बहिनी । तर पाञ्चाल राज्यले उनको जन्मदेखि नै राजकुमार जन्मिएको भनेर प्रचार गरेकोले मान्नै पर्छ, उनलाई  पुरुषको रूपमा आफूलाई चिनाउन जहिले पनि उद्यत थिए राज्य, राज्य संयन्त्र तथा स्वयं आफैँ । उनी मात्र होइन, त्यो समयको शक्तिशाली राज्य ( हस्तिनापुरको समकक्षी त होइन तर महाभारतले पाञ्चाल राज्यलाई हस्तिनापुरको अधीन देखाउँदैन )का रूपमा पाञ्चाल राज्यलाई लिएको पाइन्छ । तर जब पाञ्चाल राज्यको आधा …

0 comment
0 FacebookTwitterEmail

– खेलराज पाण्डे
प्रमुख, बुटवल उपमहानगरपालिका

बुटवलबासी महानुभावहरु,
करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको बुटवल प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रुपमा रहेको छ । यस शहरलाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं ।
बुटवललाई समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा म यहाँहरुसमक्ष पुनः प्रतिबद्धता जनाउन चाहन्छु । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved