विश्व फुटबलको सबैभन्दा ठुलो महाकुम्भ फिफा विश्वकप २०२६ को समूह चरण अब आफ्नो अन्तिम तथा निकै रोमाञ्चक मोडमा पुगेको छ। आज समूह ‘जे’, ‘के’ र ‘एल’ का अन्तिम चरणका ६ वटा खेलहरू हुँदै छन्। फिफाको नियमअनुसार खेलमा हुन सक्ने सम्भावित मिलेमतो वा रणनीतिक दाउपेचलाई रोक्नका लागि एउटै समूहका खेलहरू एकै समयमा सञ्चालन गरिँदै छन्।
यो अन्तिम चरणको खेल हुनाले कतिपय टोलीहरूका लागि नकआउट (राउन्ड अफ ३२) मा पुग्न जित्नै पर्ने दबाब छ भने केही टोलीहरू यसअघि नै बाहिरिइसकेका छन्। नेपाली समयअनुसार भोलि बिहान (जुन २८) यी ६ खेलहरू हुँदै छ।
समूह ‘एल’ को समीकरण: इंग्ल्याण्ड र क्रोएसियाको परीक्षा






