Home » समीक्षा
Category:

समीक्षा

व्यापारिक रूपमा उत्पादन सुरु भएपछिको निजी क्षेत्रको पहिलो आयोजना लमजुङको ०.१८३ मेगावाटको स्याङ्गे खोलाले २०५८ माघ ३ गते प्राधिकरणसँग पहिलो विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो। विद्युत् ऐन, २०४९ र नियमावली, २०५० ले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्न बाटो खोले पनि विद्युत् खरिद सुनिश्चितता नभएकोले निजी क्षेत्र लगानीका लागि सहभागी भएन। तर, निजी जलविद्युत् प्रवद्र्धकका लागि बिर्सनै नहुने दिन हो, २०५५ सालको असार १४ गते अर्थात् २८ जुन १९९८। यो दिन नेपालकै इतिहासमा पहिलो पटक पीपीए दर तोकिएको थियो। यसको श्रेय तत्कालीन उपप्रधान एवं जलस्रोतमन्त्री शैलजा आचार्यलाई जान्छ।

पीपीएको दर टुंगो नलाग्दा बैंकहरूबाट ऋण लगायतका समस्या आउने भएपछि निजी …

0 comment
0 FacebookTwitterEmail

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले आफ्नो नवौँ बजेट भाषणमार्फत आर्थिक वर्ष २०२६-२७ का लागि सङ्घीय बजेट भारतीय संसदमा प्रस्तुत गरेकी छन्। यो बजेटले आर्थिक वृद्धि, रोजगारी सृजना र उत्पादन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ।

कुल बजेट आकार ५३.५ लाख करोड भारतीय रुपैयाँ रहेको छ, जसमा पुँजीगत खर्चलाई उल्लेखनीय रूपमा बढाइएको छ। यो बजेटले महामारीपछिको आर्थिक पुनरुत्थानलाई निरन्तरता दिँदै ‘विकसित भारत’ को लक्ष्यलाई मजबुत बनाउने दाबी गरिएको छ।

बजेटमा पुँजीगत खर्च (क्यापेक्स) लाई १२.२२ लाख करोड रुपैयाँ निर्धारण गरिएको छ, जुन चालु आर्थिक वर्षको संशोधित अनुमान १०.९६ लाख करोडबाट ११.५ प्रतिशतले बढी हो। यो खर्च मुख्य रूपमा पूर्वाधार विकासमा केन्द्रित छ, …

0 comment
0 FacebookTwitterEmail

सन् २०२६ को फिफा विश्वकप फुटबलको इतिहासमै सबैभन्दा ठुलो, भव्य र खर्चिलो हुने अपेक्षा गरिएको छ। ४८ राष्ट्रको सहभागिता, तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) का १६ अत्याधुनिक सहरहरू र १०४ खेलहरूको विशाल तालिकाले विश्वभरका अर्बौँ प्रशंसकहरूलाई उत्साहित बनाएको छ।

तर प्रतियोगिताको मिति नजिकिँदै गर्दा मैदान बाहिरका खेलहरूले मैदान भित्रको प्रतिस्पर्धालाई छायामा पार्न थालेका छन्। राजनीतिक दाउपेच, भू-राजनीतिक तनाव, ‘ट्राभल ब्यान’ र आकासिएको लागतले यो महाकुम्भलाई अनिश्चितताको भुमरीमा धकेलेको छ।

राजनीतिक हस्तक्षेप र रङ्गशालाको असुरक्षा

अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको पुनरागमनले विश्वकपको तयारीमा एउटा अप्रत्याशित ‘ट्विस्ट’ ल्याएको छ। राष्ट्रपति ट्रम्पले विश्वकप आयोजनालाई आफ्नो आन्तरिक राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्न खोजेको

0 comment
0 FacebookTwitterEmail

भारत र युरोपेली सङ्घ (ईयू) ले एक विशाल व्यापार सम्झौता सम्पन्न गरेका छन्, जसलाई ‘सबैभन्दा ठुलो व्यापार सम्झौता’ का रूपमा वर्णन गरिएको छ। यस सम्झौताले दुई अर्ब जनसङ्ख्याको स्वतन्त्र व्यापार क्षेत्र सिर्जना गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोन डेर लेयेनको नयाँ दिल्ली भ्रमणका क्रममा यो घोषणा गरेका हुन्। भोन डेर लेयेनले यसलाई ‘इतिहास रच्ने’ सम्झौता भनेकी छन् भने मोदीले यसलाई दुई दशक लामो वार्तापछि प्राप्त भएको ऐतिहासिक उपलब्धि बताएका छन्। यो सम्झौताले भारतका १.४ अर्ब जनता र ईयूका करोडौं जनतालाई नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले विश्वव्यापी जिडिपीको करिब …

0 comment
0 FacebookTwitterEmail

दृष्टान्त १ः नेपालभित्रका दुई सय ४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन्। प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग छैन।

दृष्टान्त २ः नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने २१ वटा विदेशी कम्पनीमात्र दर्ता भएका छन्। तीस लाखभन्दा कमको वार्षिक कारोबार गर्ने कम्पनीको विद्युतीय सेवा कर छुट भए पनि कुन कम्पनीको कारोबार ३० लाखभन्दा बढी छ र कुनको कम छ भन्ने जाँचबुझ हुनसकेको छैन। उनीहरू पूर्ण रूपमा करको दायरा भन्दा बाहिर छन्।

दृष्टान्त ३: नेपालमा क्रिप्टोलगायत भर्चुअल सम्पत्ति (भर्चुअल एसेट)को कारोबार अवैध हो। तर पछिल्लो …

0 comment
0 FacebookTwitterEmail

इरानको राजतन्त्रको इतिहास विश्वकै सबैभन्दा प्राचीन र प्रभावशाली राजनीतिक संरचनाहरूमध्ये एक मानिन्छ। यसको जरो ढाई हजार वर्षभन्दा पुरानो ‘पर्सियन एम्पायर’ अर्थात् फारसी साम्राज्यको गौरवशाली विरासतसँग जोडिएको छ।

‘साइरस द ग्रेट’ बाट सुरु भएको यो राजतन्त्रात्मक परम्पराले इरानलाई कला, संस्कृति र शक्तिको केन्द्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। तर, आधुनिक इतिहासको कालखण्डमा आइपुग्दा ‘पहलभी’ वंशको शासन र सन् १९७९ को ‘इस्लामिक रिभोलुसन’ वा इस्लामिक क्रान्तिले यस संस्थाको स्वरूप र भविष्यलाई सधैँका लागि बदलिदियो। इरानको राजतन्त्र केवल एउटा शासन व्यवस्था मात्र थिएन, यो इरानी राष्ट्रियता र पहिचानको एउटा बलियो खम्बा पनि थियो।

बिसौँ शताब्दीको सुरुवातमा ‘रेजा शाह पहलभी’ ले इरानलाई एउटा आधुनिक …

0 comment
0 FacebookTwitterEmail

प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।

आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ। उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ।

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए। सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग …

0 comment
0 FacebookTwitterEmail

वर्ष २०२५ मा राजनीतिक अस्थिरताका कारण पत्रकार र मिडिया हाउसहरूमाथिका घटनाहरूमा निकै बढोत्तरी देखिएको छ। वार्षिक मिडिया अनुगमन रिपोर्टका अनुसार गत वर्ष ११४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना रेकर्ड भएका थिए, जसमा जेनजी आन्दोलनका मात्र ३५ वटा घटना थिए। कुल ११४ यस्ता घटनाहरूमा १३९ पत्रकारहरू प्रत्यक्ष हिंसामा प्रभावित भएका थिए, जसमध्ये १३ प्रतिशत महिला पत्रकार थिए।

फ्रिडम फोरमद्वारा प्रकाशित ‘अनरेस्ट फ्युल्स होस्टिलिटी टु मिडिया‘ शीर्षकको वार्षिक मिडिया प्रतिवेदन २०२५ ले नेपालको मिडिया क्षेत्रको समग्र अवस्था, प्रेस स्वतन्त्रता उल्लङ्घन, कानुन तथा नीति, दण्डहीनता, पत्रकार सुरक्षा र डिजिटल क्षेत्रका चुनौतीहरूलाई समीक्षा गरेको छ। यो प्रतिवेदन जनवरी १ देखि डिसेम्बर ३१, २०२५ …

0 comment
0 FacebookTwitterEmail
  • विश्व नयाँ वर्षको स्वागत गर्दैछ, तर गाजामा हामी भने यसले के ल्याउँछ भन्ने डरले ग्रस्त छौँ। यो वर्ष हामीले यति धेरै दुष्टता देखिसकेका छौँ कि भविष्यको कल्पना गर्न पनि डर लाग्छ।

अर्को वर्ष बित्यो, तर गाजामा जीवन अझै इजरायलको विनाशकारी युद्ध र विश्वको बढ्दो उदासीनताबिच फसेको छ। यो हाम्रो लागि हानि, विनाश र मृत्युको अनौठो पात्रोमा थपिएको अर्को वर्ष हो।

मार्चमा मैले इजरायलले आफ्नो नरसंहारकारी अभियानलाई अझै अगाडि बढाउन सक्छ भन्ने डर व्यक्त गरेको थिएँ। र उसले त्यसै गर्‍यो। इजरायलले मेरो सबैभन्दा अन्धकारमय कल्पनाभन्दा पनि अगाडि बढ्यो, कल्पनातीत स्तरको दुष्टतामा पुग्यो। त्यही दुष्टताले गाजामा हाम्रो सम्पूर्ण वर्षलाई छायाँमा पार्‍यो।

धेरै …

0 comment
0 FacebookTwitterEmail

गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो। तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ।

सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन्। यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ।

एक ३४ वर्षीया महिलाको दुई पटक गर्भपतन भइसकेको थियो। यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा थिइन्। ‘अहिले त जसरी पनि बच्चा हुनै पर्छ’ भन्ने सोचले उनलाई निरन्तर सताइरहेको थियो। उमेर ढल्किँदै …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved