Home » खोज » Page 23
Category:

खोज

काठमाडौं। खुला र पारदर्शी शासन प्रणालीका लागि सार्वजनिक निकायका सूचनामा आम नागरिकको पहूँचलाई सहज बनाउन स्थापना भएको हो-  राष्ट्रिय सूचना आयोग। तर आयोगले सरकारलाई बुझाएका १२ वटा वार्षिक प्रतिवेदनको न कार्यान्वयन हुन्छ न आयोग कार्यान्वयनका लागि दवाव दिन सक्छ। आम नेपालीको सूचनाको हक एउटा औपचारिकतामा मात्र सीमित बनाइएको छ।

सो आयोगले आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन अघिल्लो महिना प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको छ। आयोगको प्रतिवेदन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले दुई वटै विषयमा आश्वासन दिएका छन्। आयोगको सुझावहरू कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको र संसदमा छलफलका लागि पठाइने देउवाको आश्वासनमा सूचना आयोग आशावादी मात्रै छ, विश्वस्त भने छैन। राष्ट्रिय सूचना …

0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचार विरुद्ध प्रतिद्धता

एक: “इतिहास साक्षी छ, भ्रष्टचारको अन्त्य र सुशासन कायम गर्ने काम कम्युनिष्ट तथा बामपन्थीहरुको नेतृत्वमा मात्र सम्भव छ। राजनीतिक स्थायित्व, दीगो शान्ति र राष्ट्रिय सुरक्षा कायम गर्नकै लागि हामीले सवै कम्युनिष्ट पार्टी र लोकतन्त्रबादीहरुलाई एकताबद्ध गर्ने ऐतिहासिक कामको थालनी गरेका छौँ। हाम्रो यस सहकार्यबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छ।”

दुई: “भ्रष्टाचार र अनियमित कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ। भ्रष्टाचारविरुद्ध जनचेतना र सक्रियता अभियान सञ्चालन गरिनेछ। पारदर्शिता र जवाफदेही प्रणालीलाई सदृढ तुल्याइनेछ।”

–एमाले–माओवादीको संयुक्त घोषणा पत्र २०७४ कार्तिक

प्रधानमन्त्री नियुक्ति भएपछि भ्रष्टाचार विरुद्ध ओलीका बोली

एक: “म ‘च्यालेन्ज‘ गर्छु, कसैले मेरो नेतृत्वको सरकार भ्रष्टचारी हो भनेर औँला ठड्याउन …

0 comment
0 FacebookTwitterEmail

सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेसँगै दलहरूमा चुनावी तरंग छाएको छ । दलहरू स्थानीय निकायमा आफ्नो पकड कायम राख्दै थप सिटको लागि जनताको घरदैलोमा पुग्ने कसरत थालिसकेका छन् । महिलाहरू पनि  राजनीतिमा आफ्नो अर्थपूर्ण र उल्लेख्य सहभागिताको लागि संघर्षमा जुटेका छन् ।

२०७९ जेठ ५ पछि ३५ हजार २ सय २१ जना जनप्रतिनिधि छनौट भएर स्थानीय सरकारको बागडोर सम्हाल्लेछन्। जसमा ७ सय ५३ वटा पालिकामा १ हजार ५ सय ६ जना प्रमुख र उपप्रमुख, ६ हजार ७ सय ४३ वटा वडाका वडाध्यक्ष र हरेक वडामा चार जनाका दरले वडा सदस्य गरी २६ हजार ९ सय ७२ …

0 comment
0 FacebookTwitterEmail

नेपालमा कोरोना कहरको दोश्रो लकडाउनताका अक्सिजनको व्यापक अभावको खबरसँगै संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सामूदायिक भवन निर्माण र संचालनकालागि स्थापना गरिएको अमेरिका नेपाल सामूदायिक केन्द्र (न्याक) ले नेपालमा अक्सिजन प्लान्ट निर्माणकालागि दान सहयोग जुटाउन सामाजिक संजालमार्फत व्यापक अभियान चलायो।

न्याकका एक पदाधिकारीका अनुसार अक्सिजन प्लाण्ट निर्माणका लागि निको फाउन्डेसन, भर्जिनियासंग सहकार्य गरी ५० हजार अमेरिकी डलर (करिब साठी लाख रूपैयाँ) उठाइएको थियो। तर, यो सहयोग रकम कुन प्रकृयाले र कसरी बतास समूह सहितको अन्य छ सस्थाहरू संलग्न समूहमामा गयो भन्ने बारेमा सबै चकित छन्।

५० हजार डलर यसरी उठाइयो

नेपालमा दोश्रो लक डाउन भए संगै अक्सिजनको अत्याधिक अभाव खट्कियो। यस्तो विषम …

0 comment
0 FacebookTwitterEmail
ध्वाँसे चितुवाको संरक्षणसम्बन्धी अवस्थाबारे सन् २०२१ मा गरिएको आकलनमा, वैज्ञानिकहरूले यसको क्षेत्रमा हुने शिकार र अन्य खतराका कारण यस बाघ प्रजातिको भविष्य जटिल देखिएको बताएका छन्।

संरक्षण अवस्थाबारे गरिएको एउटा नयाँ अध्ययनमा विश्वभर ३७ सयदेखि ५५ सय ८० वटा परिपक्व अवस्थाका ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ। यस आकलनको तल्लो विन्दुलाई आधार मान्ने हो भने बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ देखिन्छ किनभने अनुमानित तथ्यांकअनुसार अहिले विश्वभर ४ हजार बाघ जीवित रहेको मानिन्छ।

नेपालका हिमाली शृंखलाका फेदीदेखि दक्षिण चीन र मलेसियाको दक्षिणसम्म पाइने यो चितुवा विरलै देखिने मांसाहारी हो जसले आफ्नो अधिकांश समय रुखमै बिताउँछ। सुमात्रा र बर्निओमा पाइने सुन्डा ध्वाँसे चितुवा …

0 comment
0 FacebookTwitterEmail

भेरी नदीमा भइरहेको जथाभावी उत्खननबाट सुर्खेतको एउटा गाउँ नै बगरमा परिणत हुने जोखिममा छ। त्यसलाई रोक्न स्थानीय सरकारले चासो नदेखाउँदा गाउँले विस्थापनको त्रासमा छन्।

स्थानीय सरकारको बेवास्तामा परेको पश्चिम सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–९ को राजी गाउँका बासिन्दा अहिले आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने पिरलोमा छन्।

२०७१ सालमा भेरी नदीको बाढीले तहसनहस पारेको यो गाउँ यसै पनि बाढीको जोखिममा छ। त्यसमाथि नदीले धार परिवर्तन गरेर गाउँतिर पस्न सक्ने ठाउँमा जथाभावी गिट्टी–बालुवा उत्खनन भइरहँदा जोखिम थप बढेको गाउँले बताउँछन्।

अचेल राजी गाउँका कमल सापकोटा घर अघिल्तिरको बगरबाट बालुवा र गिट्टी उठाउन आउने ट्याक्टर र टिप्परलाई लखेट्नमै समय विताइरहेका छन्। “एकैछिन पनि नहेर्ने हो भने …

0 comment
0 FacebookTwitterEmail

 

गाउँपालिकाले आफ्नो सिमित बजेट र स्रोतसाधनबाट पनि कोरोना नियन्त्रणलगायतमा प्रभावकारी भुमिका निर्वाह गरेर जनताको मन जितेका छन्।

आइएनएस प्रतिनिधि

काठमाडौंकोरोना नियन्त्रणमा संघीय सरकारले नै प्रभावकारी बन्न नसकिरहेको बेला विकट क्षेत्रमा स्थानीय सरकारको भुमिका भने प्रभावकारी देखिएको छ। कोरोना रोकथाममा गाउँका स्थानीय सरकारले चालेका कदम सहरका सरकारको भन्दा जिम्मेवारपूर्ण छ। संघीय प्रणाली जनताप्रति जवाफदेही भएर काम गर्ने हो भने आमजनताले प्रभावकारी सेवा पाउन सक्छन् भन्ने उदाहरण बनेका छन्, ललितपुरका तीन दुर्गम गाउँपालिका।

उपत्यका जोडिएको जिल्ला ललितपुरको ग्रामिण क्षेत्रमा पर्ने बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाले सिमित बजेट र स्रोतसाधनमा कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गरे। …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं— भर्खरै सम्पन्न हिन्दूहरुको चाड बडादशैंका अवसरमा भुटानका पुर्व प्रधानमन्त्री छिरिङ तोग्बेले नेपालीभाषीलाई शुभकामना दिएको र भुटानका राजारानीका कारण देश “सुखीखुशी” भएको भावमा भिडियो मन्तव्य दिएपछि त्यही मुलुकबाट लखेटिएर बाहिरी विश्वमा पुगेका नेपालीभाषी भुटानीहरु(ल्होत्साम्पा) आश्चर्यमा डुबे। यो आश्चर्यको खबरअघि, गत अप्रिल महिनामा जापान सरकारले भुटानका पुर्व गृहमन्त्री दागो छिरिङलाई “अर्डर अफ द राइजिङ सन” नामको बिशिष्ट राष्ट्रिय सम्मान दिने निर्णय गरेपछि यसप्रति संसारभर रहेका ल्होत्साम्पाले चर्को स्वरमा बिरोध मात्रै जनाएनन्, यही कारण यो सम्मान अहिले “स्थगन”मा परेको छ।

उल्लेखित पुर्व प्रधानमन्त्री तोग्बे भुटान लोकतान्त्रिक युगमा प्रवेश गरेपछिका तेस्रो निर्वाचित प्रधानमन्त्री(२०१३–२०१८) थिए जो ९० को दशकमा दक्षिणी भुटानमा १ लाखभन्दा बढी …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved