Home » अर्थतन्त्र/विकास » Page 28
Category:

अर्थतन्त्र/विकास

सरकारले एसियाली विकास बैङ्कबाट डेढ प्रतिशत ब्याजमा झन्डै १७ अर्बको ऋण लिएर पुनर्निर्माण सुरु गरेको बुटवल नारायणगढ सडक खण्डमा ५ वर्षको प्रगति पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत मात्र छ। निर्माण सक्नका लागि १ वर्ष म्याद थप भएको छ। तर समयमै काम सम्पन्न नहुँदा यात्रुलाई सास्ती मात्र भएको छैन जुन फाइदाका लागि यो ऋण लिइएको थियो त्यो फाइदा नै ढिलाइले हराउँला जस्तो भइसकेको छ।  नेपाल सरकारको काम गर्ने यस्तो लाजलाग्दो प्रवृत्तिका कारण नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको त छँदै छ।

रुपन्देही काठमाडौँबाट बुटवल आउन ७/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य भएका छन्। २०७५

0 comment
0 FacebookTwitterEmail

 काठमाडौँमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को चहलपहल छ। ५० देशका विभिन्न प्रतिनिधि भोट हाल्न र उम्मेदवारलाई सघाउन मात्र होइन अनेकथरी बहस गर्न काठमाडौँमा भेला भएका छन्। यही सन्दर्भलाई मनन गर्दै विदेशी लगानीबारे नेपाल सरकारले गरेका निर्णय, सीमा र अधिकारबारे यहाँ जानकारी दिने कोसिस गरिएको छ। यसमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा र उद्योग–व्यवसायका क्षेत्रबारे दिइएको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी लगानी ५० करोडसम्मका उद्योग व्यवसाय हुन सक्नेछन्।

ऊर्जामूलक उद्योगअन्तर्गत स्वचालित मार्गबाट विदेशी लगानी गर्न सकिने उद्योग–व्यवसायका क्षेत्रमा वायु, सौर्य शक्ति, बायो मास वा अन्य …

0 comment
0 FacebookTwitterEmail

 चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन–भदौको वित्तीय प्रतिवेदनअनुसार चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो । त्यस्तै, भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो ।

गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेको छ । बढेपछिको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कुल विदेशी …

चालू खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चिति एक वर्षको आयात धान्न पर्याप्त तर बढ्यो महँगी
0 comment
0 FacebookTwitterEmail

धनकुटा नगरपालिका वडा नम्बर १ हिलेकी किसान शान्ति नेपालले आफ्नो गाउँको सहकारीलाई दूध बिक्री गरेको तीन महिनाको पैसा पाउनुपर्ने छ।

पाँच वर्षदेखि दूध बिक्री गरेर घरखर्च टारिरहेकी उहाँले सहकारीलाई आफ्नो दूधको पैसा आए–नआएको हरेक दिन गएर सोध्नुहुन्छ। तर, उद्योगबाट पैसा आएको जवाफ पाउनुहुन्न।

‘दाना, चोकर र श्रमको खर्च एकातिर, पैसा नआउने समस्या अर्कातिर,’ शान्तिको मनमा अशान्ति छ, ‘अब दूध बिक्री गर्ने हामीजस्ता किसानले घिउ किन्नुपर्ने र दूधको मूल्य त्यसैमा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ।’

दुग्ध विकास संस्थान (डिडिसी) ले नै दूधको पैसाबराबरको घिउ दिने प्रस्ताव गरेको छ। पैसा नपाएपछि दसैं कसरी मान्ने?

नेपालले हिलेकै श्री चञ्चलादेवी बहुउदेशीय दुग्ध उत्पादक सहकारी …

डिडिसीमा भुक्तानी समस्या, किसानले तीन महिनादेखि दूध बेचेको पैसा पाएनन्
0 comment
0 FacebookTwitterEmail

बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासतको अन्त्य गर्दै संस्थापनको विपक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।

मंगलबार बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको हो।

संघको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा ८७ मतले अर्याल निर्वाचित हुनुभएको हो।

अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनुभयो।

संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकामा १ हजार ५०६ मत खसेको थियो। सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीका उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइनको नाममा उपभोग गर्दै नगरेको विद्युत् महसुल तिराउन खोजेर आफूहरुमाथि अन्याय गरेको गुनासो गरेका छन्।

रुपन्देही उद्योग संघले बुटवलमा गरेको पत्रकार सम्मेलनमा उद्योगीले आफूहरूले माग नगरेको र कुनै जानकारी नदिई २०७२ सालदेखिको बक्यौता भन्दै एक्कासि २०७६ मा बिल आउंदा अचम्म परेको बताए। साँच्चिकै ट्रंक लाइन दिएको भए ४ वर्षसम्म बिल किन नदिएको भन्दै उनीहरूले प्राधिकरणका कर्मचारीले गैरकानुनी ढंगले बक्यौता बिल पठाएको बताए।

भलबारीका उद्योगी चन्द्रमान श्रेष्ठले ट्रंकलाइन उपभोग गरेको भए टिओडी मिटर दिएको हुनुपर्ने र लकसिटमा खपत भएको परिमाण उल्लेख हुनुपर्नेमा त्यो दुवै नभएकाले उद्योगीहरूले उपभोग गनरेको लाइनको महसुल तिर्न नसक्ने बताउनुभयो।

‘प्राधिकरणका कर्मचारीको गल्तीको …

रुपन्देहीका उद्योगीमाथि विद्युत् प्राधिकरणको अत्याचार, उपभोग नै नगरेको महसुल तिर्न धम्कीपूर्ण पत्र
0 comment
0 FacebookTwitterEmail

सरकार बनाउने र ढाल्ने खेलका कारण अस्थिर बनेको कोशी प्रदेश सरकारलाई बहुवर्षीय योजनाको दायित्व भने १४ अर्ब भन्दा बढी पुगेको छ।

अघिल्ला प्रदेश सरकारले बजेट विनियोजन दक्षताबिना नै राजनीतिक स्वार्थप्रेरित जथाभावी योजना ल्याएर दायित्व थुपार्दा वर्तमान सरकारको जिम्मेवारीमा १४ अर्ब १६ करोड ९९ लाख रुपैयाँ दायित्व देखिएको छ।

चालू आर्थिक वर्षमा निरन्तरता पाएका करिब ३ सयभन्दा बढी बहुवर्षीय योजना प्रदेशमा सञ्चालनमा छन्। सडक, खानेपानी, भवनलगायत ती आयोजनाको १४ अर्बभन्दा बढी दायित्व सरकारको काँधमा छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशीका अनुसार सो मन्त्रालयबाट प्रदेशमा हाल बहुवर्षीय योजनाअन्तर्गत सडक र पुल गरी ३० अर्बको योजना ठेक्का लागेको छ। मन्त्रालयका प्रवक्ता ललित चौधरीका …

सरकार बनाउने र ढाल्ने खेलमा कोशी प्रदेशमाथि बहुवर्षीय योजनाको दायित्व १४ अर्बभन्दा बढी
0 comment
0 FacebookTwitterEmail

रुपन्देही नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताउनु भयो।

उहाँले उद्योग व्यवसायमा सङ्कटकालको स्थिति रहेको बताउँदै साना ठुला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनु भयो। ‘करको दायरा मात्रै होइन दर पनि वृद्धि भएको छ, बैङ्क व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ।’ उहाँले भन्नुभयो–‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन।’  बुटवल उद्योग वाणिज्य सङ्घको आयोजना गरिएको कोसेली घर तथा मोटिभेसन कार्यक्रममा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको …

0 comment
0 FacebookTwitterEmail

विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि गृह कार्य सुरु भएको छ।जसका निम्ति निजी क्षेत्रको लगानीका लागि विराटनगर यातायात प्रालि तयार भएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीले उक्त कम्पनीलाई नगर बस सञ्चालनको अनुमति दिएको हो। नगर बस सञ्चालनका लागि एक मात्र आवेदन परेको विराटनगर यातायात प्रालिविरुद्ध कुनै उजुरी नपरेपछि कम्पनीले सञ्चालन अनुमति पाएको लगानी प्राधिकरणले जनाएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीका अनुसार, वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने प्रयोजनको लागि निजी कम्पनीहरूलाई उजुरी तथा दाबी विरोध गर्न सार्वजनिक सूचना जारी गरे पनि उजुरी तथा दाबी विरोध नपरेपछि विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो।

विराटनगर महानगरपालिका भित्र नगर बस सञ्चालनका …

0 comment
0 FacebookTwitterEmail

यही सेप्टेम्बर ९–१० सम्म भारतको भएको जी–२० शिखर सम्मेलन सफल भएको भन्दै विश्वले भारतको सराहना गरेको छ । भारत विश्वकै तीव्र गतिमा अगाडि बढिरहेको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । यसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) देखि विश्व बैँकसम्मले स्वीकार गरेका छन् । जी–२० मा भारतको प्रस्तावमाथि एकपछि अर्को सदस्य देशले अनुमति दिए । त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोहर लगाउनुभयो ।

२०४७ सम्म विकसित देश

प्रधानमन्त्री मोदीले भारतीय अर्थतन्त्रबारे जुन सपना देख्नुभएको छ, त्यसको उल्लेख उहाँ स्वयम् र उहाँ नेतृत्वको सरकारका मन्त्रीहरुले विभिन्न मौकामा गर्नुभएको छ । तीमध्ये एउटा हो, सन् २०४७ सम्म विकसित देशको सूचीमा पुग्नु र आगामी ५–६ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved