Home » विचार » Page 12
Category:

विचार

सबभन्दा पहिलो राष्ट्रपति रामवरण यादवले तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालको मन्त्री परिषद्ले पारित गरेको प्रस्तावलाई मान्यता दिएनन् । उनले सेनापति कटुवाललाई मन्त्रिमण्डलले खारेज गर्दा पनि आफ्नो पदमा यथावत रहि रहन आदेश दिए । यो सरासर संविधान विपरित कुरा हो । यसको प्रतिक्रिया स्वरुप प्रधानमन्त्री आफैले राजीनामा दिए । संविधान अनुसार राष्ट्रपतिलाई मन्त्रिमण्डलको सबै प्रस्तावहरू मान्न कर लाग्दछ । तर यस काण्डमा राष्ट्रपति यादवले मन्त्रिमण्डलको प्रस्तावलाई एकातिर पन्छाई दिए । फलस्वरुप संसद्‌मा माओवादी पार्टीले महिनौँ सम्म हल्ला मच्चाइ राखे । तर संविधानमा लेखिएको कुरा उल्लंघन भएको कुरा स्थापित भएन ।

दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी माथि संविधान नै च्यातेको दोषारोपण भयो ।

0 comment
0 FacebookTwitterEmail

नेपालका ठूला ठूला छिमेकी देशहरू छन् । चीन र भारत । उनीहरु भिन्न राजनैतिक अवस्थाका हुन् । चीनमा साम्यवाद छ भने भारतमा लोकतन्त्र छ । दुवैले भिन्न परिस्थितिमा विकास गरिरहेका छन् । चीनमा साम्यवाद लागू भएकोले मानिसहरू स्वतन्त्ररुपमा बोल्न पाउँदैनन् । भारतमा लोकतन्त्र भएकोले बोल्ने स्वतन्त्रता छ । भारतमा अनेक भाषा, धर्म र जातजाति छन् । त्यसैले बिभिन्न राज्य बनाएर बसेका छन् । बङ्गालमा बंगाली बोलिन्छ भने केरलामा मलयालम । त्यसैगरी तामिलनाडुमा मद्रासी बोलिन्छ भने यूपी बिहारमा हिन्दी बोलिन्छ । हिन्दीलाई राष्ट्रिय भाषा भनेर घोषित गरिएको वर्षौ भएको छ तर भारतका विभिन्न प्रान्तलाई जोड्ने भाषा अंग्रेजी मात्र बनेको छ ।

0 comment
0 FacebookTwitterEmail

नयाँवर्ष २०८०को पहिलो विहानीमा पनि मेरो मन भतभती पोलिरह्यो। गएको वर्ष २०७९ मा मेरो देशको माटो दोषी ठहरिएको घटनाले त्यसै त्यसै बेचैन भैरहेको थिएँ। नयाँ वर्ष शुरु हुँदा पनि त्यही घाउ उचाटिएर मन भरङ्ग हुन थाल्यो। त्यसमाथि पेशा निवृत्त भैसकेको र परिवारको सहारा खोजिरहेको अवस्थामा कमाएर खान दिने, दुख विमारमा हेरचाह गर्ने सारथी सम्झिएको छोरा, छोरी र बुहारीले अब हामी नेपाल बस्दैनौं, विदेश जान्छौं भनेर कचकच गरिरहेका थिए। नेपालमा भएको जग्गा जमिन बेचेर भएपनि खर्च जुटाइदेओ भनेर हामी माथि थामिनसक्नु बोझ बनिरहेका थिए।

यस्तै पिरलोमा परिरहेको बेला नयाँ वर्षको पहिलो विहानी आयो। मन सम्हाल्नै गाह्रो भयो। तर सम्हालिन त परेकै …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ महानगरका मेयर बालेन शाहले “अब काठमाडौं महानगरपालिकाले  सिंहदरबारको फोहर उठाउँदैन ” भन्ने भनाइको समाचार अहिले पत्रिका र अनलाइनमा छरिएको छ। बालेनको यो भनाई प्रजातान्त्रिक छ। जनबोलीमा  आकर्षक पनि  छ। किनकि सिंहदरबार प्रति विगतदेखि अहिलेसम्म जनताहरू सन्तुष्ट छैनन्। प्रतिकात्मक रुपमा सिंहदरबारको विरोधले काठमाडौं  महानगरका मेयरले राम्रो  समर्थन पाएका छन्। बालेनको यो दुई अर्थी भाषा भित्र राजनीतिक स्वार्थ र संघीयताको मर्म लुकेको छ। तर यो मर्मलाई सिंहदरबारले कतिको बुझ्न सक्छ र चिन्तन गर्न सक्छ। देशभर संघीयताको प्रभावकारीता यसैमा निर्भर हुन्छ।
सिंहदरबार ढिलो छ। सिंहदरबारको चलाएमान भए  प्रदेश,  स्थानीय सरकार दौडन्छन्।  नेपालमा संघीयताको प्रभावकारी कार्यान्वयन पनि‌ हो। तर सिंहदरबार भित्रको पुरातन र …

0 comment
0 FacebookTwitterEmail

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालि प्रधानमन्त्रीको रुपमा धेरै काम गर्ने भनेका छन्। काम गर्न सके र काम गरेको देखाउन सके राम्रै हो। तर तीन महिना सम्म केही गर्न नसकेको सार्वजनिक रुपमा नै मानिसकेका छन्। उनीले जुन व्यवस्था खोजेको हो सो व्यवस्था त ल्याउन सकेनन्। सो कुरा उनी आफैले धेरै पटक प्रष्ट पारेका छन्। उनले खोजेको व्यवस्था निर्वाचित राष्ट्रपति हो। त्यसमा पनि उनले खोजेको एक दलीय शासन हो। जुन संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको विरोधमा उनीले युद्ध शुरु गरेका थिए सोही व्यवस्थामा पसेर काम गर्नु पर्दा उनीलाई ठुलो सकस भएको छ। संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था …

भारतीय खेलामा रूमलिएको राजनीति
0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले केही दिन अगाडि साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। दशवटा दलहरू अहिले सरकारमा सम्मिलित छौं। केही दलहरू निर्वाचन अघिको गठबन्धनमा पनि थियौं, केही निर्वाचन पछि जोडिएका छौं। बीचमा गठबन्धनमा उतार चढाव आयो। त्यसैले पनि यो सरकार अगाडि बढ्नको लागि न्युनतम साझा कार्यक्रम अनिवार्य थियो, अत्यावश्यक थियो।

यो सदन चलिरहेका बेलामा त्यो सदनमै प्रस्तुत हुनुपर्थ्यो भनेर केही कुराहरू उठेका छन्। म पनि त्यही भन्दछु। यद्यपि यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुस २५ गते सदन चलिरहेकै बेलामा पनि बाहिर प्रस्तुत भयो। त्यो बेलामा प्रतिपक्ष दलका तर्फबाट हाम्रा केही साथीहरूले गलत भयो भन्नुभयो। आज हामी सत्तापक्षमा …

0 comment
0 FacebookTwitterEmail

मधेसका प्रचण्ड गर्मिसँगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ। सबै उम्मेदवार विभिन्न नाराका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन्। तर यस पटक, बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुद्दा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरूलाई जिताउने कि स्थानियलाई चुन्ने भन्ने बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल काठमाडौँबाट हारेका नेता हुनुहुन्छ भने उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर मतले सिके राउतबाट हारेका।
यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ छ , न मधेसी आन्दोलनका माग वा अधिकारको मुद्दा। बाराको क्षेत्र नम्बर २ मा अहिले चुनावी मुदा ‘स्थानिय कि आगन्तुक’ उम्मेदवार भन्ने बहस …

रङ्ग फेर्न माहिर उपेन्द्रको तिकडम चल्ला त बारामा
0 comment
0 FacebookTwitterEmail

नागरिकको विचार र अभिव्यक्ति  स्वतन्त्रता र सूचनाको हकलाई सुनिश्चित गर्ने मान्यता प्रचलनमा ल्याउन नेपालमा सबै नागरिकलाई प्रसारण पहुँचमा पुर्याउन सार्वजनिक सेवा प्रसारणको स्थापना गर्न जरुरी छ । प्रसारणको माध्यमबाट सूचनामा निःशुल्क रुपमा पहुँच पुर्‍याई सक्रिय नागरिक जनमत सिर्जना गर्ने, नागरिक संवादको साझा मञ्चको रुपमा सार्वजनिक सेवा प्रसारणलाई विकास गर्ने ,समावेशी, बहुलवादी तथा सूचनामा आधारित समाज निर्माण गर्ने, तथा गुणस्तरीय कार्यक्रम प्रसारणमार्फत राष्ट्रनिर्माणमा योगदान गर्ने जस्ता मान्यतालाई व्यवहारमा ल्याउन नागरिकप्रति जबाफदेही सार्वजनिक सेवा प्रसारण नेपालमा अहिलेको आवश्यकता हो तर यसबारे जुन रुपमा सार्वजनिक बहस हुनुपर्थ्यो, हुन सकेको पनि देखिँदैन ।

बिस २०६३ सालबाट रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी रूपान्तरण

0 comment
0 FacebookTwitterEmail

कर्णाली- चिन्नेलाई ‘श्रीखण्ड’ नचिन्नेलाई ‘खुर्पाको बिंड’ भन्ने उखान जस्तै नै हो। केही समयअघि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक लेखा अधिकृतसँग यो यात्रा सुरु हुन्छ- काठमाडौँको शंखमुलबाट। नयाँ वानेश्वरबाट हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तर्फ काठमाडौँ–नेपालगञ्जको दिवा ३ वजेको बुद्ध एयर उडानका लागि ट्याक्सी भाडामा रु. ५ सय दिएर मित्रको डेरा हुँदै (पिकअप गर्दै) एयरपोर्ट लागिन्छ। त्यसै बेला अर्को एक सहउडान यात्री आफूलाई पनि तिनकुनेबाट लिफ्ट माग्छन् र एयरपोर्ट जान्छन्। तर नेपाली चलन/संस्कृति प्लेन आधा घण्टा ढिलो जेहोस् ३:३० मा उड्यो। ४:३० तिर नेपालगञ्ज उत्रियो। पूर्व तयारीका कारण सूर्खेतबाट भाडाको स्कोरपियो जिप नेपालगञ्ज विमानस्थल बाहीर हामीलाई गुडाउन तैयारी अवस्थामा रहेछ। …

0 comment
0 FacebookTwitterEmail

संक्रमणकालीन न्याय भनेको कुन चराको नाउँ हो भनेर नेपालीले थाहा पाएका थिएनन्। जुन बेला नेपालमा माओवादी युद्ध शुरु भयो त्यसबेला माओवादी आफैलाई थाहा थिएन यो कुन चराको नाउँ हो। उसले सम्झेको थियो कि युद्धमा जो बलियो भयो उसले नै जित हासिल गर्छ र उसैको कुरा सुनिन्छ। मानिसलाई कसरी मार्ने भन्ने कुनै कानून हुँदैन र कुनै न्याय पनि हुँदैन। जसरी मार्न सकिन्छ मार्ने र जसरी बच्न सकिन्छ बच्ने भन्ने सिद्धान्त नै लागू हुन्छ भन्ने मात्र थाहा थियो।

हुन पनि इतिहासले सिकाएको पाठ पनि त्यस्तै थियो। जंगबहादुरले सत्तामा आउन कोत पर्वमा कतिको हत्या गरेका थिए। तर त्यसको कहिले पनि हिसाबकिताब भएन। भीमसेन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved