नेपाल देखि भारत लगायत संसारका विभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्रताको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ। राष्ट्र र राष्ट्रियताका लागि दशकौँदेखि हुँदै आएको यो आन्दोलन किन हुन्छ, यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको विषय पनि हो।
सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बत लगायत आफ्नो सरण लिएका विभिन्न मुलुकहरूमा आन्दोलन गर्दै आएको छन्। आन्दोलनको स्वरूप जस्तो भए पनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचानको लागि नै हो। मुख्य रूपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरूको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ। आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका