Home » Archives for आदित्य दाहाल
Author

आदित्य दाहाल

विशेष खोज

नेपाल सरकार एवं विभिन्न दातृ निकायहरूको संयुक्त आर्थिक साझेदारीमा आर्थिक वर्ष २०७६/७७ देखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपालका सात वटै प्रदेश तथा ७५३ स्थानीय तहहरूमा सञ्चालित शासकीय सुधार तथा नयाँ राज्य संरचनाको सबलीकरण गर्ने लक्ष्य लिएको एउटा महत्त्वाकाङ्क्षी कार्यक्रम प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) केही भौतिक प्रगति गरे पनि समग्र अवधिको खर्च र नतिजाको विश्लेषण गर्ने हो भने लगभग असफल भएको छ।

यो कार्यक्रम सञ्चालनका लागि बेलायत सरकार, स्विस सरकार, नर्वेजियन सरकार र युरोपियन युनियन लगायत विभिन्न यू.एन. एजेन्सीहरूले लगानी गर्दै आएका छन्। यस कार्यक्रमले नेपालमा सङ्घीयता सुदृढीकरणका लागि सुशासन, अन्तर सरकार समन्वय, सार्वजनिक …

0 comment
0 FacebookTwitterEmail

कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । फाइनल पुगेको कोलकाता उपाधिका लागि प्रतिस्पर्धीको पर्खाइमा रहेको छ । 

मंगलबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा कोलकाता ८ विकेटले विजयी भएसँगै आईपियलको यस सिजनको फाइनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो । 

हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । ओपनर ट्राविस हेडसहित तीन ब्याटर शून्य रनमा आउट भएका थिए। अर्का ओपनर अभिषेक शर्मा ३ रन, नितिश कुमार रेड्डी

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ कोटेश्वर चोकको जाम हटाउन बनाउन लागिएको फ्लाइओभर र सुरुङमार्गका लागि सरकारले जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब रु ३१ अर्ब दुई करोड नेपाली) बराबरको सहुलियत ऋण लिनेसम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ।

कोटेश्वर इन्टरसेक्सन प्रोजेक्ट भनिएको यो परियोजनासम्बन्धी यो निर्णय मन्त्रिपरिषद्को माघ १० को बैठकले गरेको हो। सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन। जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि सहुलियत ऋणसम्बन्धी सौदाबाजीको अवस्थामा पुगेको हो।

कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टका लागि जाइकाले तीन विकल्प दिएको थियो। …

0 comment
0 FacebookTwitterEmail

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीहरूको श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको छ । 

समितिले विगतको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले सरोकारवालसँग छलफल नै नगरी एउटै विधेयकमा ७९ वटा प्रचलित ऐन संशोधन र दुईवटा ऐन खारेज गर्न ‘चोर बाटो’ समातेको छ।
यो विधेयकका कतिपय प्रस्ताव सम्बन्धित क्षेत्रमा दूरगामी र गम्भीर असर पार्ने खालका भए पनि यसबारे सरोकारवालाहरूसँग छलफल नै नगरी सरकारले एकाएक ‘नेपाल ऐन संशोधन विधेयक’ संसद्मा दर्ता गरेको हो।

कतिपय ऐनमा भाषिक रूपमा शब्द सुधार र कतिपय ऐनमा राज्यको नयाँ संरचना अनुरूप शब्दावली परिवर्तन गर्ने प्रस्तावहरू भए पनि छापाखाना तथा प्रसारण ऐन–२०४८, नेपाल विद्युत् प्राधिकरण ऐन– २०४१, सवारी तथा यातायात व्यवस्था ऐन– २०४९, विद्युत् ऐन– २०४९, विश्वविद्यालय अनुदान आयोग ऐन– २०५०, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन– २०५२, …

सरोकारवालासँग छलफल नै नगरी एउटै विधेयकबाट ७९ ऐन संशोधन र दुइटा खारेज गर्न सरकारले समात्यो ‘चोर बाटो’
0 comment
0 FacebookTwitterEmail

हर्क राई काफ्लेपाटी देखि पाथीभरासम्मको पाँच किलोमिटर उकालोमा दौडिरहेका छन्। उकालो चढ्न नसकेर बिसौनीमा सुस्ताइरहेका यात्रुलाई हौस्याउँदै छन्। उनी भन्छन्, ‘हिँड्न गाह्रो भएको भए हामी छौँ नि !’

हर्कजस्तै पाथीभराको गुराँस संरक्षण क्षेत्रको मनमोहक उकालोमा लोकगीत घन्काउँदै यसरी यात्रुलाई भरोसा दिने मानव ट्याक्सीको संख्या सयौँमा छ। पूर्वी नेपालको लोकप्रिय धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न हिउँदको सिजनमा दिनमा ८ देखि १० हजार यात्र पुग्छन्। शुक्रबार र मंगलबार त यो संख्या अझै बढ्छ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका– १० मा पर्ने पाथीभरा देवीका कारण पूरै मेची पहाडमा पर्यटकीय गतिविधि बढेको छ। तर, त्यहाँ पुग्न सुविधाजनक सडक छैन। ताप्लेजुङको सुकेटार विमानस्थलदेखि काफ्लेपाटीसम्मको १० किलोमिटर …

पाथीभरा दर्शनलाई सजिलो बनाउने मानव ट्याक्सी : हिँड्न नसक्नेलाई सुविधा, बोक्नेलाई गजबको आम्दानी
0 comment
0 FacebookTwitterEmail

काठमाडौँ महानगरपालिकाको मयेर पदमा निर्वाचित भएपछि कार्यपालिकाको खुला बैठक गरेर चर्चित हुनुभएका बालेन्द्र शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले अहिले पारदर्शीता र आर्थिक अनुशासनका लागि पालना गर्नुपर्ने कानुनी प्रवन्धहरुलाई अनदेखा गरिरहेको छ ।

महानगरपालिकाले सूचनाको हक अन्तरगत स्वतः सार्वजनिक गर्नुपर्ने विवरणहरु छ महिना यता सार्वजनिक गरेको छैन । त्यसै गरी कार्यपालिकाको मासिक प्रगति प्रतिवेदन पनि प्रकाशन गर्न छोडेको छ । यसैगरी वेभसाइटमानै नियमित सार्वजनिक गर्नुपर्ने आम्दानी र खर्चको नियमित विवरण पनि सार्वजनिक गरेको छैन ।
यसबारे किन महानगरपालिका पारदर्शीताका दायित्वहरुबाट पन्छिरहेको छ भनि प्रश्न गर्दा सूचना अधिकारी बसन्त आचार्यले केही बताउन चाहानुभएन । उहाँ यी प्रश्नहरुपछि स्वतन्त्र समाचार सेवाको सञ्चार सम्पर्कमा आउनुभएन …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदूषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्न चाहन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारको चाहना चुरे क्षेत्रको उत्खनन गरी ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने कार्यलाई रोक लगाउने तथा चुरे र शिवालिक पर्वत शृङ्खलाको संरक्षणका लागि सञ्चालित चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाई तराई/मधेसको मरुभूमिकरण रोक्न सबै साधन र स्रोतको उपयोग गर्ने पनि छ। अनि त्यससँगै जंगल काटेर निजगढ विमानस्थल पनि बनाउन पनि चाहन्छ सरकार।

सरकारमा सहभागी भएका र गठबन्धनमा आबद्ध १० राजनीतिक दलको साझा अवधारणाका रूपमा आएको साझा कार्यक्रममा अनेकन विरोधाभास छ। प्रधानमन्त्री तथा …

0 comment
0 FacebookTwitterEmail

देशको आर्थिक अवस्था गम्भिर मोडमा पुगेको छ । सरकारले आफ्नो नियमित खर्च धान्नको लागि आन्तरिक बजारबाट २२ अर्ब रुपैयाँ ऋण उठाउने निर्णय  लिएको छ । 

हिजो आइतबारसम्मको विवरण अनुसार सरकारले चालु आर्थिक वर्षमा ८ खर्ब ९ अर्ब ५१ करोड ८२ लाख खर्च गरेको छ । तर, सरकारले ६ खर्ब ४४ अर्ब ९ करोड ३२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसरी सरकार यो वर्षको ८ महिनाको हिसाबमा १ खर्ब ६५ अर्बभन्दा बढी घाटामा गएको छ । 

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको सरकारको दैनिक असुली र भुक्तानीको विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिना १२ दिन बितिसक्दा सरकारले संकलन गर्ने

0 comment
0 FacebookTwitterEmail

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदका लागि आज चैत– ३ शुक्रबार भएको निर्वाचनबाट जनता सामाजवादी पार्टीले उम्मेदवार बनाएको रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे । उहाँ अष्ठलक्ष्मी शाक्य र ममता झालाई पराजित गर्दै  निर्वाचित हुनुभएको हो । निर्वाचनमा खसेको कूल मतको ५० प्रतिशत कटाएको हुनाले रामसहाय प्रसाद प्रथम चरणमै निर्वाचित हुन सफल हुनुभयो ।

शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved