देशका हरेक कुनाबाट सुन्दर भविष्य र पैसा कमाउनका लागि हर कोही काठमाडौँ आएका हुन्छन् । यहाँ आएर जीविकोपार्जनका लागि विभिन्न काम गरिरहेका हुन्छन् । अर्थात आफ्नो क्षमता अनुसारको काम गर्दछन् । कोही मासिक तलबमा त कोही ठेला गाडामा केही सामाग्री बनाएर बेच्छन् । कोही आफूले सिकेको कामलाई नै व्यवसायको रूपमा परिवर्तन गर्न सफल हुन्छन् । कोही अर्काको काममा व्यस्त र खुसी हुन्छन् त कोही सक्षम भएर पनि काम नपाउँदा निराश हुन्छन् ।
सडक निर्माण अगाडि सामान ओसारपसार गर्ने एक मात्र पेसा र विकल्पका रूपमा भरिया थियो । त्यति बेला भरिया पेसा भरियाहरूका लागि उत्तम र एक मात्र जीविकोपार्जनको माध्यम थियो …
