भारतले संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयाेग (युएनएचसिआर) मा पाकिस्तानलाई समर्थन गरेको छ। स्विडेनमा कुरान जलाएको विरोधमा पाकिस्तानले युएनएचसिआरमा एउटा प्रस्ताव राखेको थियो। यसमा भारतले पाकिस्तानको समर्थनमा भोट गरेको हो।
सबै इस्लामिक देशसहित युरोपेली संघ, पोप फ्रान्सिस र स्वयं स्विडेनले यो घटनाको निन्दा गरेको थियो। पाकिस्तानले कुरा जलाइएको घटनाविरुद्ध कडा कारबाहीको माग गर्दै प्रस्ताव पेस गरेको थियो। यद्यपि अमेरिका र युरोपेली संघसहित थुप्रै पश्चिमा देशले अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै उक्त प्रस्तावको विरुद्धमा भोट गरेका थिए।
४७ मध्ये १२ सदस्यद्वारा प्रस्तावको विरोध
युएनएचसिआरमा कुल ४७ सदस्य छन्। यसमा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) का १९ देश सहभागी छन्। यी सबैले पाकिस्तानको …