बिनाअनुमति सञ्चालनमा रहेको‘ वीरगन्ज स्कुल अफ लमा सिलबन्दी गरिएको छ। अनुमति नै नलिई सञ्चालन गरेको फेला परेपछि वीरगन्ज महानगरपालिकाले सिलबन्दी गरेको हो।
अनुमतिबिना सञ्चालनमा रहेका कलेजलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशनबमोजिम नियमन समितिले सिलबन्दी गरेको हो।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि महानगरपालिकाले सिलबन्दी गरेको छ। महानगरबाट अनुगमनमा खटिएको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि सिलबन्दी गरेको हो।
यस्तै, महानगरपालिकाले वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि–स्कुल पनि सिलबन्दी गरेको छ। महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाइएपछि प्रि स्कुलमा सिलबन्दी गरेको हो।
सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं। ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हीरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईं, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत पुग्नुभएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
