Home » विपद् » Page 5
Category:

विपद्

भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर एक सय ९० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ।

प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी …

0 comment
0 FacebookTwitterEmail

चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ ।

नेपाली टोलीले अब कसरी खोजी कार्य अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।

यस अघि भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।

यसैबीच शनिबार साँझ …

0 comment
0 FacebookTwitterEmail

यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ ।

बाढीका

0 comment
0 FacebookTwitterEmail

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । यस्तै एकजना बेपत्ता छन् ।

गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाएको हो । मृतक तीनैजना बालबालिका हुन् ।

 आठविसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्की छन् ।  घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको उनले बताए ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ ।

0 comment
0 FacebookTwitterEmail

नेपालका विभिन्न क्षेत्रमा शनिबार विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको

यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । ती घटनाहरुमा तीन जना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । …

0 comment
0 FacebookTwitterEmail

शुक्रबार गएको पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीको सरकारले जानकारी दिएको छ  ।

संयुक्त राष्ट्रसङ्घले मानवीय क्षतिको सङ्ख्या ६ सय ७० भएको अनुमान गरेको थियो । तर पपुवा न्यू गिनी सरकारले आज सार्वजनिक गरेको मानवीय क्षतिको सङ्ख्या २ हजार माथि पुष्टि भैसकेको बताएको समाचार एजेन्सी एपीले जानकारी दिएको छ ।

देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।

मुङ्गालो पर्वतको एउटा ठूलो भाग भत्किँदा सयौं घरहरू पुरिएपछि ठ्रलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो । …

0 comment
0 FacebookTwitterEmail

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भन्नुभयो, “मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै …

0 comment
0 FacebookTwitterEmail

जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ। पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले  जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो।

यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो। नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उहाँले बताउनुभयो। मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ।

“उपकरण जडान गर्ने काम भइसक्यो,” उहाँले भन्नुभयो– “प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम गर्नेछौं।” …

0 comment
0 FacebookTwitterEmail

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोेर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनहरूमा मानिसहरु आश्रय लिएरहेका देखाइएको छ ।

इन्धन स्टेसनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भइ खसेको थियोे । पीडितहरू आँधी र वर्षाको …

0 comment
0 FacebookTwitterEmail

डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको यस क्षेत्रका विज्ञहरूले बताउनुभएको छ। हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे २४ वैशाखमा गरेको अन्तरक्रियामा डढेलो नियन्त्रण र यसको रोकथामबारे आमनागरिकमा सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभएको हो।

विगत केही वर्षदेखि हेलिकप्टरमार्फत सिम्रिक एयरलाइन्सले देशका विभिन्न स्थानमा लागेको आगो निभाउँदै आएको छ। यस्तो कार्यक्रम निजी कम्पनीले मात्र नभई सरोकारवाला निकायबीच आपसी समन्वयका साथ भएमा प्रभावकारी हुने अन्तरक्रियाका सहभागीहरूको धारणा थियो।

कार्यक्रममा महानगरीय प्रहरी बलका प्रहरी निरीक्षक एवं अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईले ‘जङ्गल आगलागी र हवाई प्रतिकार्य’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले अग्नी नियन्त्रणलाई समन्वय …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved