निर्वाचनमा मतदातासमक्ष कम्तीमा पन्ध्र वर्ष यताउता नहुने भनी प्रतिवद्धता जनाइएको पाँचदलीय गठवन्धन निर्वाचनको परिणाम आएर सरकार बनाउने क्रममा टुटयो। पन्ध्र वर्ष यताउता नहुने भनिएको गठवन्धन नेतृत्वको धोकाधडीका कारण परिणाम आएको (मंसिर ३०) दश दिन पनि टिेकेन।
गठवन्धको दोस्रो ठूलो दलका नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा आफैले प्रतिस्पर्धा गरिएको अर्को गठवन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपीशर्मा ओलीको शिविरमा पुगे र उतै बाट प्रधानमन्त्री बने।
नेपाली कांग्रेसले यसलाई ठूलो राजनीतिक धोका भएको भन्यो। पुस १० देखि पुस २५ सम्म प्रचण्डबाट आफुलाई ठूलो धोका भएको भन्ने उसको भनाइ दोहोर्याइनै रह्यो। तर प्रधानमनत्रीमा नियुक्त भएका सत्रौं दिन पुस २६ मा तिनै प्रचण्डलाई …
