Home » साहित्य/कला/संस्कृति » Page 28
Category:

साहित्य/कला/संस्कृति

प्राचीन शाक्यहरूको राज्यको राजधानीको रुपमा रहको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेगरी थालिएको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा र लुम्बिनी विकास कोषको संयुक्त पहलमा गत वर्षदेखि थालनी भएको तयारी २५६६ औ बुद्धजयन्ती मनाइरहँदा उल्लेखनीय प्रगतिमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनु भएको छ। भट्टराई भन्नुहुन्छ, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेगरी वर्षौँदेखिको तयारीले अब करिब मूर्त रूप लिदैं छ। त्यसैको लागि हामी विज्ञहरूसँग चरणबद्ध छलफलमा जुटेका छौं।’

दस्ताबेज तयारी

यसैबीच तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने गरी विज्ञहरूबीच छलफल तथा अन्तरक्रिया भइरहेको छ। उक्त छलफलमा युनेस्कोका प्रतिनिधिहरू पनि सहभागी भएका छन्।…

विश्व सम्पदा सूचीमा सूचिकृत हुने अन्तिम तयारीमा शाक्यमुनि गणराज्य तिलौराकोट 
0 comment
0 FacebookTwitterEmail

चित्रकलामा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपको भूमिका अत्यन्त ठूलो हुन्छ। सामान्यत: कलाको परिभाषाभित्र रहेर हेर्दा यसमा यिनको भूमिका गौंण देखिन्छ तर कलामा यसको शिल्पदक्षता र मौलिक सौन्दर्यको उपस्थिति अनिवार्य हुनका लागि कुनै पनि विधाका कलाकारमा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप गर्न सक्ने हैसियत वा क्षमता हुनु अति आवश्यक हुन्छ। त्यसमध्ये पनि स्टिललाइफको अध्ययन त झन् बढी आवश्यक हुन्छ।

झट्ट हेर्दा आधुनिक कलारचनामा यिनको केही भूमिका देखिँदैन। यद्यपि कुनै पनि कलाको जग भन्नु नै स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपमा सबल दक्षता हुनु हो। त्यही दक्षताबाट नै कलामा आफ्नो अलग्गै कलाशैली देखाउन सकिन्छ। अन्यथा कलाले सही अर्थ वा कलाको वास्तविक परिभाषा दिन सक्दैन। जसरी एउटा …

स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप: चित्रकलाको एक आधारस्तम्भ
0 comment
0 FacebookTwitterEmail

अहिलेसम्म कोदालो नछोएका, बारीको माटोको डल्लाले नचिनेका, घाम नखाइ माम पचाएकाहरूले यति धेरै चिल्लो किन घसेका होलान् भनेर ठुल्दिदीलाई खुलदुली  नलागेको होइन तर कता कता परिचित लाग्ने त्यो बोली सम्झिन थालिन । कतै देखे झैं लाग्ने, कतै बोली सुने झैं लाग्ने ती टोलिनेताको बोली कहीं आफ्नै आफन्तको त होइन ? भनेर उनी बारीमा बढ्दै गरेका, खडेरी खेपेका चारपाते सुइरोले टन्टालापुर घामसँग जुधेर बाँच्ने अभिलाषाका साथ परेड खेल्दै गरेका मकैका बिरुवालाई एकछिन मुसार्न छाडेर कमेडी लाग्ने ती अनुहारहरूलाई एकिन गर्न पुग्छिन् । अँ साँची चिने चिने ! २०७४ सालमा पनि भोट माग्न आउनु भएको थियो हैन

कथा: चुनावी चौका !
0 comment
0 FacebookTwitterEmail

वैशाख पूर्णिमाको दिन बिहानै एक पाटनवासीले आफ्नो फेसबुक स्टाटसमा लेखे– ‘आज बुद्ध जयन्तीको दिन मर्निङ वाकको क्रममै लगनखेलको बटुकभैरव पुगें, त्यहाँ एक ब्राह्मण परिवारको कुलपूजाको तयारीमा एउटा बोका बली दिन ठिक्क पारिरहेको देख्दा मनै खिन्न भयो । आज एकदिन त हिंसारहित कुलपूजा मनाउन मिल्थ्यो होला नि ।’
उक्त स्टाटस पढेपछि मेरो मानसपटलमा अनेक तर्कना आए । यही दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री सँगसँगै हिडेका प्रधानमन्त्री शेरबहादुर देउवाको हाउभाउलाई लिएर बौद्ध धर्मावलम्बीहरूबाट मात्रै नभएर अन्यले पनि अनेक टिप्पणी गरेको पाइयो । प्रायः टिप्पणीमा संस्कारको अभाव भनेर आलोचना गरेको पाइयो । बौद्ध सभामा बौद्ध आचरणको अपेक्षा गरिनु स्वाभाविक …

बलीको बोको र लुम्बिनीको बौद्ध सभा
0 comment
0 FacebookTwitterEmail

आज २५६६ बुद्ध जयन्ती। बौद्ध धर्माबलम्बीहरूको लागि आजको दिन विशेष हो। नेपालको २०६८ को जनगणना अनुसार नेपालमा जम्मा ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी छन्। तर यसलाई बौद्ध धर्मावलम्बीहरूले ‘मित्थ्यांक’ भन्दै बुद्ध धर्म मान्नेहरू अझै धेरै सङ्ख्यामा रहेको दाबी गर्छन्। बुद्ध धर्मावलम्बीका साथै पोखराको पर्यटनका लागि एक विशेष महत्व बोकेको ठाउँ हो पोखरा महानगरपालिका वडा नं २२ अनदु डाँडामा रहेको विश्व शान्ति स्तूप। दैनिकी १ हजार देखि १५ सय सम्म पर्यटकहरू अवलोकनका लागि विश्व शान्ति स्तूप पुग्छन्। आजको विश्व शान्ति स्तूप बनाउनका लागि १८ वर्षसम्म यहाँका बौद्ध धर्मावलम्बीहरूले संघर्ष गर्नुपर्‍यो र अझै पनि विश्व शान्ति स्तूपलाई संरक्षण गरिरहन संघर्ष गरिरहेका छन्। …

एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा
0 comment
0 FacebookTwitterEmail

यी घोडचढी सालिकहरू नेपाली सम्पदा र इतिहासको खास कालखण्डका बिम्ब हुन्। यस्ता सम्पदाले युरोपेली मूर्तिकलाको अध्ययन र अध्यापनको बारेमा जानकारी दिने मात्र होइन, भावी पुस्तालाई इतिहास बुझाउन समेत मदत गर्छ तर तिनको उचित संरक्षण भने हुन सकेको छैन।

राणाकालमा विश्वभर कहलिएको एशियाकै विशाल परेड मैदान काठमाडौको टुँडिखेल। अहिले यो टुँडिखेल उहिलेको जस्तो रहेन। शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार टुँडिखेल २०१७ सालसम्म निकै विशाल थियो। अहिलेको जस्तो टुक्राटुक्रामा बाँडिएको थिएन।

रानीपोखरीको दक्षिणी रत्नपार्कदेखि हाल नेपाली सेनाको मुख्यालय रहेको स्थानसम्म यो मैदान फैलिएको थियो। अहिलेको दशरथ रङ्गशालालाई सानो टुँडिखेल मानिन्थ्यो। विशाल टुँडिखेलको बीचमा ऐतिहासिक खरीको बोट थियो। यो त्यही रुख थियो– जहाँबाट …

हेलचेक्रयाइँको सिकार घोडचढी सालिक
0 comment
0 FacebookTwitterEmail

आँखाबाट बलिन्द्र धारा आँसु खसाल्दै प्रयास दन्किरहेको चिताको ज्वालालाई एकटकले हेरिरहेछ। उसकी आमाको कोमल शरीरलाई भष्म तुल्याउँदै छ– आगोले। जताततै धुवाँ उडिरहेछ। उ जेठो छोरो बाह्र वर्षको मात्र भएको छ। जेठो छोरोले दागबत्ती दिनुपर्ने हाम्रो धार्मिक परम्परा रे। हिजोसम्म लाडिँदै थियो आफ्नी आमासँग। आज अचानक तिनैको मुखमा आगो हाल्नु पर्दा उसको मन कस्तो भएको होला। आँखाबाट आँसु झरिरहे पनि उ चुपचाप छ। हिक्का छुटेर पनि थामिइ रहेको छ। पोहोर मात्रै यसैगरी आफ्नो बुबालाई दागबत्ती दिएको थियो– उसले। त्यसबेला उ भक्कानिदै घर गएको थियो। आमाले आफ्नो पीर बिर्सेर उसलाई सम्झाएकी थिइन्। आमाको स्नेहले उसले सजिलै सान्त्वना पाएको थियो तर आज उसको …

कथाः प्रयास
0 comment
0 FacebookTwitterEmail

नेपाली शिल्पकला विधामा उहाँ एक तपस्वी कलाकार हुनुहुन्छ । शिल्पकला भनेको मिहिन काम त्यसमा पनि अनेकौं बुट्टा–बनौटले आफैंमा कलात्मक र सिर्जनात्मक हुन्छ । यस्ता कला र हस्तकला विधामा उहाँ समर्पित तथा सुपरिचित कलासाधक हुनुहुन्छ ।

उमेर गन्तीले चिनीकाजी ताम्राकार आज वैशाख ३१ गतेदेखि ८९ वर्षको हुनुभयो । केही वर्षअघिसम्म पनि उहाँ आफ्नै परम्परागत शिल्पकलामा सीप कप्न मरिहत्ते गरिरहनुहुन्थ्यो । अब चाहिँ उमेरले पनि उहाँलाई ती काम गर्न दिँदैन । उहाँ पहिलेजस्तो काम गर्न सक्नुहुन्न तर उहाँले नब्बे निकट उकालो उमेरमा प्रवेश हुँदा पनि सिर्जनात्मक कर्मलाई माया गरिरहनुभयो । वृद्ध ज्यान–प्राण त्यसमै दिइरहनुभयो । काठमाडौंको मरुस्थित पिगँनःनिमा जन्मनुभएका उहाँ छत्रबहादुर र …

नेपाली शिल्पकलाका एक तपस्वी कलाकार चिनीकाजी ताम्राकार
0 comment
0 FacebookTwitterEmail

नेपाली काव्य जगतमा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आउ’ भनेर गरिने आह्वान हो । याे प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकहरूमा समेत पाइन्छ । यो कुराले मात्र पनि यी सर्जकहरूको बुद्धप्रतिको बुझाइको स्तर थाहा हुन्छ ।

========

एउटा टेलिभिजनले सञ्चालन गर्ने नेपाली साहित्य सिर्जनासम्बन्धी कार्यक्रममा मलाई बौद्ध धर्मदर्शनका बारेमा सोध्न स्टुडियोमा निम्त्याएको थियो। अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने तर चिप्लिने गरेको कुरा औंल्याएको थिएँ। यसो भन्नुको तात्पर्य साहित्यकारहरूले बौद्ध अध्ययनमा पनि केही ध्यान दिएको भए हुन्थ्यो भन्ने नै हो। विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि बौद्ध धर्मदर्शनको …

बुद्धलाई गलत बुझ्दा
0 comment
0 FacebookTwitterEmail

लेखक तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छन् । ३ बीस हिउँद–बर्खा काटिसकेका श्रेष्ठ अझै पनि ऊर्जाशील र अनुकरणीय पात्रको रूपमा परिचित छन् । खास गरी साहित्य र रचनात्मक लेखन यात्रामा दखल राख्ने तीर्थ श्रेष्ठ पोखरा मात्र हैन स्वदेश तथा विदेशमा समेत उत्तिकै परिचित पात्र हुन् ।
जीवन र जगतका कुरालाई सहज, सरस र सरल प्रस्तुति गर्नु नै साहित्य हो भन्ने तीर्थ श्रेष्ठ कविता र मुक्तक लेखनमा दिग्गज मानिन्छन् । तरलवादी आन्दोलनका एक हस्ती श्रेष्ठ शैक्षिक हित र सामाजिक विकासको उन्नयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेका उनी पञ्चायतकालको अन्त्यका ३ वर्ष उप–प्रधानपञ्च भई पोखरामा

भाषा, संस्कृतिको अध्ययन र अनुसन्धानमा सरकार उदासीन रहेको छ– तीर्थ श्रेष्ठ, अध्यक्ष, नेपाल लेखक संघ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved