Home » विचार
Category:

विचार

नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने मागसहित केही मानिसहरू आन्दोलनमा उत्रिएका छन् ।  विशेष गरी पछिल्लो समय देशका विभिन्न स्थानमा “राजा आऊ देश बचाऊ” जस्ता नारासहित प्रदर्शनहरू भएका छन् । आज राजधानीमा यस्तै नारा लागिरहेको छ । देशमा फैलिँदै गएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र वर्तमान गणतान्त्रिक व्यवस्थाप्रतिको असन्तुष्टिलाई यी नाराहरूले झल्काएको छ तर यो नारा सफल हुने सम्भावना छ त? यस आन्दोलनले नेपालमा कस्तो असर पार्ला भन्ने प्रश्नको जवाफ विभिन्न पक्षबाट विश्लेषण गरिनुपर्दछ । यसका लागि कम्युनिस्ट विद्रोहबाट अपदस्थ भएका विभिन्न तीन देशका राजतन्त्र पुनर्स्थापनाका माग र अनुभवबारेका उदाहरणहरू हेरौँ ।

सन् १९९० पछिको समयमा कम्बोडिया नै एक मात्र देश हो, जहाँ …

0 comment
0 FacebookTwitterEmail

राजनीतिक भ्रष्टाचार : ७

पूर्व राजा ज्ञानेन्द्रले सडकमा उत्रनु केही दिन अघि देशमा चलिरहेको गणतान्त्रिक व्यवस्थालाई विधि विधान विरुद्धको भनेर संज्ञा दिए । प्रजातन्त्र दिवसको अघिल्लो लामो सन्देश दिँदै उनले अव आफूलाई साथ दिन आह्वान गर्दै भने – ‘आम जनताको मन, मगज र मतका आधारमा देशको विधि व्यवस्था तथा मान्यता अनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनुपर्दथ्यो’ ।

यसको अर्थ हो अहिले राज्य सञ्चालन जसरी भइरहेको छ त्यो देशको विधि, व्यवस्था तथा मान्यता अनुसार छैन । यसलाई थप व्याख्या गर्दै उनका अनुयायीले सडकमा नारा उराल्न थाले – गणतन्त्र भनेकै भ्रष्ट व्यवस्था हो ।

पूर्व राजाले अहिले राज्य सञ्चालन विधि …

0 comment
0 FacebookTwitterEmail

विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहोर्‍याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ ।

नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, …

0 comment
0 FacebookTwitterEmail

हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन् अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे पनि मानसिक रोगका बिरामीले सकभर सार्वजनिक गर्न चाहँदैन् । मानौँ उनीहरु बिरामी नै होइनन्झैँ गरी लुकाउने र परिवारका सदस्यले पनि ढाकछोप गराउन खोज्छन् । जतिबेला अन्य मानिसले थाहा पाउँछन्, त्यतिबेला बिरामीको अवस्था निकै जटिल भइसकेको हुन्छ ।

साधारण जनसङ्ख्याको कम्तीमा पनि दुई प्रतिशत मानिसलाई कडा मानसिक रोग लागेको पाइन्छ । न्युरोसिस पनि धेरै प्रकारको हुन्छ । साधारण जनसङ्ख्याको कम्तीमा १० देखि १५ प्रतिशत मानिसलाई कुनै न कुनै न्युरोसिस रोग …

0 comment
0 FacebookTwitterEmail

केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो। हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो। त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो। सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरु देखिएको भनेका थिए। तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो। यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोष्ट भाइरल कफ’ भन्ने गरिन्छ। र यस्तो अवस्था …

0 comment
0 FacebookTwitterEmail

दरबारमा तीनवटी रानीहरू थिए गान्धारी, कुन्ती र द्रौपदी। गान्धारीको मनमा दुर्योधनसहितका १०० भाइमात्र जेहेनमा आउँथे। कुन्तीको मनमा कर्णको वीरता र अभिमन्युको वीरता र उनीहरूको  रिक्तताले पिरोलिई राखेको थियो। द्रौपदीका आँखाहरूमा आफ्ना छोराहरूको बीभत्स हत्याको कारणले आँसुको भेल थेगिएको थिएन। तीनओटै रानीहरू महाभारतको युद्धको मूल्याङ्कन आफ्ना आफ्ना तरिकाले मौनरुपमा गरिरहेका हुन्थे। धृतराष्ट्रमा भने दुर्योधनको आवाजको प्रतिध्वनिले सधैँ झकझकाई रहेको हुन्थ्यो …….

युद्ध समाप्त भयो। सबैको इच्छा पुग्यो। धृतराष्ट्रको इच्छा, दुर्योधनको इच्छा, पाण्डवको इच्छा। कुन्तीले पनि शान्ति प्रस्ताव लिएर आएका आफ्ना भदाहा श्रीकृष्णसँग सोधेकी थिइन्—बाबु, के साँच्चै तिमी युद्ध रोक्न आएका हौँ? शान्ति सम्भव छ र? विना युद्ध शान्ति कसरी बहाल होला? …

0 comment
0 FacebookTwitterEmail

आज फागुन ७ गते, नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण दिन हो – प्रजातन्त्र दिवस।  यो दिनले नेपाली जनताको बलिदानी पूर्ण सङ्घर्षको सम्झना गराउँछ, जसले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको स्थापना गर्‍यो।

प्रजातन्त्र दिवसले हामीलाई हाम्रो देशको लागि आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात वीर शहीदहरूको त्याग र समर्पणको स्मरण गराउँछ। यो दिन हामीलाई लोकतन्त्रको मूल्य र महत्त्वको बारेमा सोच्न र यसलाई जोगाउनको लागि प्रेरित गर्दछ। यस विशेष दिनमा, हामीले आफ्नो देशलाई अझ राम्रो र समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धतालाई नवीकरण गर्नुपर्छ। हामीले लोकतन्त्रका मूल्यहरूलाई सम्मान गर्नुपर्छ र सबैको लागि न्याय र समानता सुनिश्चित गर्नुपर्छ। प्रजातन्त्र दिवस मनाउनुको …

0 comment
0 FacebookTwitterEmail

हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ ।

राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा पहिले पनि भएको पाइन्छ, जसको मुख्य आधारका रुपमा १९९७ सालको प्रजापरिषद्को जनविद्रोहको आवाज थियो, जसलाई राणाशासनले कुल्चियो र नेपालका महान् सपूतहरू शुक्रराज शास्त्री, दशरथ …

0 comment
0 FacebookTwitterEmail
काठमाडौँमा तापक्रम बिस्तारै बढ्दै चिसो घटेर गएसँगै खेलको माहौल पनि तातिने भएको छ । आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तरराष्ट्रिय  महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । गत तिहारअघि चिसोयाम भर्खरै सुरु भएको अवस्थामा नेपाली दर्शकहरु राति रङ्गशालामा उपस्थित भएर नेपाली महिला टोलीको पक्षमा जुटेका थिए । उक्त सातौँ साफ महिला च्याम्पियनशिप प्रतियोगितामा नेपालले राम्रो खेल प्रदर्शन गरेको अवस्थामा पनि फाइनलमा पराजित भएपछि निराश भएका दर्शकहरुको खुसी फर्काउने अवसर फेरि नेपाली टोलीमाथि आएको छ । यसका लागि गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदेखि विभिन्न मुलुकमा व्यावसायिक खेल खेलिरहेका खेलाडीहरु समेत टोलीमा फर्केका छन् ।

यसपालि

0 comment
0 FacebookTwitterEmail

सङ्घीय संसद्का दुवै सदन–प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक यही माघ १८ गते सुरु भइसकेका छन् । २०७९ सालको आमनिर्वाचनपछिको सङ्घीय संसद्को पाँचौँ अधिवेशन हो । यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा हेरिएको छ । पहिलेदेखि संसद्का दुवै सदनमा रहेका, यसबीचमा प्रस्तुत भएका अध्यादेशहरु र विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा विचाराधीनसमेत गरी झन्डै पाँच दर्जन कानुन बन्ने क्रममा देखिन्छन् । अधिवेशनको पहिलो दिन नै छवटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

स्मरणीय छ, अध्यादेशको कानुनी उमेर बढीमा छ महिनाको हुन्छ, छ महिनाभित्रमा संसद्मा प्रस्तुत भएन भने यो स्वतः निष्क्रिय हुन्छ । छ महिनाभित्रैमा संसद्मा प्रवेश गरेमा ६० दिनभित्रमा संसद्ले सदर या बदर गरिसक्नुपर्छ

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved