नेपाल राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई सहजीकरण गर्ने गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ। यो संशोधपछि अब उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ।
साथै, उद्योगबाहेक कर्जाको हकमा भने १ करोड रुपैयाँसम्म विद्यमान सीमा भने यथावत् राखिएको राष्ट्र बैँकले एक परिपत्र जारी गर्दै जनाएको छ।
‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोडसम्म) चाूु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन,’ संशोधित मार्गनिर्देशनमा भनिएको छ, ‘यस्ता ऋणीलाई प्रवाह हुने चालू पुँजी कर्जाकोसीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको…
