गए राती भालुवाङमा बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुलेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जाेगेन्द्र रामकाे …
