Home » अर्थतन्त्र/विकास » Page 31
Category:

अर्थतन्त्र/विकास

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले समबन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले वीरगन्ज पर्सामा रहेको मंगलम डाइग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत छुट पाउने बैँकले जनाएको छ। यस्तै, सिमरा बाराममा रहेको होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, हेटौँडा मकवानपुरमा अवस्थित रेगल हेटौँडा रिसोर्टमा १५ प्रतिशतसम्म, धनगढी कैलालीस्थित निसर्ग हस्पिटलमा अधिकतम २० प्रतिशत छुट पाउन सक्ने बताइएको छ। यसैगरी हेटौँडाकै विशुद्ध मोचोचामा १० प्रतिशत …

महालक्ष्मी विकास बैँकका ग्राहकले विभिन्न संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने
0 comment
0 FacebookTwitterEmail

नेपालका ठूला राजनीतिक आन्दोलनमा मजदुरको योगदान रहनेमा सबैभन्दा अगाडि नाम विराटनगर जुट मिलको आउँछ।

नेपालको पहिलो र सरकारी स्वामित्वमा रहेको उद्योग विराटनगर जुट मिल्स बेलाबखत पुनः सञ्चालन हुने चर्चासमेत चल्दै आएको छ। तर अहिलेसम्म चर्चाले सार्थकता भएको पाएको छैन।

केन्द्र सरकार परिवर्तन भएसँगै विभिन्न निकायका मन्त्रीले मिलको अनुगमन र निरीक्षण गर्छन्। निरीक्षणपछि मिल सञ्चालनको आश्वासनसमेत बाँड्छन्। तर पछिल्ला दुई आर्थिक वर्षमा सरकारले मिल सञ्चालनका लागि बजेटमा कुनै पनि योजना नराख्दा जुट मिल्स चलाउने कुरा स्थानीयलाई भने पत्यार लाग्न छोडेको छ।

‘मन्त्रीको मिल चलाउने कुरा सार्वजनिक खपतका लागि बोलेकोजस्तो लाग्छ,’ पूर्वकर्मचारीसमेत रहनुभएका बलबहादुर तामाङ भन्नुहुन्छ, ‘मिल चलाउन बजेटमा योजनै समावेश छैन। …

विराटनगर जुट मिल्सको सम्पत्तिमाथि पहुँचवालाको राइँदाइँ, उद्योगको सम्पत्ति घट्दो र दायित्व बढ्दो
0 comment
0 FacebookTwitterEmail

केही दिनदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) महानगरपालिका नेतृत्वको विरोधमा अभियान सुरु गर्नुभएको छ। वडाध्यक्ष सिंहले मेयर राजेशमान सिंहलगायत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विरोधमा मोर्चा खोल्दै महानगरपालिमा भइरहेको भ्रष्टाचारको भन्डाफोर अभियान सुरु गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका कार्यालय भागबन्डा र कमिसनको खेल मैदान बनेको सिंहको आरोप छ।

वडाध्यक्ष सिंहले समाजिक सञ्जालबाट महानगरमा भइरहेको भ्रष्टाचारको भन्डाफोर क्रमिक रुपमा गर्र्दै आउनुभएको छ। उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भागबन्डाको खेलमैदान बन्दै महानगर, महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडा अध्यक्ष।’

महानगरपालिका कार्यालयका अधिकांश काम कमिसन र कृपावादबाट चलने गरेको आरोप वडाध्यक्ष सिंहको छ। महानगरबाट प्रदान गरिने अधिकांश सेवाप्रदायक काममा …

भ्रष्टाचारमा लिप्त वीरगन्ज महानगर, सबै ठेक्कापट्टामा ‘मिसन कमिसन’
0 comment
0 FacebookTwitterEmail

रुपन्देही क्षेत्रकै ठूलो लगानीमा तिलाेत्तमा १५ मा सञ्चालित पाँचतारे टाइगर प्यालेस रिसोर्ट बिक्री भएको छ। अस्ट्रेलियाको सिल्भर हेरिटेज गु्रपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा ल्याएको थियो।

लामो समयदेखि अमेरिकामा होटेल व्यवसाय गरिरहेका बुद्धिसागर सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेस खरिद गरेको हो। तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेको हो।

हिमालयन टाइगर कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता सिल्भर हेरिटेज इन्भेस्टमेन्ट कम्पनी खरिद गरेको हो। हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ।

टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको …

रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट घाटामा बिक्री, अख्तियारद्वारा छानबिन सुरु
0 comment
0 FacebookTwitterEmail

नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (इयू) ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योग विकासमा सरकार रनिजी क्षेत्रबीच समन्वय र सहकार्यमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युरोपसँगको सीधा हवाई सम्पर्क पुनः स्थापित गर्न तत्काल पहल गर्नुपर्ने पनि बताउनुभयो । साथै युरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपाललाई युरोपियन यूनियनको सुरक्षा …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। स्थानीय उत्पादनका सामग्रीको ब्रान्डिङ गर्दै दुई लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने गरी काम भइरहेको दाबी प्रदेश सरकारले गरेको छ। प्रदेश सरकारले कानुन निर्माणसँगै आर्थिक समृद्धिको आधार तयार पार्ने काम गरेको बताएको छ।

प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै संघीयता कार्यान्वयनमा रोल मोडेल बन्ने गरी काम अघि बढाएको बताएको छ। स्थानीय सामग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँ–गाउँमा रोजगारी सिर्जना गर्न सकिने भन्दै चालू आर्थिक वर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो। ‘सरकारको प्रमुख ध्यान भनेकै आर्थिक विकासमा छ।

त्यसका लागि स्थानीय उत्पादनको सामग्रीको बजारीकरण …

लुम्बिनी सरकारका सय दिन : स्थानीय मदिराको उत्पादन र ब्रान्डिङ, ६ लाखलाई रोजगारी
0 comment
0 FacebookTwitterEmail

गोरखा जिल्ला बारपाक गाउँपालिका वडा नं २ सुलिकोटका तेलबहादुर घले विगत ७३ दिनदेखि धर्नामा हुनुहुन्छ। विगत ७३ दिनदेखि एक्लै न्यायका लागि माइतिघर अगाडि सडकमा संघर्ष गर्दै आउनुभएको छ। तर झन्डै तीन महिना पुग्न लाग्दा पनि सम्बन्धित निकाय वा त्यसका प्रतिनिधि उहाँको कुरा सुन्न नआउँदा  चिन्तित हुनुहुन्छ।

घलेले गोरखाको दोभान गाउँमा होटल सञ्चालन गर्दै आउनुभएको थियो। गोर्खा जिल्लाको आरुघाट–लार्के भन्ज्याङ सडक जोड्ने काम नेपाली सेनाले ठेक्का लिएर मिति २०७४ वैशाखदेखि काम थालेको थियो। तर बाटो खन्ने क्रममा आर्मीले होटल तहसनहस भयो।

‘एक सिजन होटल सञ्चालन गर्न दिनुस् न भनेर आर्मीका मेजर निशान्त पण्डितलाई बिन्ती गरेँ,’ घले भन्नुहुन्छ, ‘बिन्ती गर्दा मानेनन्। उल्टै

0 comment
0 FacebookTwitterEmail

सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्नुहुन्छ। उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार जानुभएको तीन वर्ष भयो।

छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जानुहुन्छ। उहाँजस्तै इटहरीकी सावित्रा कोइराला पनि सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा काम गरेको पाँच वर्ष पूरा भयो। उद्योगमा काम गर्न थालेपछि कोइरालालाई घर चलाउन निकै सहज भएको छ।

‘दुई छोराछोरी स्कुल पढने छन्,’ कोइराला भन्नुहुन्छ, ‘यही उद्योगमा काम गरेको तलबबाट नानीहरू पढाउन भरथेग छ।’

दुहबीकी सरस्वती र इटहरीकी सावित्रा मात्र होइन, पछिल्लो समय सुनसरी, मोरङ करिडोर क्षेत्रमा रहेका ठूला उद्योगमा महिलाको संख्या आधा छ। उहाँहरूकै भरमा उद्योग चल्दै आएका छन्।

उद्योगमा …

पुरुष बिदेसिएपछि महिलाले धान्दैछन् पूर्वका उद्योग
0 comment
0 FacebookTwitterEmail

लोडसेडिङ, बढ्दो आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण रुपन्देहीमा २ सय उद्योग बन्द भएका छन्। औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देही कोरोनाको महामारीले निम्त्याएको वैश्विक आर्थिक मन्दी र त्यसले बढाएको ब्याजदरका कारण उद्योग बन्द भएको उद्योगीहरुले बताएका छन्।

देशमा सबैभन्दा बढी उद्योग भएको जिल्लाका उद्योग बन्द भएपछि नयाँ उद्योग गर्न चाहने पनि निराश छन्। सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा यो समस्या आएको उद्योगीहरूको गुनासो छ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार एक वर्षमा १ सय ९० वटा उद्योग बन्द भए। फलाम उद्योग, स्टिल उद्योगलगायत छन्। जसबाट सयौंको रोजगारीसमेत गुमेको छ। यस्तै चलिरहेका उद्योगहरू पनि दैनिक ५–६ घण्टामात्र सञ्चालन हुने उद्यागीहरु …

0 comment
0 FacebookTwitterEmail

इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ।

प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त भएको भन्दै ख्यामराज प्रधानलाई प्रशोधन केन्द्र बिक्री गरिएको छ।

सरकारको अनुदानमा सञ्चालित केन्द्र हाल ख्यामराजले चलाउँदै आउनुभएको छ। तर तत्कालीन केन्द्रका अध्यक्ष राजेन्द्र प्रधानलाई सरकारबाट अनुदान लिएर दुरुपयोग गर्दासमेत अहिलेसम्म कारबाही हुन सकेको छैन।

त्यस्तै, झापा अजुर्नधारा ८ मा रहेको पूर्वाध कृषि सहकारी संस्थाले कृषि मन्त्रालयबाट आर्थिक …

कोशीमा कृषि अनुदानको चरम दुरुपयोग, सरकारबाट रकम लिएर अन्यत्रै लगानी, हुँदैन अनुमन र कारबाही
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved