Home » विपद् » Page 10
Category:

विपद्

“ठूला मान्छेले तल कार्यक्रम दिया पनि आफैँजस्तो ठूलै मान्छेलाई दिए। हामी महिलाको पनि अधिकार छ। हामीमा पनि गर्ने क्षमता छ। हामी महिलालाई पनि यस्तो यस्तो आएको छ मेडम यस्तो गर्न सक्नु हुन्छ की नाइँ भनेर कसैले सोधेनन्। “

सुदूरपश्चिम अछामको एउटा लेककी धनादेवी धामी स्थानीय भाषामा “विकास बाँड्न आएका सरहरू” लाई महिला हकका बारेमा बताउँदै हुनुहुन्थ्यो। आफ्नो किराना दोकान, होटल अनि खाजाघर सबैको काम गर्ने पसल अगाडि बसेर कुरा गरिरहनु भएको धनादेवीको सुदूरपश्चिमी लबजलाई बिस्तारै विकासे लबजले जितिसकेको बुझिन्थ्यो। मिल्लेक गाउँपालिकाको ऋषि दहको वडा कार्यालयको ठ्याक्कै तलको धनादेवीको जस्ताले छाएको दोकान छ। तल गहुँ बाली लहराइरहेको छ।

यो मनसुन भन्दा …

0 comment
0 FacebookTwitterEmail

चीनको एक रेस्टुरेन्टोमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। यिनचुआन सहरमा बुधबार भएको घटनामा परी ७ जना घाइते भएका छन्।

चिनिया सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास लिक हुँदा सो घटना भएको हो।

ड्रागन बोट फेस्टिभलको तयारी चलिरहेकाले घटना हुँदा वरिपरिको इलाकामा निकै भीडभाड रहेको बताइएको छ।

दमकल विभागका एक अधिकारीका अनुसार रेस्टुरेन्टमा पहिले पड्किएको आवाज आयो। लगत्तै ह्वारह्वार आगो बल्न थाल्यो। समयमै दमकल पुगेकाले आगो नियन्त्रणमा आयो र धेरै थप क्षति हुनबाट जोगियो।

रेस्टुरेन्टमा भएको घटनापछि सरकारको सुरक्षा मापदण्डलाई लिएर प्रश्न उठेका छन्। बाक्लो बस्ती रहेको इलाकालाई सुरक्षित बनाउन स्थानीयले सरकारसँग मागसमेत गरेका छन्।

आवासीय क्षेत्रमा आगो लागेको यो …

चीनको एक रेस्टुरेन्टमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

ग्रिसमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ३ सय जना पाकिस्तानीको मृत्यु भएको छ। पाकिस्तानको सञ्चारमाध्यम ‘डन’अनुसार डुंगामा पाकिस्तानका ४ सय जना, मिस्रका २ सय र सिरियाका १ सय ५० जना सवार थिए। पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी नागरिकप्रति समवेदना प्रकट गरेका छन्।

पाकिस्तान आज (सोमबार) राष्ट्रिय शोकसमेत घोषणा गरिएको सञ्चारमाध्यमले बताएका छन्।

प्रधानमन्त्री सरिफले मानव तस्करी गर्नेविरुद्ध कडा कारबाही हुनेसमेत बताएका छन्। ‘यो एउटा जघन्य अपराध हो,’ उनले भने।

गैरकानुनी रूपमा पाकिस्तानी नागरिकलाई युरोप पठाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री सरिफले ग्रिसस्थित पाकिस्तानी एम्बेलीलाई उद्धृत गर्दै डुंगा दुर्घटनामा उद्धार गरिएका १२ जना पाकिस्तानी नागरिक …

ग्रिस डुंगा दुर्घटना : ३ सय पाकिस्तानीको मृत्यु, युरोप पठाउने ९ तस्कर गिरफ्तार
0 comment
0 FacebookTwitterEmail

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। शनिबार आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन–( का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना …

हेवा खोलाको बाढीमा बेपत्ता २२ जनाको सनाखत
0 comment
0 FacebookTwitterEmail

अमेरिकाको लस एन्जल्सबाट १७ किमि टाढा कार्सन इलाकामा शनिबार गोली चलेको छ। पुल पार्टीमा गोली चल्दा आठ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको टाउको र कम्मरमा गोली लागेको छ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

घटनालाई लिएर प्रहरीले गोली चल्नुअघि झगडा भएको हुन सक्ने अनुमान गरेको छ। यस्तै गोली चलाउने व्यक्तिलाई प्रहरीले छ खोजिरहेको छ।

स्थानीयका अनुसार पुल पार्टीमा गोली चलाउने व्यक्ति बिनानिमन्त्रणा प्रवेश गरेको थियो। पार्टीमा उपस्थित मानिसले उसको परिचय थाहा पाउन खोज्दा उल्टै झगडा गरेको बताइएको छ। यसपछि नै गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान छ। छानबिनका लागि अहिले प्रहरीले अबिला स्ट्रिट …

अमेरिकाको लस एन्जल्समा गोली चल्यो, ८ जना घाइते
0 comment
0 FacebookTwitterEmail

मनसुन सुरु भएँसँगै पूर्वी नेपालका पहाडी जिल्लामा बाढीपहिरोको त्रास फैलिन थालेको छ। गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन्। घटनामा एक जानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अविरल वर्षासँगै संखुवासभाको हेवाखेलामा गए राति आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ। वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शवको पहिचान हुन बाँकी छ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा …

पूर्वी नेपालमा बाढीपहिरोको त्रास : २५ जना बेपत्ता, एकको मृत्यु [अपडेट]
0 comment
0 FacebookTwitterEmail

दक्षिणी ग्रिसमा आप्रवासी सवार डुंगा डुब्दा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढीको उद्धार गरिएको छ। दुर्घटनमा बाँचेका यात्रुले डुंगामा ६५० जना जति सवार भएको हुन सक्ने बताएका छन्। जसमध्ये सय जना बालबालिका रहेको बताइएको छ।

उता ग्रिसले अहिलेसम्मकै ठूलो आप्रवासी दुर्घटना भएको बताउँदै देशमा तीन दिनको शोकसमेत घोषणा गरेको छ।

ग्रिस कोस्टगार्डका अनुसार स्थानीय समय बुधबार बिहान दुई बजेर ४ मिनेट जाँदा पाइलोसको दक्षिण–पश्चिममा ८० किलोमिटर तल पसेको थियो। युरोपियन युनियनको सीमा एजेन्सी फ्रन्टेक्सले मंगलबार दिउँसो डुंगा देखेर र तत्काल ग्रिक इटालियन अधिकारीलाई जानकारी दिएको बताएको छ। डुंगामा सवार कुनै पनि यात्रुले लाइफ ज्याकेट नलगाएको बताइएको …

दक्षिणी ग्रिसमा डुंगा पल्टिँदा कम्तीमा ७९ जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

अमेरिकाको टेक्सासस्थित क्विन्टाना समुद्री किनारमा लाखौं माछा मृत भेटिएका छन् । तापक्रम बढ्दा पानी तातेर सास लिन नसक्दा माछा मरेको विशेषज्ञहरुको अनुमान छ । टेक्सास वाइल्ड लाइफ डिर्पाटका अधिकारीहरुका अनुसार तातो पानीमा अक्सिजनको मात्रा कम हुन्छ, जसले गर्दा सास फेर्न सक्दैनन् र उनीहरु मर्छन् ।

यसरी मर्नेमा धेरैजसो म्यानहेड प्रजातिका माछा रहेको बताइएको छ । अहिले सामाजिक सञ्जालमा मृत माछाको तस्बिर र भिडियो भाइरल बनेको छ ।
न्युयोर्क पोस्टका अनुसार गर्मीमा यसरी माछा मर्नु सामान्य कुरा हो । समुद्रमा गहिरो पानीको तुलनामा किनारको पानी बढी तातो हुन्छ । माछा किनाराको पानीमा फस्ने र त्यहाँबाट फर्किन सक्ने सम्भावना कम हुन्छ ।…

अत्यधिक गर्मीले टेक्सासमा लाखौं माछा मरे
0 comment
0 FacebookTwitterEmail

अमेरिकाको भर्जिनियास्थित रिचमन्ड इलाकामा रहेको युनिभर्सिटीमा गोली चलेको छ। रिचमन्ड इलाकाको मनरो पार्कनजिक युनिभर्सिटी परिसरमा हाइस्कुल ग्रयाजुएसन सेरेमोनीका बेला गोली चलेको हो। गोली लागेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ, जसमध्ये एक जनाको उमेर १९ वर्ष रहेको बताइएको छ।

गोली चल्नु केही समयअघि अल्ट्रिया थिएटरमा ग्रयाजुएसन सेरेमोनी सुरु भएको थियो। गोली लागेर मृत्यु हुनेहरु सेरेमोनीमा भाग लिन आएका थिए। मृत्यु हुनेमध्ये एकको उमेर १८ र अर्काको उमेर ३५ वर्ष रहेको बुझिएको छ।

रिचमन्ड पब्लिक स्कुलका अधिकारीका अनुसार सोही साँझ दुई अन्य स्कुलको ग्रयाजुएसन समारोह पनि थियो। …

अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

रुस नियन्त्रित दक्षिणी युक्रेन इलाकामा पर्ने सोभियतकालीन बाँध भत्केको छ। बाँध भत्किएपछि युद्धस्थलमा पानीको बाढी आएको रुस–युक्रेन दुवै पक्षका सेनाले बताएका छन्। बाँध कसले भत्कायो भन्नेबारे दुवै देशले एक–अर्कालाई दोषी ठहर्याएका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको अप्रमाणिक भिडियोमा कखोभ्का बाँधवरिपरि विस्फोटको शृंखला देखिएको छ। यस्तै अन्य भिडियोमा बाँधको अवशेषका माध्यमबाट पानीको बहाव देखिएको छ।

उक्त बाँध ३० मिटर अग्लो र ३.२ किलोमिटर लामो छ। सन् १९६५ मा कखोभका जलविद्युत् आयोजनाको हिस्साका रुपमा निप्रो नदीमा निर्माण गरिएको थियो। यो बाँधमा १८ किलोमिटरभन्दा बढी जलाशय छ। २०१४ मा रुसले कब्जा गरेको क्राइमेन प्रायद्वीप र जापोरिझ्झिया परमाणु संयन्त्रलाई यो बाँधले पानी आपूर्ति गर्छ, …

दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved