“आधा भरिएको गिलासलाई आधा खाली भनेर पनि त परिभाषित गर्न सकिन्छ। तर तपाईंहरुले आधा भरिएको देख्नुहुन्न, आधा खाली मात्रै देख्नुहुन्छ।”
अर्थमन्त्री डा प्रकाशशरण महतले २७ मङ्सिरमा काठमाडौँमा भन्नु भएको यो वाक्यले उहाँ समाजमा व्याप्त नैराश्यता र त्यसबाट परेको प्रभावबाट दिक्क भएको बुझिन्छ। डा महतले कार्यभार सम्हालेयताको करिब नौ महिना अवधिका हरेक औपचारिक/अनौपचारिक कार्यक्रममा उहाँले बोल्न नछुटाउने विषय हो, ‘अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्रमा खस्केको मनोबल उकास्नु छ। त्यसका लागि सकारात्मक भाष्य सिर्जना र स्थापित गरौँ। नकारात्मकता हावी हुँदा त्यसले अर्थतन्त्र थप शिथिल पारिरहेको छ।’
अर्थ मन्त्रालयमा २७ मङ्सिरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको …
