Home » अर्थतन्त्र/विकास » Page 27
Category:

अर्थतन्त्र/विकास

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले उपभोक्ता मागमा सङ्कुचन र उद्यमी व्यवसायीमा चरम निराशा देखिएको बताउनुभयो। अहिले उद्योगी–व्यवसायीले लगानीको नभई पलायनको योजना बनाइरहेको ढकालले जानकारी दिनुभयो। निजी क्षेत्र चरम समस्याको अवस्थामा पुगिसक्दा पनि सरकारले सुनुवाइ नगर्दा समस्या झन बल्झिँदै गएको ढकालले बताउनुभयो।

“हामी कोभिड पछिको तीव्र आर्थिक विस्तारबाट धेरै आत्तियौँ र निजी क्षेत्रलाई सङ्कुचित बनाई माग घटायौँ। असहज आर्थिक अवस्थामा सरकारले खर्च बढाउनुपर्नेमा खर्च कटौतीको नीति लियो। यसले समस्यालाई बढायो”, ढकालले भन्नुभयो, “समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि सुधारको उपाय अवलम्बन गरेनाँै। बजेट र मौद्रिक नीतिका लागि सबै निजी क्षेत्रले संयुक्तरूपमा सुझाव दियौँ। तर सुनुवाइ हुन सकेन।”

सरकारी …

0 comment
0 FacebookTwitterEmail

नेपालमा कूल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४ दशमलव ५२ प्रतिशत छ। आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको रहेको देखिएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान २४ दशमलव ५० र अन्तःशुल्कको योगदान २१ दशमलव ६७ प्रतिशत रहेको छ। त्यस्तै, ब्याजदरको योगदान ६ दशमलव ६७ प्रतिशत, घरबहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश एक दशमलव ४१ प्रतिशत र शिक्षा सेवा शूल्कको अंश शून्य दशमलव ४२ प्रतिशत रहेको छ।

यो तथ्याङ्क स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस शुक्रबारदेखि सप्ताहव्यापी रुपमा मनाइने …

कूल आन्तरिक राजस्वमध्ये ४४.५२% आयकर
0 comment
0 FacebookTwitterEmail
  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ।
  • आयात १.७ प्रतिशतलेबढेको, निर्यात २.३ प्रतिशतले घटेको र कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेकोछ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको छ।
  • शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१,६४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको छ।
  • नेपाल सरकारको खर्च रु. २८० अर्ब ५७ करोड र राजस्व परिचालन रु.२१९ अर्ब १२ करोड रहेको छ।
  • विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेकोछ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ।
  • बैंक तथा वित्तीय
कति बढ्यो त महङ्गी?
0 comment
0 FacebookTwitterEmail
एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि करिब पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ ।

युद्ध सुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक असरले चार लाखभन्दा धेरै प्यालेस्टिनी गरिबीमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम तथा पश्चिम एसियाका लागि आर्थिक तथा सामाजिक आयोगले बिहीबार जारी गरेको गाजा युद्धको आर्थिक नतिजाहरूको द्रुत मूल्याङ्कन विशेषतः प्यालेस्टिनीहरूमा द्वन्द्वको विनाशकारी असर देखाउने पहिलो प्रतिवदेन थियो ।

दोस्रो महिनामा पनि
0 comment
0 FacebookTwitterEmail

काठमाडौँका सडकमा देखिने गाईबाच्छालाई अब महानगरपालिकाले दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पुर्‍याउने भएको छ। यो काम कार्तिक २३ गतेदेखि सुरु हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका चौपाया छाडा हुन्। यिनीहरूको संरक्षण र व्यवस्थापन पालिकाहरूले गर्नुपर्छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यस सम्बन्धी व्यवस्था छ। काठमाडौँमा महानगरपालिकाका तालुकवाला अधिकारीहरूले काञ्जी हाउसमा लगिने गाईबाच्छा राख्ने पूर्वाधारको अवलोकन तथा निरीक्षण गर्नुभएको छ।

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्। तिर्खा लागेका बेला पानी पाउँदैनन्। बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ। उनीहरूलाई यी जोखिमबाट …

0 comment
0 FacebookTwitterEmail

आफ्ना दाइको हात समाएर नौ वर्षको उमेरमा काठमाडौँ सहर छिर्नु भएको हो गजेन्द्र बैठा। हातमुख जोडन गाह्रो भएको परिवारको बच्चालाई के को पढाई। अहिले चपुर भनिने रौतहटको चन्द्रनिगाहपुरमा गजेन्द्रको परिवारमाथि कसैको निगाह थिएन। त्यैले दाइसँग जीवन चलाउने धन्दा सिक्न राजधानी आएर सडक नापेको पनि ११/१२ वर्ष भइसक्यो।

यी सडकमा नगरपालिकाका सिपाही र टोले गुन्डाबाट बच्दै भाग्दै गजेन्द्र बैठा सिकेको कुरा हो, “मौसम अनुसारको धन्दा गर नभए डुब्छस्।”

खुट्टामा तुने चप्पल, धेरैजसो खैरो पाइन्ट, गुलाबी सर्ट र निलो क्याप पहिरनमा देखिने गजेन्द्र जति दुःख परे पनि दाँत देखाएर खिस्स हाँस्ने शैलीले जोकोही आसपास हिँड्नेलाई मोहित बनाउँछ।

कहिले असन, जमल, सानो पशुपति, …

0 comment
0 FacebookTwitterEmail

सरकारले संशोधित भू उपयोग नियमावली स्वीकृत गरेर जग्गाको कित्ताकाट खुलाए लगत्तै  घरजग्गाको कारोबारमा वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको  तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको देखाएको छ।

सरकारले गत साउनको अन्तिम साता भू उपयोग नियमावली– २०८० स्वीकृत  कित्ताकाट खुलाउने निर्णय  कार्यान्वयनमा लगेको थियो। घरजग्गा व्यवसायीको माग बमोजिम सरकारले कित्ताकाट खुकुलो गरिदिएपछि घरजग्गा कारोबार बढ्न थालेको हो। विभागको  तथ्यांक अनुसार असोज महिनामा मात्र देशभरका मालपोत कार्यालय ३९ हजार ८ सय ८१ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ।

यस्तै, चालु आर्थिक वर्षको भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो। भदौको तुलनामा असोजमा …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेपालको अर्थतन्त्रको समस्या समाधान गर्न बृहत् बैठकको आयोजना गर्ने बताउनु भएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ। तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु। उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौं।”

नेपालको अर्थतन्त्र निरन्तर रूपमा खस्कँदै गएको छ। दसैँमा बजार केही चलायमान देखिएपनि चाडपर्व पछिको अर्थतन्त्र …

0 comment
0 FacebookTwitterEmail

सर्वत्र निराशाले छाएको बेलामा नेपालका लागि एक सुखद तथ्याङ्क सार्वजनिक भएको छ । जसअनुसार उच्च प्रविधिमा आधारित उत्पादनको निर्यात गर्ने देशहरूको सूचीमा नेपाल ३५ नम्बरमा परेको छ । 

तथ्याङ्कहरूको विश्वव्यापी खुलासा गर्ने एक फिडले ट्विटरमा गरेको तथ्याङ्क सार्वजनिक करणमा उल्लेख भए अनुसार सन् २०२१ को निर्यात तथ्याङ्कमा नेपाल ३५ नम्बरमा देखिएको हो । कोरोनाको महामारीले गर्दा सो समयमा अन्य उत्पादन क्षेत्र खास गरी औद्योगिक उत्पादन क्षेत्रमा उत्पादन र निर्यात निकै घटे पनि सूचना प्रविधिमा आधारित उत्पादन र निर्यात भने ह्वात्तै बढेको थियो । 

उक्त तथ्याङ्क अनुसार चीनले सो वर्ष उच्च प्रविधिमा आधारित उत्पादन ९ सय ४२ बिलियन डलरको निर्यात गरी

0 comment
0 FacebookTwitterEmail

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो संस्थाले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने बताउनु भएको छ।

पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने आचार्य बालकृष्णले बताउनु भयो।

नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबिच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उहाँको भनाई छ। नेपाल र भारतबिचको सांस्कृतिक विरासत साझा र अक्षुण्ण रहेको रहेको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved