Home » विचार » Page 13
Category:

विचार

म प्रचण्ड भएको भए म त्यही गर्थें जो उनी गर्दै छन्। किनभने उनले यो व्यवस्थामा जे गर्न सके त्यो नै उनले गरेका हुन्। त्यस मानेमा उनले कुनै अस्वाभाविक काम गरेका छैनन्। व्यवस्थाले दिएको सबै फाइदा उठाउँने र आफु बलियो हुने काम गर्नु अस्वाभाविक होइन। हुन त उनले रुचाएको र चाहेको व्यवस्था यो होइन तर उनको ईच्छा विपरित पनि काम गर्नु पर्ने हुनाले उनले यसको सक्दो लाभ उठाएका हुन्। यस मानेमा यो व्यवस्थामा भएका सबैले उनलाई मानेर बसेका छन्।

‘किन म प्रधानमन्त्री हुन ईच्छा गरें?  किनभने मैले २०६३ देखि प्रधानमन्त्री हुने खालका मानिसहरूलाई प्रधानमन्त्री बनाएँ। तर उनीहरूबाट मैले अपजस सिवाय केही …

0 comment
0 FacebookTwitterEmail

विमती र नागरिक समाज माथिको दमन मानअधिकार उल्लघंनको एक प्रमुख प्रवृत्ति मध्ये पर्दछ । अभिव्यक्ति स्वतन्त्रता र संघ संस्थामा हुने केही दमनहरू सशस्त्र द्वन्द्वसँग सम्बन्धित छन् । रूसको नयाँ कानुनले युक्रेनमा छेडिएको युद्धको बारेमा आलोचनात्मक तरिकाले उल्लेख गर्नलाई कडा रूपमा रोकेको छ। यसले गर्दा हजारौं प्रशासनिक र फौजदारी अभियोगहरू लगाइयो र दर्जनौं स्वतन्त्र मिडियाहरुलाई बन्द गरियो । इथियोपियामा अधिकारीहरूले स्वेच्छाचारी रूपमा मिडियाकर्मीहरूलाई गिरफ्तार गरे र यसले शान्तिको आह्वान गर्ने नागरिक समाजका संगठनहरूको प्रयासलाई छेक्यो ।

अन्य ठाउँमा भएका दमनहरूमा सरकारले सशस्त्र तवरमा सत्ताविप्लप गरी सत्ता हत्याएको छ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले सन् २०२१ मा देश कब्जा गरेपछि उनीहरूबारे आलोचनात्मक रिपोर्टिङ …

0 comment
0 FacebookTwitterEmail

-हेजोंग लिम

तथ्याङ्क, आर्थिक विकास गर्न र सामाजिक समस्याहरू समाधान गर्न योगदान गर्ने एक आधार हो । आम नागरिक र खासगरी आर्थिक गतिविधिमा संलग्न व्यवसायीहरूका लागि सरकारका सही तथ्याङ्कहरू जान्नु धेरै महत्वपूर्ण छ, किनकि उनीहरूले देशको आर्थिक वृद्धिलाई बढाई रहेका हुन्छन् । तथ्याङ्ककको मुख्य प्रयोगकर्ताहरू नागरिक नै हुन् । दक्षिण कोरियामा नागरिक समाजले यो विषयलाई मननगरी त्यहाँको कानुनमा परिवर्तन गरी खुला तथ्याङ्कलाई नीतिहरूको मुख्य धारमा ल्याउने अभियान चलाइरहेका छन् ।

खुला तथ्याङ्क कानुन २०१३ को कार्यान्वयन पछि कोरीयाली सरकारले प्रत्येक तीन वर्षमा खुला सरकार तथ्याङ्क गुरु योजना बनाइरहेको छ । यसले परिमाणात्मक तथ्याङ्कबाट गुणात्मक तथ्याङ्क जारी गर्ने परिवर्तित पद्धतिलाई दर्शाउँछ …

0 comment
0 FacebookTwitterEmail

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवसकाे सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले लेख्नु भएको लेखकाे पहिलाे भाग हिजाे बिहिबार प्रकाशन गरिएको छ । यो लेखको दोस्रो भाग हो । )

भारतीय स्वाधीनताले भीषण रक्तपात देख्न पर्यो । एक त राष्ट विभाजित भयो । दोस्रो, त्यस विभाजनको क्रममा लाखौं निरपराध भारतीय जनता निर्ममतापूर्वक मारिए। उनीहरू बेखबर भए । उनीहरू शरणार्थी भए । लोहियाले आजीवन आफूलाई प्रश्न गरे । त्यस किसिमको हिंसाको निमित्त को उत्तरदायी थियो ? विभाजन कसरी सम्भव भयो ? यस विषयमा लोहियाले एउटा अत्यन्त मार्मिक पुस्तक लेखेका छन् ‘भारत विभाजनका अपराधी’ । बृटिश साम्राज्यवाद विभाजनका निमित्त …

0 comment
0 FacebookTwitterEmail

‘नेपाल विदेशीको चक्करमा परेको छ’ । यो यदाकदा नसुनिएको कुरा होइन । नेपालका बुद्धिजीविहरुले आफ्नो अन्तरवार्तामा यो कुुरा भन्ने गर्थे । तर यसपालि नेपालको एउटा बलियो राजनैतिक पार्टी नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीबाट नै यो कुरा सुन्न पाइयो । हुन त यो देशमा विदेशीको चलखेल भइरहने कुनै नौलो कुरा होइन । तर औपचारिकरुपमा नै एउटा पार्टी नेता जो यो देशको पटकपटक प्रधानमन्त्री पनि भइसकेका छन्; उनलेनै ‘नेपाल भारतको दलाल हो’ भन्नु कम आश्चर्यजनक होइन । उनले यो कुरा फोकटमा बोलेका होइनन् होला ।
केपी शर्मा ओलीले यो आलोचना प्रधानमन्त्री पुष्पकमल दाहालमाथि लगाएका हुन् । उनले तोकेरै दुईटा कुरा गरेका …

0 comment
0 FacebookTwitterEmail

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवस हो । यसै सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले करिब ४५ वर्ष अगाडि लेख्नु भएको लेख प्रकाशन गरिएको छ । यो लेखको  पहिलो भाग हो । )

समाजवाद मूलतः अन्तर्राष्ट्रिय आन्दोलन हो । कुनै एउटा राष्ट्रविशेषको दायरामा समाजवादी आन्दोलन सीमित रहन सक्तैन। कार्ल मार्क्सले उहिले आह्वान गरेका थिए- ‘दुनियाका मजदुर एक हौं।

डा. राममनोहर लोहिया खुद अन्तर्राष्ट्रिय भाइचाराका अडिग समर्थक थिए। सम्पूर्ण संसारका निमित्त उपयोगी र सार्थक सिद्ध हुनसके मात्र समाजवादी राजनीति र सिद्धान्तको औचित्य प्रमाणित हुने छ भन्ने डा. लोहियाको विश्वास थियो । त्यसो हुँदा समाजवादी आन्दोलन र चिन्तनलाई भौगोलिक …

0 comment
0 FacebookTwitterEmail

नियमअनुसार स्थानीय तहले राजस्व सुधार कार्ययोजना बनाउने र समयानुकुल अद्यावधिक गर्नुपर्दछ । जसरी नेपाल सरकार र प्रदेश सरकारले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दछ त्यसैगरी स्थानीय तहले पनि कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्नुपर्दछ । स्थानीय तहमा उठाउनु पर्ने राजस्व नउठाउने र नउठाउनु पर्ने राजस्व पनि उठाउने गलत अभ्यास छ । राजस्व असुल्दा आगामी दिनमा अप्ठेरोमा पर्ने भन्दै पनि स्थानीय जनप्रतिनिधि आन्तरिक स्रोतको राजस्व सङ्कलमा उदासिन छन् ।

स्थानीय तहको बजेटको एक स्रोतको रूपमा रहेको आन्तरिक स्रोतको राजस्व सङ्कलनमा स्थानीय तहले ध्यान नदिँदा आम्दानी गुमाइरहेका छन् । यसैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्सेनि स्थानीय तहलाई आन्तरिक स्रोतको राजस्व सङ्कलन बढाउन, …

0 comment
0 FacebookTwitterEmail

साइबर अपराधलाई सामान्य रुपमा कम्प्युटर वा इन्टरनेटको प्रयोग गरेर गरिने आपराधिक कृयाकलापहरू र कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क वा कम्प्युटर कार्यक्रमविरुद्ध लक्षित आपराधिक कृयाकलापहरू हुन् भनी बुझ्न सकिन्छ । यसलाई कम्प्युटर अपराध पनि भनिन्छ।

परम्परागत अपराध (समाजमा पहिले देखि नै अपराध वा कसुर भनी पहिचान गरी कानुनले रोक लगाएका कार्यहरू) हरु पनि यदि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिन्छ भने त्यसलाई पनि साइबर अपराध भनिन्छ । उदाहरणका लागि, जुवा खेल्ने कार्यलाई कानुनले रोक लगाएको छ र अपराधका रुपमा परिभाषित गरी सजायको व्यवस्था गरेको छ । इन्टरनेटको प्रयोग गरी जुवा खेलाउनु वा इन्टरनेटमा जुवा खेल्नु पनि अपराध हो र यसलाई धेरै देशहरूले …

0 comment
0 FacebookTwitterEmail

मुलुकमा गणतन्त्र स्थापना भएपछि तेश्रो उपराष्ट्रपतिका रुपमा  बारा– २ बाट प्रतिनिधिसभामा विजयी जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय यादवले पदभार ग्रहण गरेका छन् ।

चैत ३ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा गठबन्धन भित्रैका तीन जना उम्मेदवार मध्येका एक यादव उपराष्ट्रपति चुनिएसँगै प्रतिनिधिसभाको छैटौँ ठूलो दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बारा– २ बाट प्रतिनिधिसभा उपचुनाव जितेर प्रतिनिधि सभा सदस्य बन्ने अर्को लबिङमा लागि सकेका छन् । अर्थात फेरि पनि उपराष्ट्रपति पद नेताहरूको पद व्यवस्थापन कै अर्को अध्याय बनेको छ ।

संविधान अनुसार राष्ट्रपति रहेको अवस्थामा उपराष्ट्रपतिको जिम्मेवारी केही पनि छैन । तर पनि एमालेले यो पदमा उपाध्यक्ष अष्टलक्ष्मी

0 comment
0 FacebookTwitterEmail

गत भदौ २० गते यसै स्तम्भमा नेपालको संविधान नचल्ने नौ वटा कारण दिइएको थियो। त्यसमा यी चार कारण थपिएका छन्। जम्मा १३ वटा कारणले हाम्रो संविधानले काम गर्न नसक्ने भएको छ। संविधानको अपव्याख्या संविधान बनाउने मान्छेहरू नै गरिरहेका छन्। यो बडो दुःख लाग्दो कुरा हो। संविधानका आलोचकहरूले यसको कमजोरीहरू बताउनु नौलो होइन। तर संविधान यथावत राख्नु पर्छ भन्ने संविधान कै निर्माताहरूले नै यसका कमजोरीहरू बाहिर ल्याउँदै छन्। यसकारण नेपालले प्रगति गर्न नसकेको हो।

यो व्यवस्था के हो भनेर कसैलाई सोध्दा संसदीय व्यवस्था हो भनेर भन्छन्। तर के यो साँच्चिकै  संसदीय व्यवस्था हो ? संसदीय व्यवस्था …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved