Home » विश्व » Page 32
Category:

विश्व

दुई शीर्ष इजराइली अधिकारीले भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् ।

“यो ती राष्ट्रपतिबाट सुन्न कठिन र अत्यन्त निराशाजक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ”, संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजराइलको पहिलो प्रतिक्रिया दिँदै सार्वजनिक रेडियोमा भन्नुभयो ।

इजराइलले रफाहको पूर्वी क्षेत्रमा ट्याङ्क पठाएर र ‘लक्षित आक्रमण’ गरेर अन्तर्राष्ट्रिय आपत्तिहरूलाई अस्वीकार गरेको छ । रफाह हमासको अन्तिम बचेको बटालियनहरूको घर भए पनि इजिप्टको सीमामा रहेको यो सहर विस्थापित प्यालेस्टिनीहरूले भरिएको छ ।

“यदि उनीहरू रफाहमा गए भने म सहरहरूसँग सामना गर्नका

0 comment
0 FacebookTwitterEmail
हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको  सिएनएनले जनाएको छ ।

भरपर्दो स्रोतबाट सिएनएनले प्राप्त गरेको दस्तावेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले विस्तृत योजना प्रस्तुत गरेको छ ।

दस्तावेजअनुसार सम्झौता तीन चरणमा लागु हुनेछ र प्रत्येक चरण ४२ दिनसम्म चल्नेछ । पहिलो चरणको छ हप्ताको अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकहरूको रिहाइ समावेश छ ।

बदलामा इजराइली सेना बिस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुनेछन् । जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिनेछ भने निरस्त्र प्यालेस्टिनीहरूलाई गाजा पट्टीभर स्वतन्त्र

0 comment
0 FacebookTwitterEmail

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० …

0 comment
0 FacebookTwitterEmail
गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ  सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफुहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए ।

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताउनुभएको छ । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे

0 comment
0 FacebookTwitterEmail

गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ ।

विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ …

0 comment
0 FacebookTwitterEmail
बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार आरोप’ को चीनले निन्दा गरेको छ ।

“संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ठूलो मात्रामा सहायता विधेयक अगाडि ल्याएको छ, साथै चीन र रुसबीचको सामान्य व्यापारविरुद्ध आधारहीन आरोप पनि लगाएको छ”, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भन्नुभयो, “यस्तो प्रकारको दृष्टिकोण अत्यन्त कपटी र पूर्णतः गैरजिम्मेबारपूर्ण छ र चीन यसको कडा विरोध गर्दछ ।”

चीन र रुसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथि आक्रमण गरेपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।

चीनले आफू युक्रेन द्वन्द्वमा तटस्थ पक्ष भएको बताउँछ तर मस्कोको हमलाको निन्दा गर्न अस्वीकार गरेकामा

0 comment
0 FacebookTwitterEmail

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो । “जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुङ्गा पल्टिँदा दुर्घटना भएको छ,” आइओएमले एक्स (ट्वीटर)मा लेखेको पोस्टमा भनिएको छ ।

“कम से कम २८ व्यक्ति वेपत्ता भएका छन् । १६ जनाको मृत्यु भएको छ”, विज्ञप्तिमा भनिएको छ, “स्थानीय आईओएम शाखाले स्थानीय अधिकारीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको छ । यो तथाकथित पूर्वी आप्रवासन मार्गमा भएको पछिल्लो घातक दुर्घटना …

0 comment
0 FacebookTwitterEmail

गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन् ।

गत बर्षको अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले इजरायलको दक्षिणी सिमानामा एक्कासी आक्रमण गरी करिब एक हजार २०० जनाको ज्यान लिएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई अपहरण गरेको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार हमास आक्रमणको बदलामा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ३४ हजार १५१ पुगेको छ भने यस क्रममा

0 comment
0 FacebookTwitterEmail

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने बताएका छन्।

‘हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौं किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो,” नेतन्याहूले निस्तार चाडको यहूदीहरूको बिदाको पूर्वसन्ध्यामा एक भिडियो वक्तव्यमा भने।

अन्तरराष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक–पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आउनु भएको छ । रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइसकेका छन् ।

गाजा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई …

0 comment
0 FacebookTwitterEmail

ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ ।

डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् ।

सन् २०२३ मा डेङ्गुका कारण एक हजार १७९ जनाको मृत्यु भएका थिए । सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो ।

शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved