बिनाअनुमति सञ्चालनमा रहेको‘ वीरगन्ज स्कुल अफ लमा सिलबन्दी गरिएको छ। अनुमति नै नलिई सञ्चालन गरेको फेला परेपछि वीरगन्ज महानगरपालिकाले सिलबन्दी गरेको हो।
अनुमतिबिना सञ्चालनमा रहेका कलेजलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशनबमोजिम नियमन समितिले सिलबन्दी गरेको हो।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि महानगरपालिकाले सिलबन्दी गरेको छ। महानगरबाट अनुगमनमा खटिएको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि सिलबन्दी गरेको हो।
यस्तै, महानगरपालिकाले वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि–स्कुल पनि सिलबन्दी गरेको छ। महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाइएपछि प्रि स्कुलमा सिलबन्दी गरेको हो।
सिलबन्दी गर्न …
