Home » विश्व » Page 27
Category:

विश्व

प्यालेस्टिनी लडाकू समूह युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।

हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षितगरी आक्रमण गरे पनि उनी‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनामा पहिलोपटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताए ।

युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले …

0 comment
0 FacebookTwitterEmail

शनिवार अमेरिकाको पेन्सिलभेनियामा एक र्‍यालीमा बोल्दै गर्दा डोनाल्ड ट्रम्पमाथि गोली हानी हत्याको प्रयास गरिएको छ ।  पूर्व राष्ट्रपति ट्रम्पको कानमा बन्दुकको गोलीले चोट लागेको छ । ट्रम्पलाई उनका गोप्य सेवा आधिकारीहरूले तुरुन्तै बाहिर निकालेर सुरक्षित स्थान तर्फ लागेका थिए । ट्रम्पका चुनावी अभियानका संयोजकका अनुसार उनी ठिक रहेको बताइएको छ ।

घटनामा सन्दिग्ध बन्दुकधारी र कम्तीमा एक सहभागीको मृत्यु भएको छ । गोप्य सेवा सुरक्षाकर्मीका अनुसार दुई दर्शक गम्भीर घाइते भएका छन् ।

गोली प्रहारको करिब साढे दुई घण्टापछि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले भने – “गोलीले मेरो दाहिने कानको माथिल्लो भाग छेडिएको छ” ।

अगाडी ट्रम्पले पोस्टमा  लेखेका …

0 comment
0 FacebookTwitterEmail

२०२४ को पहिलो छ महिनामा पाकिस्तानमा सात पत्रकारको हत्या भएको छ । गत सालको तुलनामा यो सङ्ख्या उच्च हो ।

पछिल्लो पटक पत्रकार खलील जिब्रान मरिएका थिए ।अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको स्थानीय प्रेस क्लबका पूर्व अध्यक्ष समेत रहेका जिब्रानले चलाउँदै गरेको गाडीलाई दुई व्यक्तिले आक्रमण गरी गाडीबाट बाहिर निकालेर गोली हानी हत्या गरेका थिए।

पत्रकार हत्याको अनुसन्धान गर्ने संस्थाका लागि काम गर्ने आदिल जवादले भन्छन –“सात वटा घटनाहरू मध्ये चार जनाको हत्याको कारण पत्रकारितासँग सम्बन्धित हुन सक्छ”।

धेरैजसो पत्रकारहरूको हत्या स-साना बजार र सहरहरूमा भएको छ । यस्ता ठाउँमा पेशेवर पत्रकारहरूको प्रोफाइल विस्तार गर्न र नागरिक रिपोर्टरहरूलाई प्लेटफर्म …

0 comment
0 FacebookTwitterEmail

युक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुसमा भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।

रुस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाखमध्ये पहिलो किस्तावापत् ४५ लाख रुपैयाँ पठाइसकेको र बाँकी केहीदिनमै पठाउने जनाइएको छ ।

मोदीले भ्रमणका क्रममा रुसी राष्टपति भ्लादिमिर पुटिनसँग रुसी सेनामा भर्ना भएका भारतीयका बारेमा चासो राखेका हुन् ।

रुसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ। त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानमा भएको बताइएको छ …

0 comment
0 FacebookTwitterEmail

रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन युक्रेनी वायुसेनाले नष्ट गरेको छ ।

रुसले आइतवार राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी किरोभोहराद, खार्किभ, सुमी र पोल्टाभा क्षेत्रमा खसालेको युक्रेनी समाचार एजेन्सी (युक्रिनफर्म) ले युक्रेनको वायुसेना कमान्डर लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै जनाएको छ ।

सन् २०२२ देखि रुस र युक्रेनबीच द्वन्द्व जारी छ । दुवै पक्षले कति क्षति ब्यहोरे भन्ने विषयमा विवादास्पद रिपोर्टहरू आएका छन् । प्रत्येक पक्षले अर्कोलाई गम्भीर क्षति पुर्याएको दाबी गर्ने गरेका छन् ।

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउन बिहीबार कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको छ । सन् २०२२ मा २४ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुलुकमा ५२ लाखले मात्र आयकर रिटर्न दाखिला गरेका थिए ।

सङ्घीय राजस्व बोर्ड (एफबीआर) को आँकडाअनुसार बोर्डले अप्रिलमा अध्यादेश पारित गरेपछि दूरसञ्चार प्राधिकरणलाई दुई लाख १० हजार सिमकार्डको जडान ब्लक गर्न आदेश पठाएको थियो । तीमध्ये ६२ हजारलाई पछि पुनःस्थापना गरिएको थियो ।

‘हामीले आफ्नो कर भुक्तानी गर्ने मानिसहरूको सिम अनब्लक गरेका छौँ,’ एफबीआरका जनसम्पर्क अधिकारी बख्तियार मुहम्मदले भने, ‘कसैले स्वेच्छाले अगाडि आएर कर तिर्दैनन्, हामीले मानिसलाई कर तिर्ने मार्ग बनाउनुपर्छ …

0 comment
0 FacebookTwitterEmail

गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।

इराकमा इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्ध बढ्ने सम्भावना रहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको उल्लेख गरे ।

यसैबीच इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।

‘इराक र यसका सशस्त्र समूहहरू द्वन्द्वमा प्रवेश गर्नेछन् । उनीहरू आफ्ना सहयोगीहरूप्रति क्षमतामात्र नभई आफ्नो वफादारी पनि देखाउन चाहन्छन्,’ उनले …

0 comment
0 FacebookTwitterEmail

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतङ्ककारी आक्रमण हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

सोमबार साँझ करिब ५ बजे कातिबा मासिनाका दर्जनौँ आतङ्ककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए । अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारीहरू)सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका हुन् ।

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेका थिए ।

सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय सङ्कटको बीचमा आतङ्कवादी हमलाहरूबाट ग्रस्त छ ।

0 comment
0 FacebookTwitterEmail

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध शुरू भएयता प्यालेस्टाइनी (गाजा) क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएको पाइएको छ ।

सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो ।

संक्रमणका कारण उनलाई सुत्न समस्या भइरहेको छ । तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’मा एलवान र उनका सात बच्चा आश्रय लिइरहेका छन् । तर उनीहरू सुत्न सकिरहेका छैनन् ।

‘मेरो छोरो रातभरि निदाउन सक्दैन, किनभने उसले छालासम्बन्धी रोगका कारण आफ्नो शरीरलाई स्थिर राख्न सक्दैन,’ चिन्तित आमा एलवानले भनिन् …

0 comment
0 FacebookTwitterEmail

भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् ।

मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो । प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।

भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

घटनामा घाइते भएका सयौं …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved