Home » विपद् » Page 9
Category:

विपद्

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले चेतावनी दिएको छ ।

डब्लूएफपीले इजराइल र हमासबीच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।

पछिल्लो समय मङ्गलवार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, ‘हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।’

डब्लूएफपीले अनुमान गर्दै भनेको छ, ‘यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्याउन …

0 comment
0 FacebookTwitterEmail

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ।  ‍गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो।

त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि रु ५०/५० करोड निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो।  उहाँका अनुसार बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास …

अस्थायी आवासका लागि एक अर्ब ४१ करोड निकासा
0 comment
0 FacebookTwitterEmail

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । …

0 comment
0 FacebookTwitterEmail

“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको काखबाट भन्नुभएको छ।

सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो। उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्स (ट्विट्‌र ) मार्फत भिडियो सन्देश दिँदै  महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

उहाँले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ ।

भिडियो सन्देशमा गुटेरेसले भन्नुभएको …

0 comment
0 FacebookTwitterEmail

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा अचानक गरेको ठूलो आक्रमणमा नेपालीसमेत प्रभावित भएका छन्। मिडिया रिपोर्टका अनुसार हमासको आक्रमणबाट केहि नेपालीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

हमासले विभिन्न शहरमा अप्रत्याशितरूपमा रकेट र मिसायल प्रहार गर्दा १४ नेपालीहरू कार्यरत रहेको एउटा कम्पनीमा समेत क्षति पुगेको जनाइएको छ। उक्त आक्रमणमा कार्यारत नेपालीहरू प्रभावित भएको जसमध्ये ११ जना घाइते र २ जनाको अवस्था गम्भिर रहेको नेपालको परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी विज्ञप्तिमा जनाएको छ।

परराष्ट्र मन्त्रालयको शनिबार साँझ जारी विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको थियो। आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था …

0 comment
0 FacebookTwitterEmail

आपत्कालीन उद्धारकहरूले मङ्गलवार लिबियाको पूर्वी सहर डेरनामा भत्किएका घरहरूमा चेपिएका १,५०० भन्दा बढी शवहरू फेला पारे। यो बाढीको पानीले बाँधहरू भत्काएर शहरको अधिकांश भाग बगाएपछि मर्नेको सङ्ख्या ५ हजार  नाघ्न सक्ने डर उनीहरूलाई छ। डेरनाको एम्बुलेन्स सञ्चालक विभागका अधिकारीहरूले २३०० को त लास नै भेटिसकेका छन् र करिब ७०० को सामूहिक अत्यष्ठि गरिसकेको जनाएका छन्।

भूमध्य सागरमा आएको आँधी ड्यानियल र त्यसपछि परेको मुसलधारे वर्षापछि आएको बाढीले दुई वटा बाँध र चार वटा पुल भत्किएपछि यो विनाश निम्त्याएको हो।

एक दशकभन्दा बढी समयसम्म अराजकताले टुक्रिएको लिबियामा क्षति अझै बढ्ने जोखिम छ। यो देशमा एक अर्काका विरोधी सरकारहरूले शासन गरिरहेका छन्। …

0 comment
0 FacebookTwitterEmail

बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनावर, हावाहुरीजस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बौं रुपैयाँको क्षति भएको छ।

आर्थिक वर्ष (आव) २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा विपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो। विपद्जन्य घटनाका कारण अघिल्लो आव २०७८/ ०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए। तर, आव २०७९/०८० मा यो संख्या बढेर ५७ पुगेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष यो अवधिमा ५ जनाले ज्यान गुमाएका थिए।

यता चट्याङका …

0 comment
0 FacebookTwitterEmail

पर्वतको कुसमा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुस्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ। दुर्घटनामा …

पर्वतमा भएको जीप दुर्घटनामा परी एक बालिकाको मृत्यु, ११ जना घाइते
0 comment
0 FacebookTwitterEmail

बर्खा लागेसँगै देशभर सर्पदंशका बिरामी बढ्न थालेका छन्। सोमबार मात्रै बुटवलमा दुई नाबालिगसहित चार जनाले सर्पको टोकाइबाटै ज्यान गुमाए। सर्पको टोकाइबाट नेपालबाहेक विश्वमा पनि हजारौँले ज्यान गुमाउने गर्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रत्येक वर्ष विश्वभरमा २० लाख मानिस सर्पदंशको सिकार बन्छन्। तीमध्ये केहीले समयमै उपचार पाएर बाँच्छन्। समयमा उपचार नपाएर ८१ हजार देखि करिब डेढ लाख मानिसले मृत्युवरण गर्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक २० हजार जना मानिस सर्पदंशका कारण अस्पताल भर्ना हुन्छन्। तीमध्ये समयमै उपचार नपाउँदा एक हजार जनाको मृत्यु हुने गरेको पाइन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाका अनुसार …

सर्पदंश : विश्वमा वार्षिक डेढ लाख मानिसले गुमाउँछन् ज्यान, बर्खा लागेसँगै नेपालमा बढे बिरामी
0 comment
0 FacebookTwitterEmail
तस्बिरः गेट्टी इमेज

भीषण वर्षा र भारतले छोडेको पानीका कारण पाकिस्तानमा ८६ जनाको मृत्यु भएको छ। यस्तै १५१ जना घाइते भएका छन्। वर्षाकै कारण पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्।

पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले सम्बन्धित मन्त्रालय तथा निकायलाई सर्वसाधारणको सुरक्षाका लागि निर्देशन दिनुभएको छ। पाकिस्तानी सञ्चारमाध्यम ‘डन’का अनुसार भारततर्फबाट आइरहेको पानीको बहावले पाकिस्तानको सतुलज नदीको सतह १६ फिट बढेको छ।

डिजास्टर म्यानेजमेन्ट अथोरिटी (एनडिएमए) ले पाकिस्तानमा बाढी आउने सम्भावना ७५ प्रतिशत रहेको जनाएको छ। मौसम पूर्वानुमानका लागि १७ स्याटेलाइट र ३६ वार्निङ सिस्टममाथि विशेष निगरानी राखिएको बताइएको छ।

एनडिएमएका अध्यक्षका अनुसार गत वर्षझैं यो वर्ष पनि बाढी आयो भने देशको अर्थतन्त्र …

भारतको पानीले पाकिस्तान जलमग्न, ८६ जनाको मृत्यु, अर्थतन्त्रमा धक्का पुग्ने
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved