Home » साहित्य/कला/संस्कृति » Page 16
Category:

साहित्य/कला/संस्कृति

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२

पाञ्चाल राज्यकी राजकुमारी, हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्नेकुरा महाभारतमा पाइन्छ। उनी अयोनिजा देखिन्छिन्  किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएको भन्ने जस्तो व्यासले देखाएका छन्।

हस्तिनापुरका राजगुरु तथा आफ्ना विस्मृत तथा अपमानित साथी द्रोणले पाण्डवमध्येका सबैभन्दा ठूला धनुर्धारी अर्जुनमार्फत् आफूसँग लिएको प्रतिशोधको ज्वालामा दन्किएका द्रुपद महाराजका लागि राजगुरु द्रोणाचार्यसँग बदला लिनु नै बाँकी जीवनको उद्देश्य रहेको थियो। शिखण्डी, जसलाई युवराजको रुपमा समाजमा प्रचार गरिएको थियो, उनी क्लीव थिए तर पनि महारथी नै थिए। न पुरुष,

0 comment
0 FacebookTwitterEmail

द्रौपदी, कृष्णा, याज्ञसेनी, पाञ्चाली अनेक नाम थिए द्रुपद राजाका यज्ञबाट जन्मेकी एक अयोनिजा कन्या। अनि पछि भनियो उनलाई नाथहरूकी अनाथ पत्न अर्थात् पाँच नाथकी अनाथिनी। पाँच नाथ अर्थात् पञ्च पाण्डव—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवकी साझा पत्नी, पाँच राजकुमारकी पटरानी। महाभारतका सर्जकले हामीलाई बताए अनुसार उनको बडो नाटकीय तरिकाले पाँचजना कुरुवंशी पाण्डवका पुत्रहरू कौरबसँग विवाह भएको देखिन्छ।

कौरब किन भनेको भने वास्तवमा कार्यवाहक महाराजा धृतराष्ट्र र वैधानिक महाराज पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरूलाई कुरुका सन्तान अथवा कौरव भनिएको र पाण्डुका सन्तान पाँचओटा छोराहरूलाई पाण्डव भनिएको हो। पाञ्चाल नरेश द्रुपद महाराजले …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँस्थित पशुपति मन्दिर जाँदै गर्दा सडक छेउमा एउटा बोर्ड टाँसिएको छ ‘श्री चन्द्रिका प्रसाद संतरास मूर्ति कला केन्द्र’ । बोर्डको सुरुवातमा लेखिएको छ ‘मनुष्यको जीवन सरल हुनेछ मानवता उसलाई कठिन परिश्रमले प्राप्त हुन्छ ।’ त्यही बोर्डको तल एक मानिसले ढुङ्गालाई सानो हम्मरको सहायताले पटक पटक हानेर मूर्ति बनाउँदै गरेको दृश्य देख्न सकिन्छ ।
 
मूर्तिकारले करिब दुई देखि तिन घण्टा कुदेपछि बल्ल एउटा आकार निर्माण हुन्छ । त्यस आकारलाई केही बेर खाक्सीले घोटेर अझै सुन्दर बनाइछ । त्यसपछि मूर्तिमा कालो रङ्ग हालेर भगवान् गणेशको मूर्ति बनाउँछन् । रङ्ग लगाएपछि दुई मिनेटसम्म घाममा सुकाउनुपर्ने मूर्तिकारले जानकारी दिए । त्यसपछि निर्माण सम्पन्न उक्त

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ टुँडिखेल नजिकै एक प्रसिद्ध महाङ्काल भैरव मन्दिर छ । हरेक दिन यस मन्दिरमा हजारौँ भक्तजनहरू भैरवको उपासना गर्न आउने गर्दछन् । यस मन्दिरमा पूजा सामग्रीको रूपमा मदिरा प्रयोग हुन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न पनि सक्छ । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यस मन्दिर हाल जीर्ण अवस्थामा छ । 

सर्वसाधारणको चहलपहल र पुरानो बजारको रूपमा परिचित न्यूरोडलाई काठमाडौँको मुटु मानिन्छ । यहीँ प्रमुख बजार क्षेत्रमा पर्ने उक्त भैरवको मन्दिर लामो समय देखि जीर्ण अवस्था रहेको छ । मन्दिरमा सङ्कलन भएका भेटी तथा मन्दिरको भुईँ तलामा भएका भाडाका पसलबाट उठेका पैसा भने कहाँ जान्छ र के गरिन्छ भन्ने

महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
0 comment
0 FacebookTwitterEmail

श्रुति स्मृतिका रुपमा गणना गरिने पुराणहरू र कुरुवंशको इतिहासका रुपमा श्रीकृष्ण द्वैपायनले रचना गरेको महाभारतलाई पाँचौँ वेद पनि भनिन्छ। भनाइ नै छ, जे महाभारतमा छैन, अन्त कतै पनि छैन। तत्कालीन अवस्थामा प्रचलित सबै राजनीतिक व्यवहारलाई महाभारतमा कतै न कतै व्यवस्था गरिएको छ जसले गर्दा तत्कालीन समाजको नैतिकता समेतको जानकारी दिइएको पाइन्छ। यसले श्रोतालाई र पाठकलाई, सक्दा त्यसको प्रयोग गरोस्, या त्यसले ठिक बेलामा समुचित प्रयोग गर्नका लागि या तत्कालीन समाज बुझ्नका लागि सहज होस्।

करलाई आधुनिक आम्दानीको तरिका मान्ने अर्थशास्त्रीहरू पनि छन्। पुरातनकालमा राज्य व्यवस्था व्यवस्थित थिएन, त्यसैले नै छिन्नभिन्न भएको हो, संस्थागतरुपमा राज्यले राज्यको रुपमा चल्नै पाएको थिएन भन्ने …

0 comment
0 FacebookTwitterEmail

करको अर्थ परिस्थिति अनुसार धेरै हुन सक्छन्। यहाँ कर भनेको सरकारलाई बुझाउने दस्तुर भन्ने बुझौँ। विभिन्न कारणले कर सरकारले लगाउँछ तर सर्त भनेको जनतालाई त्यसको कारण पनि भन्नुपर्छ र कर लिएबापत त्यसको सेवा पनि दिएको हुनुपर्छ।

प्रसङ्ग त महाभारत कालमा किन कर उठाउँथे र कसरी कर उठाउने गर्दथे भन्ने बारेमा नै हो।  आजको दिनमा आर्थिक अर्थमा प्रयोग गरिने करको शाब्दिक अर्थ के रहेछ थाहा पाउन नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् शब्दकोशको  विद्युतीय स्वरूपमा उपलब्ध शब्दकोशमा करका बारेमा यस्तो लेखिएको रहेछ:

कर संस्कृत शब्द रहेछ।  त्यसको तेस्रो प्रविष्टिमा भनिएको छ

१. पहिले रैतीले भेटीका रूपमा जिमिदार, तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको …

0 comment
0 FacebookTwitterEmail

विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुराइएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

अमेरिकाको म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग, जुनियरले आज एक विशेष समारोहबिच चार पुरातात्त्विक वस्तुहरू हस्तान्तरण गरेको बताउनुभयो ।

नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र युएस होमल्यान्ड सेक्युरिटी इन्भेष्टिगेशन (एचएसआई) का डेपुटी स्पेशल एजेन्ट क्रिस्टोफर लाउसहितको उपस्थितिमा ती पुरातात्त्विक वस्तुहरू फिर्ता गरिएको हो ।

न्युयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएकोमा दुई वटा भैरव मास्क रहेका छन् साथै शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका छन् । ती मूर्तिहरू १६ औँ र १७

0 comment
0 FacebookTwitterEmail

महाभारतकालीन हस्तिनापुर, जसलाई भारतको रूपमा महाराज्यको स्थान दिइएको थियो र हस्तिनापुरमा सङ्घीय राज्यको राजधानी राखेर कुरुवंशी राजाहरूले शासन गरिरहेका थिए। हजारौँ राज्यहरूको सञ्जाल र हजारौँ राजाहरूको शासन थियो, जसलाई गणराज्यको रूपमा मान्यता दिइएको थियो। सबै अधीनस्थ गणराज्यहरूको कर्तव्य पालना तोकिएको थियो। कुरुवंशका शत्रुहरू पनि थिए जसका राज्यहरू हस्तिनापुरमा समाहित गरिएका थिए। ती राजाहरू अन्य देशमा बसेर, शरणागत भई आफ्नो राज्य फिर्ता लिने दाउमा सधैँ हुन्थे। अधीनस्थ राज्यहरू, गणराज्यहरूमा आपसमा कुनै मनमुटाब नहोस्,गणराज्यहरूको झगडाका कारणले राज्यहरू नासिँदै जान नसकुन् भन्नेमा चक्रवर्ती कुरुवंशी राजाको ध्याउन्न रहन्थ्यो। शान्तिपर्वको अध्याय १०७ मा गणतन्त्र राज्यको वर्णन र ती गणराज्यहरूप्रति सङ्घको नीतिका बारेमा भनिएको छ।

युधिष्ठिरले …

0 comment
0 FacebookTwitterEmail

महाभारतले हाम्रो आजभन्दा पाँच हजार वर्ष अघिको समाजको जानकारी दिन्छ। महाभारतकालीन समाजका बारेमा जानकारी लिनका लागि सबैभन्दा असल माध्यम नै महाभारत ग्रन्थको अध्ययन,मनन र त्यस बेलाको व्यावहारिक अवस्थाको जानकारी लिने उपाय हो। महाभारतमा कालखण्ड र विषयका आधारमा पर्वहरूको विभाजन गरिएको छ र पर्वहरूभित्र पनि विभिन्न उपपर्वहरू जोडिएका छन्। विभिन्न समयका भाष्यलाई कतिपय अवस्थामा गीताको नाम दिइएको छ र सबैभन्दा प्रख्यातचाहिँ महाभारतको युद्ध थालनी हुने बेलामा अर्जुनमा देखिएको विषादलाई कर्मप्रतिको मोह जगाएर युद्धरत हुनका लागि भनिएको विभिन्न विचारहरू नै, विश्व ब्रह्माण्डको जानकारी दिएको प्रसङ्ग नै श्रीमद्भागवत गीताको नामले प्रसिद्ध भएको हो।

जब भीष्म पितामह आफ्नै सुझावले आफूलाई कसरी पराजित गर्न सकिन्छ …

0 comment
0 FacebookTwitterEmail

“नमस्कार भाउजू !”

लगभग पाँच वर्षपछि यो सम्बोधन सुन्दै थिएँ म। मेरो सामुन्ने आकाशको अभिन्न मित्र उभिएका थिए। जिन्दगीमा किन त्यही मात्रै हुन्छ जुन हामी कहिल्यै नहोस् भन्ने चाहन्छौँ? मैले आकाशसँग गाँसिएका हरेक कुरासँग पिछा छुटाउन घर छोडेँ। सहर, सम्बन्धी र देश छोडेँ तर पनि कहीँ न कहीँ कोही न कोही निस्किहाल्छ मलाई उनीसँग जोड्ने।

एक मनले सोचेँ-मज्जाले झपारौँ मेरो सामुन्ने उभिएका आकाशको मित्रलाई, तर सकिनँ। उनको के गल्ती थियो र? जोसँग गुनासो थियो उसैलाई झपार्ने हिम्मत नभएकी म उनलाई कसरी झपार्थेँ, केवल ‘भाउजू’ भनेर बोलाएको भरमा ?

“भाउजू ?” मेरो सामुन्ने बसेकी मायराले आश्चर्य पूर्वक मलाई हेरिन्। मैले ओठ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved