Home » साहित्य/कला/संस्कृति » Page 27
Category:

साहित्य/कला/संस्कृति

धेरै वर्ष अगाडिदेखि बाँचेको एउटा सतिसालले अरु रुखहरूलाई खिज्याएर भन्ने गर्थ्यो ‘ए अस्ति भर्खर जन्मेका पिलन्धरेहरू ! तिमीहरूलाई त मान्छेहरूले ढालेर लान्छन्, ए ! हाँडीबाट उछिट्टिएका ठेट्नाहरू ! तिमीहरूको न रूप छ न मुख छ, तिमीहरू धेरै दिन बाँच्दैनौ पनि। मलाई हेर ए झिक्राहरू! म कति पाको छु सय वर्षसम्मको हावा हुरी आँधी, चट्याङ, भुइँचालो सबै सहेर खली खाएको छु खली! म जत्तिको कोही छैन। तिमीहरू त सिट्ठो हौ सिट्ठो । तिमीहरूलाई झुक्किएर मान्छेले ढालेर लग्यो भने पनि तिमीहरूबाट बन्ने भनेको त्यै झ्याल ढोकाका चौकस, दलान र मुसलका छेस्का, खाटका खुट्टा त हौ। छ्या अभागीहरूको जन्म हत्तेरिका! …’सधैं झै बुढो …

कथाः कुर्सीको घुर्की, नेताको फुर्ती !
0 comment
0 FacebookTwitterEmail

राजा वीरेन्द्रका कलागुरु हुनुहुन्छ– कलाकार विजय थापा। वीरेन्द्र शाहका नाममा राजा वीरेन्द्रले केही चित्ररचना गरेको सार्वजनिक भएकै हो। यसरी राजा वीरेन्द्र युवराज हुँदै उहाँले कला सिकाउने अवसर पाउनुभएको थियो। उहाँ भन्नुहुन्छ– ‘वि.सं. २०१९÷०२० सालमा श्री ५ युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहलाई नारायणहिटी राजदरबारको बङ्गला नं. १ मा केही महिना चित्रकला सिकाउने जस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा मैले त्यो भूमिका अत्यन्त सहजताका साथ पूरा गरेको थिएँ।’

कलाकार विजय थापाको जन्म वि.सं. २००० सालमा नवलपरासीको रामनगरमा भएको हो। उहाँका बुबाआमा बलबहादुर थापा क्षेत्री र सन्तकुमारी थापा हुनुहुन्छ। उहाँको पुर्खौली थलो लम्जुङ हो।

उहाँ भन्नुहुन्छ— ‘त्यो बेला तराईमा पहाडेहरू कमै ओर्लिन्थे। थारुहरूको घना बस्तीमा हाम्रो घर …

राजा वीरेन्द्रका कलागुरु कलाकार विजय थापा
0 comment
0 FacebookTwitterEmail

नेपालका कतिपय मन्दिर, विहारलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको सम्पूर्ण क्षेत्रमा वा ठाउँविशेषको फोटोग्राफी नगर्न सूचना टाँसिएको पाइन्छ। यसको अर्थ हो, फोटो खिच्नु हुँदैन। किन हुँदैन भनेर सोध्दा जवाफमा अनेक प्रकारका रहस्यमय कारण बताइन्छन्। ती जवाफ बुझिने खालका पनि हुँदैनन् किनभने बताउनेले नै पनि वास्तविकता थाहा पाएको हुँदैन।

सम्बन्धित संस्था वा समूहले पनि बुझेर फोटो खिच्न निषेध गरेको जस्तो लाग्दैन। त्यही तस्बिर पुस्तक, पत्रपत्रिकालगायतका माध्यममा प्रकाशित भइरहेका हुन्छन्। अरु त अरु मन्दिर परिसरमै पनि ती तस्बिरहरू बिक्रीमा राखिएका हुन्छन्। यो अत्यन्तै विरोधाभासपूर्ण कुरा हो।
फोटोग्राफी गर्नु हुँदैन भनिएका धेरै सम्पदा क्षेत्रमा केही रूपैयाँ दिएपछि निर्वाध रूपमा तस्बिर खिच्न पाइन्छ। सम्पदा …

सम्पदाक्षेत्रको फोटो खिच्न मनाही छ तर किन ?
0 comment
0 FacebookTwitterEmail

अरूले गरेको सिर्जनात्मक कर्ममाथिको उत्खनन कार्य समीक्षा हो। त्यस उत्खननमा सबल र दुर्बल पक्षका साथै त्यसमा निहित मौलिक सिर्जनात्मक पक्षको स्वविवेकले गरिने निष्पक्ष मूल्याङ्कन पनि हो। यसबाट एकातिर कलाकारको कामको सही विश्लेषण हुन्छ भने अर्कोतिर समीक्षक स्वयम्को पनि मूल्याङ्कन हुन्छ। सही समीक्षा लेखनले नै कुनै पनि कला र त्यसका सर्जक कलाकारको चर्चा–परिचर्चाले उचाइ–यात्रा वरण गर्छ। यही कारण सामान्य सिर्जनाले पनि विश्व प्रसिद्धि कमाउन सक्छ, सकिरहेको छ। जस्तो कि शताब्दिऔँअघि रचना गरिएका साहित्य तथा कलाको चर्चा र तिनको विषयमा अद्यापि विश्वका धेरै बौद्धिक समुदाय अनभिज्ञ छैनन्। किनभने तिनको समीक्षा, समालोचना यथेष्ट मात्रामा भएका छन्।
त्यसर्थ कुनै पनि सिर्जनाका लागि त्यसको सही …

कलासमीक्षा, अनुवाद र अन्वेषण : कला र कलाकारको प्रसिद्धिका लागि
0 comment
0 FacebookTwitterEmail

मुगु जिल्लाको  छायानाथ रारा नगरपालिकामा पर्ने स्वर्गको अप्सरा ‘रारा ताल’ पर्यटकीय प्रवर्द्धन र विकासमा छाया  परेको आभास पहिलो पटक जाने जो कसैलाई हुन्छ। त्यहाँ पुग्दा मैले पनि यस्तै अनुभव गरें। मुलुकको अति दुर्गम जिल्ला भनेर चिनिने मुगु जिल्लाको सदरमुकाम गमगढी बजारबाट पैदल ३ घन्टा हिंडेर पुग्न सकिने यस ऐतिहासिक  तथा पर्यटकीय स्थानमा पुग्न सुरुमा जो कोही पनि आतुर हुन्छन् । जब त्यहाँ पुग्छन् तब अर्को पटक दोहोर्‍याएर पुग्ने साहस गर्दैनन्। किनभने त्यहाँ पुग्ने यातायात सर्वसुलभ छैन, बास बस्ने होटेलहरू प्रशस्त छैनन्। एक व्यक्तिले मनोमानी ढङ्गबाट सञ्चालन गरेको एक मात्रै होटेलमा पनि खाने र बस्ने राम्रो व्यवस्था छैन। व्यवस्थापन नगरिएको होटल …

यात्रा संस्मरण: घुनले सुन के चिन्थ्यो, त्यस्तै रहेछ- कर्णालीमा रारा
0 comment
0 FacebookTwitterEmail

नेपालको परिचय दिँदा सामान्यत: विविधताले भरिपूर्ण र अनेकतामा एकता भएको एक सुन्दर देश भनिन्छ। यसरी परिचय दिनुका पछाडिको सोच भनेको नेपालको पहिचान यही रूपमा प्रस्तुत गर्नुपर्छ वा विश्वसामु यसरी नै अगाडि बढाइनुपर्छ भन्ने हुनुपर्छ। अलिकति पनि तलमाथि पारिनु हुँदैन भन्ने आग्रह पनि यस वाक्यमा पाइन्छ। घटना र प्रवृत्तिहरू नियाल्दा भने कथनी र करनीमा विरोधाभास पाइन्छ। यी अवस्थालाई विसङ्गति मानेर तिनको निराकरण गर्दै जानु आवश्यक छ।
वैशाख पूर्णिमाका दिन नेपालमा ‘बुद्ध जयन्ती’ भनेर राष्ट्रिय पर्वको रूपमा मनाउने चलन आजभोलि संस्कृतिकै रूपमा विकास हुँदै गएको छ। २०६८ सालको जनगणनाअनुसार ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी भएको नेपालमा बुद्ध जयन्तीको संस्कृति यति व्यापक रूपमा …

‘बुद्धमूर्ति तोडफोडको कुनै औचित्य छैन’
0 comment
0 FacebookTwitterEmail

“हम रहेँ या ना रहेँ कल्, कल याद आएँगे ए पल्

पल् ए हे प्यार के पल्, चल् आ मेरे सँग चल्,

चल्… सोचे क्या छोटी सी है जिन्दगी,

कल् मिल् जाए तो होगी खुशनशीबी,

हम्….. रहेँ या ना रहेँ, याद आएँगे ए पल्……..”

जति सुन्दर छन् यो गीतका पंक्तिहरू, त्यो भन्दा पनि सुन्दर थियो उनको आवाज जसले गाएका थिए यो गीत।एउटा यस्ता गायक जसको आवाज कानबाट एकैचोटि मुटुको गहिराईमा गएर ठोकिन्थ्यो र झक्झक्याएर छोडिदिन्थ्यो यो मन र मष्तिश्कलाई।एउटा यस्तो आवाज जसलाई आवश्यकता थिएन कुनै परिचयको, जसको आवाजले नै उनको परिचय दिइरहेको हुन्थ्यो।यो यस्तो आवाज थियो जसलाई भारतले मात्र होइन …

आफ्नै आवाजमा बाँचिरहनेछन् केके
0 comment
0 FacebookTwitterEmail

काठमाडौंको माइतिघर चोकमा निर्मित बृहत् आकारको मौलिक एवम् परम्परागत नेपाली शैलीमा आधारित ‘मण्डल’ को प्रारूप (प्रोटोटाइप डिजाइन) कलाकार वत्सगोपालले नै बनाउनुभएको हो ।

नेपाली कलाजगत्मा आध्यात्मिक एवम् नेपाली सांस्कृतिक सम्पदालाई आधुनिक शैलीमा अभिव्यक्त गर्दै आउनुभएका सशक्त सर्जक हुनुहुन्छ– कलाकार वत्सगोपाल वैद्य । उहाँको सर्वाधिक प्रिय सिर्जनाको विषय–शृङ्खला ‘भगवान् गणेश’ हो। यसै शृङ्खलामा उहाँले अनेकौं कलासिर्जना गर्नुभएको छ । उहाँको जन्म वि.सं. २००३ सालमा ललितपुरको सौगलमा भएको हो । उहाँका बुबाआमा श्रीकृष्णगोपाल वैद्य र पूर्णमाया वैद्य हुनुहुन्छ।

पाटन हाइस्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँलाई विद्यालय जीवनमा चित्र, साहित्य, नाचगान, सङ्गीत भनेपछि अरू केही चाहिँदैनथ्यो । आफ्नो विगत सम्झिँदै वैद्य भन्नुहुन्छ– “मेरा …

गणेश, सम्पदा र मण्डल शृङ्खलामा वत्सगोपालको अविच्छिन्न अभिव्यक्ति
0 comment
0 FacebookTwitterEmail

अमर, सानो काँटीको केटो। के गरोस्– उसले कुनै उपायले पनि आफ्नो उचाइ बढाउन सकेन। कसैले उसको परिचय दिनुपर्‍यो भने उसको नामबाट होइन, त्यही वित्ते, वित्ताभरको छ नि ? हो त्यही क्या– भन्थे। त्यसलाई चिनिनस् बोेल्नु पर्‍यो भने कस्तो फूर्ति लाउँदै बोल्नुपर्छ– त्यो भकुण्डेलाई। झन् अहिले त उचाइ होइन चौडाइ मात्र बढ्दा बढ्दै कस्तो डल्लो भएको छ। अझै मोटाइ बढ्दै छ अझ कस्तो पो देखिने हो ? कसैले भनेको मान्दैन ! खाना खानु पर्‍यो भने यताउति कतै हेर्दैन। संभवत दिमागमा खाना र आफू मात्र हुन्छ। रूचेको पनि कस्तो गरी नि ? आफ्नो अस्वाउँदिलो शरीरिक आकार जस्तै रवाफ पनि कहाँ कम छ …

कथाः बल र वुद्धि हाम्रो आवश्यकता
0 comment
0 FacebookTwitterEmail

बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा आधारभूत जानकारी प्राप्त गरिनसकेका मानिसले गौतम बुद्धलाई पनि साक्षात् देवता नै ठान्छन्। यस्तै बौद्ध धर्म–दर्शनको चर्चामा देवतालगायतका प्रसङ्गहरूलाई पचाउन नसक्ने अर्को वर्ग पनि छ।
बौद्ध धर्मदर्शनको पृष्ठभूमिमा टेकेर भन्नुपर्दा देवता भन्ने नै हुँदैन भन्ने मान्यता र अन्य धर्म सम्प्रदायमा रहेका देवीदेवताजस्तै बौद्ध धर्ममा पनि हुन्छन्, समाजमा सर्वोच्च स्थान राख्छन् भन्ने बुझाइ मिथ्या दृष्टि हो। विरोधाभासपूर्ण देखिएको यो कथ्यलाई छिचोल्न नसक्दा झन् अलमलमा परिने जोखिम छ।
बौद्ध धर्म–दर्शनमा षट्–योनिको कुरा आउँछ। समस्त जीवित प्राणी यिनै षट्योनिमध्ये कुनै न कुनै एउटा योनिमा बाँचिरहेका हुन्छन्। एउटा योनि हो– मनुष्य। यो योनिमा जन्मेर जे जति राम्रा–नराम्रा कामहरू गरिन्छन्, त्यसको …

बौद्ध धर्म–दर्शनमा देवीदेवताको स्थान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved