Home » विश्व » Page 29
Category:

विश्व

अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ ।

उपराष्ट्रपति कमला ह्यारिसले रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गर्नुभयो ।

स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी हुनुभएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर नयाँ कोष समावेश भएको जानकारी दिनुभयो ।

यसअघि घोषित युएसएआइडी कोषमा थप ३२ करोड ४० लाख डलर पनि आपत्काली ऊर्जा आवश्यकताहरू पूरा गर्नका लागि पुनःनिर्देशित गरिनेछ ।

“यो कोषले युद्धमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्नेछ, विद्युत् उत्पादनको विस्तार गर्नेछ, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेछ र ऊर्जा

0 comment
0 FacebookTwitterEmail
रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ का नेताहरू सहमत भएका छन् । बिहीबार दक्षिणी इटालीमा जी७ शिखर सम्मेलनमा भेला भएका नेताहरू उक्त ऋण प्रदान गर्न सहमत भएका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेन र इटाली, बेलायत, फ्रान्स, जर्मनी, क्यानाडा र जापानका नेताहरूसँग पुगलियाको लक्जरी बोर्गो इग्नाजिया रिसोर्टमा वार्ताका लागि सहभागी हुनुहुनेछ ।

एजेन्डामा सबैभन्दा माथि रुससँगको दुई वर्षभन्दा बढी समयको युद्धपछि किएभलाई रक्षा, बजेटरी सहयोग र पुनर्निर्माणमा सहयोग गर्नका लागि तत्काल ५० अर्ब डलरको ऋण प्रदान गर्ने योजना रहेको छ ।

पश्चिमी सहयोगीहरूद्वारा जफत गरिएको रुसी केन्द्रीय

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको  छ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भन्नुभयो, “द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।”

युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको …

0 comment
0 FacebookTwitterEmail

बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ ।

“लुटेराहरूले गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,” काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताउनुभयो । अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताउनुभयो ।

कात्सिना प्रहरीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।

“सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएकोे,“ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अपराधीहरूले …

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा इजरायल-हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहितको युद्धविराम प्रस्ताव पारित गरेको छ । 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमबार गाजामा इजरायल र हमासबीचको आठ महिना लामो युद्ध अन्त्य गर्ने पहिलो प्रस्तावलाई भारी बहुमतले अनुमोदन गरेको छ।

सुरक्षा परिषद्मा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रुसले भने मतदानमा भाग लिएको थिएन । 

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । विशाल बहुमतले प्रस्ताव पारित भएपछि अमेरिकाले इजरायल र हमास दुवैलाई विनासर्त युद्ध विराम गर्न अपिल गरेको छ । 

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्कन सोमबार इजरायलमा थिए, जहाँ उनले प्रधानमन्त्री बेन्जामिन

0 comment
0 FacebookTwitterEmail

भारतमा नरेन्द्र मोदीको तेस्रो कार्यकालसँगै चीनसँग ‘नामयुद्ध’ सुरू हुने भएको छ । चीनले भारतको अरुणाचल प्रदेशका विभिन्न भाग आफ्नो दाबी गर्दै ती स्थानको नाम परिवर्तन गरेको विरोधमा भारतले पनि प्रतिकारात्मक प्रयास सुरु गरेको हो । भारत सरकारले प्रतिक्रियास्वरूप चीनको तिब्बत स्वायत्त क्षेत्रका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन गर्ने योजना बनाएको विभिन्न समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

द डिप्लोम्याटका अनुसार उनीहरूले चीनको तिब्बत स्वायत्त क्षेत्रमा नाम परिवर्तन गर्ने ठाउँहरूको विस्तृत सूची प्राप्त गरेका छन्। भारतीय सैन्य स्रोतहरूले यो सूची उपलब्ध गराएको छ र नयाँ सरकारले दिल्लीमा सत्ता ग्रहण गरेपछि आधिकारिक रिलीज हुने अनुमान सो सञ्चारमाध्यमले प्रवाह गरेको छ।

भारतको विश्वव्यापी

0 comment
0 FacebookTwitterEmail

मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताउनुभएको छ । यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए ।

यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा …

0 comment
0 FacebookTwitterEmail

दक्षिण भारतको तेलंगाना राज्यमा सरकारले विभिन्न कृषि सहायता संस्थाहरू र प्रविधि कम्पनीहरूसँगको सहकार्यमा एउटा नवीन परियोजना “सागु बागु” सुरु गरेको छ। यस परियोजनाले सात हजार खुर्सानी उत्पादक कृषकहरूलाई एआई सञ्चालित औजारहरूद्वारा खुर्सानी खेतीमा सहयोग गरी कृषिमा उदीयमान प्रविधिहरूको प्रयोग तथा एकीकरणमा महत्त्वपूर्ण पाइला अगाडि बढाएको छ।

 “सागु बागु” कार्यक्रमले परम्परागत चुनौतीहरूबाट किसानहरूलाई सहयोग गर्न एआई आधारित विभिन्न समाधानहरू अगाडी ल्याएको छ। यसका लागि महत्त्वपूर्ण मानिने ह्वाट्सयाप च्याट बट डिजिटल ग्रिन र ओपन सोर्स डेभलपर ग्लिफिकसँगको सहकार्यमा बनाइएको  थियो। तेलुगु भाषाको यस च्याट बटले किसानहरूलाई कृषि उत्पादनको विभिन्न चरणहरू अनुरूप समयमै सुझावहरू प्रदान गरेको थियो ।

कृषि तन्त्र नामक एग्रीटेक स्टार्टअपले …

0 comment
0 FacebookTwitterEmail

अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ ।

एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने बताउनुभएको छ ।

“अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले राष्ट्रिय स्तरमा दुई लाख ५० हजार रोजगारीलाई समर्थन गर्दछ । शिक्षामा मात्र नभई खुद्रा, पर्यटन र आवासजस्ता क्षेत्रहरूमा पनि रोजगारीका अवसरहरू रहेको उहाँले बताउनुभयो ।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या फेब्रुअरीमा सात लाख नाघेपछि मे महिनामा सत्तारुढ लेबर …

0 comment
0 FacebookTwitterEmail
हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिनापछि गाजामा अझै पनि एक सय २० जनालाई राखिएको छ । यद्यपि कति मानिस अझै जीवित छन् भन्ने स्पष्ट छैन ।

‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा मूल दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए । अहिलेसम्म एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ ।

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो ।

इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ ।

इजराइली सेनाका अनुसार गाजामा

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved