नेपाली चित्रकला, कला लेखन र कला प्राध्यापनमा एक सुपरिचित सुनाम मदन चित्रकार। लामो समय सरकारी सेवामा रही सेवा निवृत्तपश्चात कलामै उहाँ समर्पित हुनुहुन्छ। अहिले नेपाली संस्कृतिका विविध दर्शन, मिथक, पात्र तथा पौराणिक मान्यताहरूलाई परम्परा र आधुनिकतासँग संयोजन गरी आफ्नै किसिमको मौलिक कलारचनामा उहाँ संलग्न हुनुहुन्छ। उहाँको यो सिर्जना र साधना नेपाली कलाका लागि एक अलग सिर्जनात्मक उपलब्धि र उपस्थिति पनि हो।
काठमाडौंको तँलाछी टोलमा २००३ सालमा कलाकार एवम् कलालेखक मदन चित्रकारको जन्म भएको हो। उहाँ नेपाली कलाक्षेत्रका मूर्धन्य कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्र हुनुहुन्छ। उहाँ निकै लामो समयदेखि अनवरत सिर्जना र लेखनक्षेत्रमा क्रियाशील रहँदै आइरहनुभएको छ। उहाँका …
