Home » विश्व » Page 28
Category:

विश्व

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ। संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको अवस्थालाई जटिल बनाएको छ।

एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए। एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन्।

हमास र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले त्यहाँ इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन्।

इजरायली सेनाले शुजैयामा ‘जमिनमाथि र तल’ भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकूको मृत्यु भएको जनाएको छ।

‘दर्जनौं आतङ्ककारी’ मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र …

0 comment
0 FacebookTwitterEmail

इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।​

राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् ।  त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए ।

इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले …

0 comment
0 FacebookTwitterEmail

दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ । बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए । यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो । यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चोकलाई घेरेका थिए । त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो । यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे ।

प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताए । 

आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई

0 comment
0 FacebookTwitterEmail

विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँग सम्झौतामा अमेरिकी सैन्य गोप्य सूचनाहरू प्राप्त गरेको र प्रकाशित गरेको दोष स्वीकार गरेसँगै उनी स्वतन्त्र भएका छन् । यसका साथै उनी र अमेरिकी सरकारबिच चलिरहेको लामो कानुनी झमेला पनि निष्कर्षमा पुगेको छ ।

बुधवार बिहान असान्जले उत्तरी मारियाना टापुको राजधानी साइफनको सङ्घीय अदालतमा उपस्थित भएर यस कारबाहीमा भाग लिएका थिए । प्रशान्त महासागर बिच रहेको अमेरिकी भूभागमा सुनवाइ भएको थियो ।

सम्झौता अनुरूप असान्जलाई यस अपराधमा दोषी स्वीकार गर्न आवश्यक थियो । तर उनलाई कुनै पनि अमेरिकी जेल सजाय भने हुने थिएन। यसका साथै उनी सिधै आफ्नो जन्मभूमि अस्ट्रेलिया फर्किन पनि पाउँथे । …

0 comment
0 FacebookTwitterEmail

विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँगको सम्झौतापछि उनी जेल मुक्त हुने भएका छन् । अमेरिकी गोप्य कागजातहरूको प्रकाशनमा केन्द्रित लामो समयदेखि चलिरहेको कानुनी लडाइँलाई समाधान गर्न भएको सम्झौता अनुसार असान्जले आफू दोषी रहेको मान्ने भएपछि उनी जेलबाट मुक्त भई स्वतन्त्र हुन पाउने भएका छन् ।

असान्जले सोमबार बेलायती जेल छोडेका छन् र पश्चिमी प्रशान्त क्षेत्रमा रहेको अमेरिकी उत्तरी मारियाना टापुस्थित अमेरिकी सङ्घीय अदालतमा यस हप्ताको अन्त्यमा उनी उपस्थित हुनेछन् । उनले गैर कानुनी रूपमा वर्गीकृत राष्ट्रिय प्रतिरक्षा जानकारी प्राप्त गर्ने र फैलाउने षड्यन्त्र गरेको आरोपमा दोषी स्वीकार गर्ने अपेक्षा गरिएको छ, न्याय विभागले अदालतमा दर्ता गरेको पत्रमा भनेको छ

0 comment
0 FacebookTwitterEmail

हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ। मृत्यु हुनेमध्ये धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए।

यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको समयमा भएको थियो। कहिलेकाहीँ तापमान ५० डिग्री सेल्सियसभन्दा बढी थियो।

मर्नेहरूमध्ये तीन चौथाइभन्दा बढीसँग त्यहाँ जान आधिकारिक अनुमति थिएन र पर्याप्त आश्रय बिना चर्को घाममा हिँडेको साउदी समाचार एजेन्सी एसपीएले जनाएको छ। ‘मृत्यु हुनेमध्ये केही वृद्ध वा दीर्घकालीन बिरामी थिए,’ एजेन्सीले भनेको छ।

साउदी अरबका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले स्वास्थ्य सेवाले करिब ५ लाख तीर्थयात्रीहरूको उपचार गरेको जानकारी दिए। जसमा १ लाख ४० हजारभन्दा बढीसँग अनुमति थिएन।

साउदी अरेबियाले हजलाई …

0 comment
0 FacebookTwitterEmail

इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै हजारौं आन्दोलनकारीले देशका विभिन्न भागमा सरकारविरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ले जनाएको छ ।

सत्तारुढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्वाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।

मुख्य र्‍याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । द टाइम्स अफ इजरायलले रिपोर्ट गरेअनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा …

0 comment
0 FacebookTwitterEmail

अर्बपति टिमोथी मेलनले चुनावका लागि डोनाल्ड ट्रम्पलाई ५० मिलियन (पाँच करोड) डलर दान (चन्दा) गरेका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पलाई चुनाव अभियानका लागि अर्बपति मेलनले एक्लै पाँच करोड डलर चन्दा दिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी मेलनले ट्रम्पलाई ५ करोड डलर दान गरेका हुन् । यस्तै, अर्बपति लिज र डिक उइलेनले ट्रम्पलाई एक मिलियन डलर दान गरेका छन् ।

मेलोनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाडेनभन्दा बढी खर्च गरेको समाचारमा उल्लेख छ ।

0 comment
0 FacebookTwitterEmail

अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा भारत भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीले तिब्बतका निर्वासित धर्मगरु दलाई लामासँग बुधवार धर्मशालामा भेट गरेका छन् । भ्रमणमा रहेका अमेरिकी संसदीय टोलीले निर्वासित तिब्बती संसद्का (जसलाई केन्द्रीय तिब्बती प्रशासन भनिन्छ) प्रतिनिधिहरूसँग पनि भेट गरेको छन्।

पूर्व सभामुख न्यान्सी पेलोसीले धर्मशाला आउन पाउनु धेरै रोमाञ्चक रहेको भन्दै प्रतिनिधिमण्डलको मुख्य ध्यान तिब्बत समस्या  समाधानको पक्षमा वकालत गर्ने कुराको जानकारी दिएकी थिइन्।

भ्रमणमा रहेका प्रतिनिधिमण्डललाई स्वागत गर्न विमानस्थलमा भारतमा रहेका केही तिब्बती शरणार्थीहरूको भीड जम्मा भएको थियो ।

यो भ्रमण अमेरिकी संसद्ले “तिब्बत-चीन विवादको समाधानलाई प्रवर्द्धन गर्ने कानुन” गत हप्ता पारित गरेपछि भएको हो । र यसमा …

0 comment
0 FacebookTwitterEmail

नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को जाडोअघि देशको बिजुली आपूर्ति सुरक्षित र मद्दत गर्न १० करोड ३० लाख डलर प्रदान गर्ने भएको छ ।

“रूसले पावर ग्रिडलाई निष्क्रिय बनाउन ठूलो आक्रमणहरू गरिरहेको छ । तर युक्रेनीहरू आवश्यक बिजुली आपूर्ति कायम गर्न दिनरात काम गरिरहेका छन्”, प्रधानमन्त्री जोनास गाहर स्टोरले एक विज्ञप्तिमा भन्नुभयो ।

नयाँ अनुमानअनुसार युक्रेनको विद्युत् उत्पादन क्षमताको ५० प्रतिशतभन्दा बढी नष्ट भएको सरकारले जनाएको छ ।

प्रधानमन्त्री स्टोरले भन्नुभयो, “हामी युक्रेनसँग कसरी यी कोषहरू सबैभन्दा प्रभावकारीरूपमा प्रयोग गर्न सक्छ भन्ने बारे घनिष्ठ संवादमा छौँ ।”

रुसी आक्रमणबाट विशेषरूपमा प्रभावित खार्किभ क्षेत्रमा मर्मतका लागि १२ करोड क्रोनर

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved