सरकारी सेवामा हुने ढिलासुस्तीले सेवाग्राहीले भोग्नुपरेको सास्तीबारे बढेको गुनासो साम्य पार्न गरिएका प्रयास प्रभावकारी देखिएको छ । प्रशासनबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि जिप्रका काठमाडौंले सेवाको प्रकृतिको आधारमा १५ मिनेट देखि १ घण्टा भित्र सेवा प्रवाह गर्न भन्दै टाइम कार्ड लागू गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले लागू गरेको टाइम कार्डबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् ।
नागरिकलाई चुस्त छरितो, सहज र सरल ढंगबाट सेवा प्रदान गर्नका लागि जिप्रकाले १० वटा सेवामा टाइम कार्ड लागू गरेको छ । बिहीबार देखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइमकार्ड लागू गरेको जिप्रकाले …
