सेक्युरिटी प्रेस, भू–उपग्रह खरिद र फोरजी सेवा विस्तारका कामकारवाही मन्त्रिपरिषद्को निर्णयमार्फत हुनु पूर्वसचिव भीम उपाध्यायको भनाईमा गम्भीर आपत्तिको विषय हो। मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि र त्यो प्रमाणित नै भए पनि त्यसमाथि उजुरी लाग्दैन र छानविन पनि हुँदैन भन्ने नजीर बनाउनु हो। नियमसम्मत रूपमा गएको भए माथि उल्लेख गरिएका वस्तु खरिद सम्बन्धी कामका लागि मन्त्रिपरिषद्मा जानुपर्ने आवश्यकता नै थिएन। सम्बन्धित मन्त्रालयको विभागले नै यो काम गर्न सक्ने प्रावधान थियो। त्यसलाई मन्त्रिपरिषद्मा लैजानुले नै त्यसमा अख्तियारले अनुसन्धान गर्न नपाओस् भन्ने उद्देश्य रहेको बुझ्न सकिन्छ। त्यसको पछिल्लो उदाहरण हो ललिता निवासको सरकारी जग्गा व्यक्तिको हातमा पुर्याउने काम मन्त्रिपरिषद्को …
खोज
नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ६ सय मेगावाटको हाराहारीमा विद्युत आयात गरिरहेको छ भने यसमध्ये चार सय मेगावाटभन्दा बढी भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट आयात गरिरहेको छ।
प्रत्येक १५ मिनेटका लागि फरक फरक मूल्य हुने र दिनको ९६ पटक मूल्य निर्धाणर हुने सो बजारमा पछिल्लो रुस–युक्रेन युद्धले आयातित कोइलामा भएको समस्याकै कारण प्रति युनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँ अर्थात ३२ रुपैयाँ नेपालीसम्म पुगेको छ।
२१ सय मेगावाट विद्युत उत्पादन क्षमता भएपनि पिक आवरमा १४ सय मेगावाट बिजुली माग रहेको नेपालले भारतबाट विद्युत आयात गर्न नसकेमा पुनः देश लोडसेडिङ्कमा जाने निश्चित छ। पछिल्लो समयमा पीटीसीमार्फत टनकपुरबाट विद्युत प्राधिकरणले प्रति …
झण्डै २७ अर्व रुपियाँको हिनामिना गर्न लागिएको तर ‘७० करोड काण्ड’ भनेर कुख्यात यो कमिशन काण्डमा अख्तियारको पनि मिलोमतो रहेको मानियो। जुनबेला यो अडियो सार्वजनिक भयो, मन्त्री बाँस्कोटाले राजीनामा दिए। त्यसै हप्ता मन्त्री बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परे। त्यसमा बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक माथि पनि छानविन हुनुपर्ने माग भएको थियो। तर दुर्भाग्यको कुरा– अख्तियारले कुनै किसिमको अनुसन्धान नै गरेन।
मन्त्री बाँस्कोटाको त्यो कमिसनको बार्गेनिङ भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरूप भ्रष्टाचार रहेको …
राष्ट्रिय महिला आयोगले पाँच महिना अघि राष्ट्रपति समक्ष आयोगको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदन पेश गर्यो। प्रतिवेदन ग्रहण गर्दै त्यतिवबला राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माणमा आयोगले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभएको थियो।
राष्ट्रपति भण्डारीले आयोगलाई अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक–अधिकारको संरक्षण र संवद्र्धन गर्न तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभएको थियो।
आयोगले पनि राष्ट्रपतिको निर्देशन अनुरूप थप क्रियाशील रहने प्रतिवद्धता जनाएको थियो। …
अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि परियोजना अघि बढाउन बाटो खुलेको छ तर निर्माणमा जानु अघिको तयारीका काम भने अझै धेरै बाँकी नै छ।
नेपाल र अमेरिकाबीच सम्झौता भएको झण्डै साढे चार वर्षपछि बल्ल संसदबाट अनुमोदन भएको सो सम्झौताका लागि करिब दुई वर्ष अघि नै संसदबाट टेबुल भएको थियो। तर राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा थप प्रक्रिया अघि बढ्न सकेको थिएन। आइतबार संसदबाट अनुमोदन भएपछि नेपालले हालसम्म प्राप्त गरेको अनुदान–सहयोगमध्ये सबैभन्दा ठूलो आकारको सो परियोजनाको काम अघि बढाउनका लागि बाटो खुलेको हो। यद्यपि यो परियोजना सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति र विश्वव्यापी बोलपत्र …
यो तीनवर्षको अवधिभित्र सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको नै आफनो मन्त्रालयमातहत आवश्यक वस्तु खरिदमा उच्चस्तरको कमिसन मोहमा परेको अवस्था प्रकट भयो। तीन वर्षमा तीन खर्बको भ्रष्टाचारमध्ये बाँस्कोटाको भागमा मात्र आधा खर्ब परेको हिसाब आउँदो रहेछ। त्यसकरण पनि यो उपक्रमको पहिलो सूचीमा उनी पर्न गए। उनी आफैँले पनि भने ‘धेरै प्रस्ताव आए, आउनेजति सबै मान्ने हो भने त १० अर्ब जतिको आयो होला।
यी पात्र प्रधानमन्त्री ओलीका धेरै प्रिय थिए, ओलीले आफ्नै घरमा राखेका। उनले गरेको यस्तै कामका कारण उनले प्रधानमन्त्रीको नजिकबाट गुज्रने अवसर प्राप्त गरेको मान्थे मान्छेहरू त्यसबेला। त्यसले पनि ओलीले बाँस्कोटालाई अन्य मन्त्रीहरूभन्दा विशेष …
काठमाडौँ कलंकी खड्कागाउँकी गीता घले रोजगारीका लागि कुवेत गएको पाँच वर्ष भयो तर एकपटक पनि नेपाल फर्किनुभएको छैन। गीतालाई केही समयका लागि नेपाल आएर वृद्ध सासु–ससुरा र ९ वर्षीया छोरी भेट्ने रहर नभएको होइन। स्वदेश फर्कने रहर पालेर बसेकी गीता नेपाल आएपछि फेरि जान नपाइने डरका कारण नेपाल नआउनु भएको हो। लामो समयसम्म पनि आमा घर नआएपछि नेपालमा छोरी निराश बनेकी छिन्, उनी न त पढ्न मन गर्छिन् न त हाँस्न खेल्न नै। उता गीताका श्रीमान छविलाल पनि आफ्नी श्रीमती उतै अड्किएपछि चिन्तैचिन्ताले बेसुर जस्तै हुनुभएको छ। छविलालको भनाई छ– ‘श्रीमती कहिले आउली भनेर कुर्दाकुर्दै पाँच वर्ष वित्यो, फेरि फर्कन …
जलविद्युतमा यतिबेला बैकको मात्र तीन खर्ब रूपैयाँको लगानी छ। ६ खर्ब रूपैयाँको लगानीमा विभिन्न जलविद्युत आयोजनाहरू बनिरहेका छन् भने ३ खर्ब रूपैयाँको लगानी थपिदैछ। तर केही गतिला कदम चालिएन भने यो लगानी मात्र डुब्ने हैन बिजुली बेचेर धनी हुने नेपाली सपना पनि चकनाचुर हुने शङ्केत देखिएको छ। यो मामिलामा भोलि बुधबारदेखि हुन लागेको नेपाल–भारत नवौं ऊर्जा बैठकले केही चमत्कार गर्ला त ?
नेपाल विद्युत प्राधिकरणले प्रत्येक वर्ष ८ देखि १० प्रतिशतले विद्युतको माग वृद्धि हुने प्रक्षेषण गरेको गर्ने गरेको थियो। यही प्रक्षेपण हेर्ने हो भने चालु वर्षमा नेपालको विद्युतको माग झण्डै २५ सय मेगावाट पुग्नुपर्ने हो तर यो गलत सावित …
१०६ किलोमिटरको झापा-सुनसरी खण्ड रेलमार्गको लागत ३५ अर्ब रूपैयाँ। प्रतिस्पर्धा सीमित गराउँदा राज्यलाई १२ अर्ब रुपैयाँ घाटा।अर्थात सोझो बुझाइमा १२ अर्ब रुपैयाँको भ्रष्टाचार।
यसमा जुन अभ्यास गरियो त्यसलाई दोहराउने हो भने एकहजार किमि रेलमार्गको निर्माण गर्दा एक खर्ब रुपैयाँ ठेकेदारलाई अतिरिक्त फाइदा र राज्यलाई नोक्सान हुने भयो। त्यो तारतम्यमा रहेको थियो त्यो सरकार। सङ्केतहरूले त्यसै भन्छन्।
ठेक्का दिने तिनै, ठेक्का पाउने तिनै, कामको प्रकृति त्यही रहेको अवस्थाको यो चेन तोडिएन भने जुनसुकै सरकारका लागि जहिलेसुकै रेलवे निर्माणमा यो नयाँ मार्ग हुन सक्छ।
रेलवेको यो ठेक्का जसरी कुनै पूर्वाधार तयार नभै केवल मोविलाइजेशन फन्ड र सीमित प्रतिस्पर्धा हुँदा प्राप्त हुने अतिरिक्त …
काठमाडौँ। आर्थिक अनियमिततामा मुछिएका स्थानीय उपभोक्ता समितिहरूलाई संघ र प्रदेशले आफूखुशी बजेट दिएर झनै बदनाम बनाइरहेका छन्।
मुलुक संघीयतामा गए पनि संघ र प्रदेशका निकायहरूले उपभोक्ता समितिमार्फत साना योजना सञ्चालन गर्ने र समस्या देखिँदा जवाफदेही कोही नहुने समस्या बढ्दै गएको छ। स्थानीय तहसँग कुनै समन्वय नगरी गठन हुने उपभोक्ता समितिहरूले योजना अलपत्र पार्ने, आर्थिक अनियमितता गर्नेजस्ता समस्या बढ्दै गए पछि टाउको दुखाईको बिषय बनेको छ। स्थानीय तह जवाफदेही नहुने, संघ र प्रदेशका निकायहरूले पनि समितिका पदाधिकारी नचिन्ने हुँदा आर्थिक अनियमितता मौलाएको छ।यस्ता उपभोक्ता समितिहरू देशभर कति वटा छन् भन्ने पनि कुनै तथ्यांक छैन।
संघ र प्रदेशका निकायहरूले स्थानीय तहलाई थाहै …