Home » अर्थतन्त्र/विकास » Page 9
Category:

अर्थतन्त्र/विकास

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी वैशाख ७ गते फिर्ता हुनुभएको छ। उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित हुनुहुन्थ्यो। कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ …

0 comment
0 FacebookTwitterEmail

तीन लाखभन्दा बढी नेपाली कार्यरत रहेको देश कतारका अमिरले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गर्नुभएको छ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज १२ वैशाखमा भेटवार्ता हुँदैछ ।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर …

0 comment
0 FacebookTwitterEmail

नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ। भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०/१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो।

आइसिपी सञ्चालनमा आएपछि मालबाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट गरिने उहाँले जानकारी दिनुभयो। गत वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएसको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्नुभएको थियो।

उद्घाटन भएको करिब एक वर्षपछि सोमबार मात्रै भारतले नेपाल सरकारलाई नेपालगञ्ज आइसिपी हस्तान्तरण गरेको छ। नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा आइसिपी निर्माण …

0 comment
0 FacebookTwitterEmail
वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धकरुपमा आरोही आइरहेको बताउनुभयो ।

उहाँका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व सङ्कलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय
0 comment
0 FacebookTwitterEmail

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन्।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो। चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनुभयो। भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आजै भेटेर समस्या समाधानका लागि आग्रह …

0 comment
0 FacebookTwitterEmail

विगतमा बागलुङमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेका, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ । पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार बर्सेनि खस्कँदै आएको व्यापारीहरुको भनाइ छ ।

विगतमा चैतेदसैँको अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ । यद्यपि परम्परा धान्नकै लागि भने यसप्रकार घरेलु सामग्रीको उत्पादन भने भइरहेको उनीहरुले बताएका छन् ।

बागलुङको बडिगाड गाउँपालिका–४ खिमबहादुर विकले पुर्खाको परम्परा धान्नकै लागि आठ वर्षयता निरन्तर चैतेदसैँ मेलामा डालो, नाङ्लो र डाली बिक्री गर्न आइरहेको सुनाउनुभयो । उहाँले एक सय डाला बिक्री गर्न पनि मुस्किल परेको गुनासो …

0 comment
0 FacebookTwitterEmail

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ ।

मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिनुभयो । “परियोजना सञ्चालन हुँदा नियमित रूपमा सामूहिक र व्यक्तिगत रूपमा मेन्थाखेती हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “उत्पादित …

0 comment
0 FacebookTwitterEmail

गैरमजदुरलाई सङ्गठित गरी बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि स्थानीय बासिन्दाले बिरोध गरेका छन्। यो उद्योगमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन्।

विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन्। खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले  रोजगारी दिएको छ।

उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताउनुभयो। “कामको खोजीमा दैनिक भौतारिनुपर्थ्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उहाँले भन्नुभयो।

स्थानीय रामछविले खटिकले गाउँमा स्थापना …

0 comment
0 FacebookTwitterEmail

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यसअघि संसदीय सुनुवाइका क्रममा “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, छ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ रु”, भन्ने सांसदको जिज्ञासामा प्रस्तावित महालेखापरीक्षक तोयम रायाले भन्नुभयो, “बेजुरु प्रक्रिया हो, पछिल्लो समय सम्परीक्षण नभएर बढी देखिएको हो, नियमित, असुलउपर र पेस्की सबै …

0 comment
0 FacebookTwitterEmail

स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ।

बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका सानाठूला दुई दर्जन होटल सञ्चालनमा छन्। तर भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्रबैंकको नियम छ। जसका कारण  पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ।

नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारको गलत नीतिले भारतीय पर्यटकले खुलेर खर्च गर्ने वातावरण नबनेको गुनासो गर्नुभयो। “हामी नेपालमा पर्यटक भित्र्याउने भनिरहेका छौँ। तर भारतीय पर्यटकलाई भारु २५ हजारभन्दा धेरै रकम बोक्न नपाइने नियमले पयर्टन क्षेत्रको विकासमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved