Home » खेलकुद/मनोरञ्जन » Page 15
Category:

खेलकुद/मनोरञ्जन

नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एकदिवशीय खेलमा पराजय भोगेको छ। भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी) विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले  जित्न भने सकेन।

नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने पक्कै रहेका थिए। दुवै खेल ‘हाइस्कोरिङ म्याच’ का रूपमा रोमाञ्चक साबित भए। नेपाली क्रिकेटमा मुश्किलले देख्न पाइने शतकीय पारी यी दुवै खेलमा नेपाली खेलाडीको ब्याटबाट निस्किनु ज्यादै सुखद पक्ष रह्यो। यी दुई खेलका क्रममा टोलीका केही खेलाडीहरूले केही ब्यक्तिगत किर्तिमानको कोशेढुंगा पार गर्न सफल पनि भए। यही खेलमार्फत केही युवा खेलाडीले टिमबाट …

पपुवान्युगिनीविरुद्धका दुई खेलः नजिते पनि रोमाञ्चक
0 comment
0 FacebookTwitterEmail

युरोपियन च्याम्पियन र चारपटकको विश्वकप विजेता इटाली लगातार दोस्रोपटक विश्वकप फुटवल प्रतियोगितामा छनौट हुन असफल भएको छ। गए राति सम्पन्न विश्वकप छनौटको प्लेअफ खेलमा नर्थ मेसेडोनियाको हातबाट १–० ले पराजित भएसँगै इटालीको विश्वकप २०२२ को यात्रा छनौट चरणमै टुङ्गिएको हो। इटाली २०१८ को विश्वकपमा पनि छनौट हुन सकेको थिए।

फुटबलको महाशक्ति राष्ट्रका रूपमा परिचित इटालीमा फुटबललाई एउटा संस्कारका रूपमा लिइन्छ।  फुटबल खेललाई त्यस देशको अर्थतन्त्रको मात्र नभई त्यहाँको सामाजिक जीवनको समेत एक अभिन्न अङ्ग मानिन्छ। विश्वकपमा इटालीको लगातारको असफलतालाई ऐतिहासिक दुःखद घटनाको रूपमा विश्लेषण गरिएको छ। केहीले यसलाई इटालीयन फुटबलको विनाशका रूपमा हेरेका छन् भने फुटबल समर्थकहरूले भने यो नतिजाबाट …

लगातार दोस्रोपटक इटाली विश्वकपबाट बाहिर
0 comment
0 FacebookTwitterEmail

अबको एक हप्ता फुटबलप्रेमीहरूको ध्यान केही महत्वपूर्ण अन्तर्राष्ट्रिय स्पर्धाहरूमा केन्द्रित रहने छ। यसका लागि विश्वका प्रमुख फुटबल लिगहरूले ‘इन्टरनेशनल ब्रेक’ लिइसकेका छन्। यो ब्रेकमा विश्वकप छनौटका केही महत्वपूर्ण खेलहरू सञ्चालन हुनेछन्। जसमध्ये युरोपियन छनौट अन्तर्गत नर्थ मेसेडोनियाविरुद्ध चारपटकको विश्वकप विजेता इटालीको खेल र टर्कीविरुद्ध क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको खेलमाथि सबैको नजर रहनेछ।

युरोपका ११ टोलीहरू छनौट चरण पार गरेर यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलको अन्तिम चरणका लागि छनौट भइसकेका छन्। यस अवस्थामा अब फुटबलको त्यो महाकुम्भमा युरोपियन टिमका लागि तीनवटा स्थान मात्र बाँकी छ। र, त्यो तीन स्थानका लागि ६ टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्दैछन्। त्यसमध्ये २४ मार्चका दिन इटाली …

फुटबलमा ‘इन्टरनेशनल ब्रेक’
0 comment
0 FacebookTwitterEmail

रसियाले युक्रेनमाथि गरेको सैनिक कारवाहीको प्रतिक्रियास्वरूप रुस र त्यहाँका नागरिकमाथि विश्वका धेरै देशहरूले विभिन्न किसिमका प्रतिबन्ध लगाए। बेलायती सरकारले इंग्लिश फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोबिचमाथि लगाएको प्रतिबन्धलाई त्यसैको एउटा कडीका रूपमा लिन सकिन्छ। २४ फेब्रुअरीका दिन रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको थियो।

रुसले आक्रमणको क्रमलाई जारी राखेपछि १० मार्चका दिन बेलायतले चेल्सी फुटवल क्लवका मालिक अब्रामोबिच माथि प्रतिबन्ध लगाउँदै बेलायतमा भएको उनको सबै सम्पत्ति रोक्का गरिदिएको थियो। उनीमाथि यात्रा गर्नबाट समेत प्रतिबन्ध लाग्यो। रुसलाई युक्रेनमाथि आक्रमण गर्नका लागि आर्थिक सहयोग उपलव्ध गराएको गम्भीर आरोप उनीमाथि बेलायतले लगाएको छ।

अब्रामोबिच माथिको प्रतिबन्धको सबैभन्दा ठूलो मार भने चेल्सी फुटबल …

को बन्ला चेल्सीको नयाँ मालिक?
0 comment
0 FacebookTwitterEmail

आइसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार व्यहोरेको छ। आयोजक युएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै युएईलाई ४६.३ ओभरमा १६८ रनको न्युन स्कोरमा रोक्न सफल भएको थियो।

तर प्रतिओभरको ३.३६ को औसतमा रन बनाउने लक्ष्य बोकेर मैदान प्रवेश गरेको नेपालले  पुनः एकपटक युएईका सामु घुँडा टेकिदियो। नेपाली टोली ३५.१ ओभरमै केवल १२० रन बनाएर अलआउट भयो। यो हारले प्रतियोगिताको शीर्ष चारमा रहँदै सोझै विश्वकप छनौटको अन्तिम चरणमा स्थान बनाउने नेपालको अभियानमा गम्भीर धक्का पुगेको छ।

पहिलो खेलमा पपुवान्युगिनीविरुद्ध आकर्षक अर्धशतक बनाएका रोहितकुमार पौडेलले यस खेलमा पनि नेपालका तर्फबाट सर्वाधिक …

आगामी खेलहरू नेपालका लागि झनै कठिन
0 comment
0 FacebookTwitterEmail

नेपाली क्रिकेटलाई आजको स्थानसम्म ल्याइपुर्‍याउन ब्याटिङले भन्दा बलिङले महत्वपूर्ण भूमिका निभाएको छ। तर पछिल्ला केही समययता नेपालले खेलेका खेलहरूलाई विश्लेषण गर्ने हो भने नेपालको ब्याटिङमा पनि आशाका नयाँ किरण देखा परेका छन्, कालो बादलको छेउमा चाँदीको घेरो देखिएजस्तै। विशेषगरी करण केसी, कुशल भुर्तेल र रोहित पौडेलको आगमनले नेपाली ब्याटिङलाई एउटा नयाँ दिशा प्राप्त भएको छ।

 

क्रिकेटलाई ‘ब्याट्स्मेन्स् गेम’ पनि भनिन्छ अर्थात् ब्याट्स्म्यानहरूको खेल। तर आधुनिक नेपाली क्रिकेटको इतिहासलाई हेर्ने हो भने ब्याटिङमाथि बलिङ सदैव हावी हुँदै आएको देख्न पाइन्छ। मूलतः ब्याटिङ पक्ष नेपाली क्रिकेटको परम्परागत कमजोरी रहँदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव हासिल गरिसक्दा पनि नेपाली क्रिकेटमा ब्याटिङ …

ब्याटिङमा आशाको सञ्चार
0 comment
0 FacebookTwitterEmail

२० सिजन, २०७० फुटबल म्याच, १५६३ गोल, ५५५ असिस्ट, ७१ उपाधिहरू, १२ बलोन डि/ओर, १० गोल्डेन बुट………., फुटबल खेलमा चासो नराख्नेहरूलाई यी तथ्याङ्कहरूका बारेमा अनुमान लगाउन गाह्रो पर्ला,  तर यदि तपाईँ फुटबललाई माया गर्नुहुन्छ, यो खेललाई पछ्याउनुहुन्छ भने चाहिँ तपाईँका लागि यी तथ्यहरू नौला विषय नहुन सक्छन्। एक्काइसौँ शताब्दीको मात्र होइन, सम्भवतः फुटबल खेलको इतिहासमै यो खेलले पाएको अहिलेसम्मकै प्रतिभावान् दुई खेलाडीहरूले आफ्नो दुई दशक लामो व्यावसायिक खेलजीवनका क्रममा हासिल गरेका उपलब्धिहरूको फेहरिस्त हो यो। यी दुई खेलाडीका बारेमा यी तथ्यहरूले नै धेरै कुरा बताइरहेका छन्।

हो, हामी यहाँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको चर्चा गरिरहेका छौ, जसले पछिल्लो दुई …

मेसी–रोनाल्डो युग अन्त्यतर्फ
0 comment
0 FacebookTwitterEmail

नेपालमा क्रिकेट खेललाई परिचित गराउने श्रेय राणा प्रधानमन्त्री चन्द्रशमशेरका कान्छा सुपुत्र मदनशमशेर जवरालाई दिने गरिएको छ। आजभन्दा एक शताव्दी पहिले अर्थात् सन् १९२० को दशकको सुरूताका मदनशमशेरले नै नेपालमा पहिलोपटक क्रिकेट खेलेको इतिहासमा उल्लेख छ। तर त्यो समयमा क्रिकेट शासकवर्ग र केही सम्भ्रान्त परिवारभित्रै सीमित थियो। त्यसपछिका कैयौँ दशकसम्म नेपाली क्रिकेट खेल तिनै शासक र सम्भ्रान्त वर्गको परिधिबाट बाहिर आउन सकेन। नेपालमा क्रिकेट खेल्ने त्यही वर्गले सन् १९४६ मा नेपाल क्रिकेट एशोसिएसनको स्थापना गरेका थिए जसलाई नेपालको पहिलो आधिकारिक खेलकुद संस्था समेत हो। सन् १९६१ मा राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट एशोसिएसनलाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपालको क्रिकेट खेलको …

0 comment
0 FacebookTwitterEmail

विश्व क्रिकेट इतिहासकै सर्वाधिक लोकप्रिय लेगस्पीनर शेन वार्न अब हामीमाझ छैनन्। गत विहीवारको रात ५२ वर्षीय वार्नको थाइल्याण्डस्थित आफ्नै निवासमा हुदयघातका कारण निधन भएको उनको व्यवस्थापकीय टोलीले जानकारी गराएपछि विश्व क्रिकेट जगत् शोकमा डुबेको छ।

विश्व क्रिकेट जगतमा एउटा लेगस्पीनरका रूपमा शेन वार्नको नाम अग्रस्थानमा आउँछ। सन् ७० र ८० को दशकमा विश्व क्रिकेटमा वेष्टइन्डिजका तीव्र गतिका बलरहरूको दवदवा कायम भएको समयमा वार्नले टेस्ट क्रिकेटमा स्पीन बलिङलाई आक्रमणको प्रमुख हतियारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। वेष्टइन्डिजले जस्तै ९० को दशकमा विश्व क्रिकेटमा एकछत्र राज गरेको अष्ट्रेलियन क्रिकेट टोलीको स्पीन आक्रमणको जिम्मेवारी वार्नकै काँधमा थियो।

सन् १९९३ को एसेज …

0 comment
0 FacebookTwitterEmail

गत साता ओमानमा सम्पन्न टी२० विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह को सेमिफाइनल खेलमा युएईको हातबाट नमीठो पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना पुनः एकपटक चकनाचूर भएको छ।समूह चरणका सबै खेलमा प्रभावशाली जित हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएसँगै नेपाली समर्थकको नेपालले अवश्य विश्वकप खेल्नेछ भन्ने विश्वासलाई थप बल मिलेको थियो, नेपाली टोली माथिको भरोसा अझ मजबूत बनेको थियो।फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनौट हुने स्थितिमा नेपाल आफ्नो लक्ष्य भन्दा मात्र एक खेल टाढा थियो।नेपाली माटोलाई चिनेका र कुनै समय नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइमा पुर्‍याउन सफल प्रशिक्षक पुदुवु दासानायकेको पुनरागमनले …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved